मुख्य समाचार
इजरायल र हिजबुल्लाहबीच युद्धविराम
इजरायल र हिजबुल्लाहबीच युद्धविराम

— अमेरिका र फ्रान्सद्वारा मध्यस्थ गरिएको सम्झौतामा दुवै पक्ष सहमत भएको भन्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएपछि इजरायल र इरान-समर्थित समूह हिजबुल्लाहबीचको युद्धविराम बुधबारदेखि लागू भएको छ ।



यस सम्झौताले इजरायल-लेबनानी सीमामा भएको द्वन्द्वको अन्त्यको मार्ग खोल्छ, जसले गएको वर्ष गाजाका कारण सुरु भएको युद्धबाट हजारौं मानिसहरूको ज्यान लिएको थियो।


बाइडेनले मंगलबार ह्वाइटहाउसबाट सम्बोधन गर्दै इजरायली सुरक्षा मन्त्रिपरिषद्ले १०-१ को मतले सम्झौता स्वीकृत गरेको बताए । उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र लेबनानका कार्यवाहक प्रधानमन्त्री नजिब मिकातीसँग कुरा गरेको र स्थानीय समयअनुसार बिहान ४ बजे युद्ध समाप्त हुने बताए ।

'यो स्थायी रूपमा शत्रुता अन्त्य गर्नका लागि गरिएको हो' बाइडेनले भने,'हिजबुल्लाह र अन्य आतंकवादी संगठनहरूको बाँकी हिस्सा इजरायलको सुरक्षालाई फेरि धम्की दिन दिइने छैन।'

बाइडेनका अनुसार, इजरायलले ६० दिनको अवधिमा आफ्नो सेनाहरू क्रमशः फिर्ता लैजानेछ । हिजबुल्लाहले त्यहाँ आफ्नो संरचना फेरि निर्माण गर्न नसकोस् भनेर लेबनानको सेनाले आफ्नो सीमामा रहेको क्षेत्रको नियन्त्रण लिनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला प्रवेश गर्ने तथा त्यहाँबाट बाहिरिने सबै प्रतिबन्धित तेल ट्याङ्करहरूमाथि पूर्ण नाकाबन्दी लगाउन आदेश दिएका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भेनेजुएलालाई आतंकवाद,लागुपदार्थ तस्करी र मानव बेचबिखनमा संलग्न रहेको आरोप लगाएका छन्। उनले आफ्नो पोस्टमा लेखेका छन्, 'भेनेजुएलाले क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न गरिरहेको छ। त्यसैले भेनेजुएला ...
— उत्तरी इटालीस्थित स्टेल्भियो राष्ट्रिय निकुञ्जमा डाइनासोरका हजारौं पदचिन्ह फेला परेका छन् । यी पदचिन्ह झन्डै २१ करोड वर्ष पुरानो हुनसक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । केही पदचिन्ह ४० सेन्टिमिटरसम्मका छन् । यी पदचिन्हहरु मिलेर बसेका छन् र धेरैमा औंला तथा नङ्ग्राका स्पष्ट चिन्ह देखिन्छन् । मिलानको उत्तर–पूर्वमा रहेको उक्त निकुञ्जभित्र गत सेप्टेम्बरमा फोटोग्राफर इलियो डेल्ला ...
'अपरेसन ब्लूबर्ड'ले 'ट्विटर' ब्रान्ड दाबी गरेपछि एकाधिकार जोगाउन 'एक्स'को कानुनी दौडधुप