मुख्य समाचार
राष्ट्रिय संघहरूले खेलकुदमन्त्रीलाई ज्ञापनपत्र बुझाउने
राष्ट्रिय संघहरूले खेलकुदमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

— कन्फेडेरेसन अफ नेसनल स्पोर्ट्स एसोसिएसनको बैठकले समसामयिक खेलकुदका विभिन्न माग राखेर युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीसक्षम ज्ञापनपत्र पेस गर्ने भएको छ ।



कन्फेडेरेसन नेपाल ओलम्पिक कमिटीमा आबद्ध खेलसंघहरू मिलेर बनेको संस्था हो । सातदोबाटोस्थित तेक्वान्दो संघको सभाहलमा टेनिस संघकी अध्यक्ष ज्योति राणाको अध्यक्षतामा बसेको कन्फेडेरेसनको बैठकले उक्त निर्णय गरेको छ ।


राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ संशोधनका लागि बनेको विधेयकको मस्यौदा यथाशीघ्र माग गर्ने, १० औं राष्ट्रिय खेलकुदको मिति निर्धारण गर्नुपूर्व सम्बन्धित खेल संघका प्रतिनिधिबाट खेलस्थलको अनुगमन, निरीक्षण र सरोकारवाला खेल संघको परामर्शमा १० औं राष्ट्रिय खेलकुदसम्बन्धी निर्देशिका जारी गर्नुपर्नेलगायतका मागसहित ज्ञापनपत्र पेस गरिने भएको छ ।

त्यससम्बन्धी निर्णय नहुञ्जेलसम्म हाल तय गरिएको राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठकसमेत स्थगित गर्न माग गर्ने निर्णयसमेत जनाइएको छ । राखेपको बोर्ड बैठक यसै साता गर्ने तयारी भइरहेको छ । १५ महिनापछि बोर्ड बैठक बस्न लागेको हो ।

यी विषयहरूको सहजीकरणका लागि सम्बन्धित निकायमा नेपाली कांग्रेसका खेलकुद विभाग प्रमुख उमेशजंग रायमाझीले आवश्यक पहल गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित