मुख्य समाचार
इमरान खानलाई रिहा गर्न माग गर्दै पीटीआई कार्यकर्ताको विशाल प्रदर्शन
इमरान खानलाई रिहा गर्न माग गर्दै पीटीआई कार्यकर्ताको विशाल प्रदर्शन

। जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी ‘पाकिस्तान तहरीक–ए–इन्साफ’ (पीटीआई) का कार्यकर्ता र उनका समर्थकहरूले इस्लामाबादतर्फ मार्च सुरु गरेका छन् ।

बीबीसीका अनुसार पीटीआईका मानिसहरू खैबर पख्तुनख्वाका विभिन्न क्षेत्रबाट इस्लामावाद तर्फ लागिरहेका छन् ।




इमरान खानको अपीलमा आइतबार प्रदर्शन सुरु भएको थियो। इमरानले यो विरोधलाई ‘फाइनल कल’ नाम दिएका छन् । प्रदर्शन रोक्न प्रहरीले इमरानका ४ हजारभन्दा बढी समर्थकलाई पक्राउ गरेको पाकिस्तानी सञ्चार माध्यमहरूले जनाएका छन् । पक्राउ पर्नेमा ५ सांसद पनि छन् ।

इस्लामावादको ‘डी चोक’ मा भारी सुरक्षा बल तैनाथ गरिएको छ। इस्लामावाद प्रहरीले ‘डी चोक’ मा चार प्रदर्शनकारीलाई पक्राउ गरेको जनाएको छ।


प्रधानमन्त्री निवास, संसद र सर्वोच्च अदालत बाहेक धेरै महत्त्वपूर्ण सरकारी कार्यालयहरू ‘डी चोक’ नजिकै छन्।

पीटीआईले इमरान खानलाई रिहा गर्न माग गर्दै आएको छ । विरोध र्‍यालीमा इमरान खानकी पत्नी बुशरा बीबी पनि सहभागी छन् ।

इस्लामावाद प्रहरीले प्रदर्शनकारीले ढुंगामुढा गरेको बताएको छ । पीटीआई कार्यकर्ताहरूले प्रहरीले अश्रुग्यास प्रहार गरेको र लाठीचार्ज गरेको दाबी गरेका छन् ।

इस्लामावाद प्रहरीले ढुंगा प्रहारमा १४ जना अधिकारी पनि घाइते भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला प्रवेश गर्ने तथा त्यहाँबाट बाहिरिने सबै प्रतिबन्धित तेल ट्याङ्करहरूमाथि पूर्ण नाकाबन्दी लगाउन आदेश दिएका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भेनेजुएलालाई आतंकवाद,लागुपदार्थ तस्करी र मानव बेचबिखनमा संलग्न रहेको आरोप लगाएका छन्। उनले आफ्नो पोस्टमा लेखेका छन्, 'भेनेजुएलाले क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न गरिरहेको छ। त्यसैले भेनेजुएला ...
— उत्तरी इटालीस्थित स्टेल्भियो राष्ट्रिय निकुञ्जमा डाइनासोरका हजारौं पदचिन्ह फेला परेका छन् । यी पदचिन्ह झन्डै २१ करोड वर्ष पुरानो हुनसक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । केही पदचिन्ह ४० सेन्टिमिटरसम्मका छन् । यी पदचिन्हहरु मिलेर बसेका छन् र धेरैमा औंला तथा नङ्ग्राका स्पष्ट चिन्ह देखिन्छन् । मिलानको उत्तर–पूर्वमा रहेको उक्त निकुञ्जभित्र गत सेप्टेम्बरमा फोटोग्राफर इलियो डेल्ला ...
'अपरेसन ब्लूबर्ड'ले 'ट्विटर' ब्रान्ड दाबी गरेपछि एकाधिकार जोगाउन 'एक्स'को कानुनी दौडधुप