मुख्य समाचार
ओमोडा एन्ड जेइको कारसँग क्यानको सम्झौता
ओमोडा एन्ड जेइको कारसँग क्यानको सम्झौता

— नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा शनिबारदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा एनपीएल सुरु हुनेछ । पुस ६ गते हुने फाइनलले कार पाउने खेलाडीको टुंगो लगाउने छ ।






यसका लागि एसपीजी अटोमोबाइल्सले मंगलबार क्यानसँग सम्झौता गरेको छ । चीनको ओमोडा एन्ड जेइको अटोमोबाइल्सको नेपालका लागि आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स हो ।

एसपीजीका निर्देशक गौरव शारडा र क्यानका सचिव पारस खड्काले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौताअनुरुप एसपीजी अटोमोबाइल्स एनपीएलको सहप्रायोजकको रूपमा रहनेछ ।

‘एनपीएलका उत्कृष्ट नेपाली खेलाडीले एसपीजी अटोमोबाइल्सबाट पुरस्कारमा कार पाउनेछन्,’ क्यान सचिव खड्काले मंगलबार आयोजित कार्यक्रममा भने, ‘एनपीएलको प्लेयर अफ द सिरिजमा विदेशी वा नेपाली खेलाडी हुन सक्छन् । विदेशी प्लेयर अफ द सिरिज चुनिएमा नेपालको उत्कृष्ट खेलाडीले वा नेपाली प्लेयर अफ द सिरिज भएमा उनै खेलाडीले कार पाउनेछन् ।’

शारडा समूहले एनपीएलका उत्कृष्ट नेपाली खेलाडीलाई बजारमूल्य ६२ लाख रहेको ओमोडा–ई ५ कार दिने घोषणा गरेको छ । एनपीएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड डिजिटल लजिक प्रालि र क्यानको सहकार्यमा शारडा समूहसँग सम्झौता भएको हो ।

घरेलु क्रिकेट प्रतियोगितामा पहिलो पटक नेपाली खेलाडीले उत्कृष्ट खेलाडी भएवापत कार पाउन लागेका हुन् । क्रिकेटमा खेलेरै बाँच्न सकिन्छ भन्नका लागि यो पुरस्कार ठूलो आधार भएको सचिव खड्काले बताए ।



एसपीजीका निर्देशक गौरव शारडाले एनपीएलसँगको यो सहकार्यले नेपालमा क्रिकेट प्रवर्द्धन र विकासमा टेवा पुग्ने जनाउँदै भने, ‘हामीले लामो एवं रोमाञ्चक यात्रा सुरुआत गरेका छौं ।’ एसपीजी अटोमोबाइल्सका शिवरतन शारडा, धिरेन्द्र तामाङलगायत कार्यक्रममा उपस्थित थिए ।

यसैबीच क्यानले एनपीएलको युट्युब प्रशारण अधिकार डिस मिडिया नेटवर्कलाई दिने भएको छ । ब्रान्ड लजिक र डिस मिडिया नेटवर्कबीच सम्झौता भएको छ । एनपीएल पहिलो संस्करणका खेलको

युट्युब प्रशारण अधिकार एक्सन स्पोर्ट्सले पाएको हो । एक्सन स्पोर्ट्सको आधिकारिक युट्युब च्यानलमार्फत प्रत्यक्ष प्रशारण गर्नेछ । टेलिभिजनमा भने स्टार स्पोर्ट्स नेटवर्कले प्रशारण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले पहिलो जित निकालेको छ । आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले हराएको हो । नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको होबार्ट १६.१ ओभरमा ११४ रनमा अलआउट भयो । नेपालको जितमा नन्दन यादवले ३ ओभर बलिङ गर्दै १७ रन दिएर ५ विकेट लिए । त्यस्तै ...
। नेपाली गोलकिपर प्रशिक्षक मनिष तिम्सिना अफगानिस्तान राष्ट्रिय फुटबल टिमको गोलकिपिङ प्रशिक्षक नियुक्त भएका छन् । उनले सामाजिक सञ्चालमार्फत यसको जानकारी दिँदै खुशी व्यक्त गरेका छन् । विदेशी टिममा गोलकिपिङ प्रशिक्षक बन्ने उनी पहिलो नेपाली गोलकिपर प्रशिक्षक हुन् । अफगानिस्तान फुटबल टोलीको मुख्य प्रशिक्षकमा नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक भिसेन्जो एनेस छन् । अफगानिस्तानले काफा नेसनल कपका लागि ...
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो चौथो खेलमा नेपालले मंगलबार होबार्ट हरिकेन्ससँग खेल्दै छ । डार्विनको पार्मर्स्टनस्थित काजालिस एरेनामा हुने खेल विहान नेपाली समयअनुसार सवा ११ बजे सुरु हुनेछ । नेपाली टोलीको कप्तानमा रोहित पौडेल छन् भने हरिकेन्सको कप्तानमा बिग ब्यासका अनुभवी खेलाडी म्याकालिस्टर राइट छन् । नेपाल हालसम्म खेलेका तीनवटै खेलमा पराजित ...
: टप एण्ड टी-२० सिरिजमा नेपाल मेलवर्न स्टार्ससँग ३१ रनले पराजित भएको छ । नदर्न टेरिटोरीमा भएको खेलमा नेपालको यो तेस्रो हार हो। मेलवर्न स्टार्सले दिएको १७६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४४ रन बनाएको हो। नेपालका लागि ओपनर ब्याटर आसिफ शेखले सर्वाधिक ५३ रन बनाए। उनले ४९ बलमा ...
— नयाँ फरवार्डहरू लिन ठूलो खर्च गरे पनि म्यानचेस्टर युनाइटेड आइतबार इंग्लिस प्रिमियर लिगको आफ्नो पहिलो खेलमा आर्सनलसँग १–० ले पराजित भयो । यसले आर्सनलको उपाधि दाबेदारीलाई पनि प्रस्तुत गरेको छ । ओल्ड ट्राफोर्डमा रिकार्डो कालाफिओरीले खेलको एक मात्र गोल गरे । युनाइटेडका निमित्त गोलरक्षक एल्टे बायिन्दिरले गरेको गल्तीमा इटालियन रक्षकको फाइदा उठाउँदै गोल गरेका थिए । पछिल्ला तीन ...