मुख्य समाचार
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै सुरु भएको प्रदर्शन चर्किए
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै सुरु भएको प्रदर्शन चर्किए

— पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै सुरु भएको प्रदर्शन चर्किएको छ । खैबर पख्तुनख्वा प्रान्तको राजधानी पेसावरबाट आएका खान समर्थकहरू इस्लामावाद प्रवेश गर्ने क्रममा विभिन्न स्थानमा झडप भएको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।



प्रमुख सरकारी भवनहरू नजिकैको 'डी चोक (डेमोक्रेसी स्क्वायर) पुग्ने क्रममा सशस्त्र सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेका छन् । डी चोकनजिकै प्रधानमन्त्रीको कार्यालय, संसद् भवन र सर्वोच्च अदालत लगायत कैयौं महत्त्वपूर्ण सरकारी भवन छन् ।


हजारौं खान समर्थक सोमबार पेशावरबाट इस्लामावादतर्फ अघि बढेसँगै सुरक्षाकर्मीले राजधानी प्रवेश गर्ने सडकहरू बन्द गरिदिएका थिए । तर प्रदर्शनकारीहरू सुरक्षाकर्मीका अवरोध तोड्दै राजधानी पुगेका हुन् । त्यसक्रममा केही घाइते भएका छन् भने प्रहरीले दर्जनौं प्रदर्शनकारीलाई पक्राउ गरेको छ । इस्लामावाद प्रवेश गर्ने क्रममा प्रदर्शनकारीले चलाएका तीव्र गतिका गाडीले ठक्कर दिएर कम्तीमा ४ जना प्रहरीको ज्यान गएको जनाइएको छ ।
प्रहरीलाई ठक्कर दिएका गाडी कसले चलाइरहेको थियो भन्ने स्पष्ट नभए पनि प्रधानमन्त्री शेहबाज सरिफले प्रदर्शनकारीहरूलाई दोष दिएका छन् । 'तथाकथित शान्तिपूर्ण विरोध प्रदर्शनको आडमा प्रहरी तथा सुरक्षाकर्मीमाथिको आक्रमण निन्दनीय छ,' उनले भनेका छन् ।

कतिपय स्थानमा प्रदर्शनकारीहरू सडक अवरुद्ध गर्नका लागि राखिएका कन्टेनरमा चढेको जनाइएको छ । प्रदर्शन चर्किएसँगै राजधानी र वरपरका कतिपय क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवा निलम्बन गरिएको छ ।


पेसावरबाट राजधानी आएको विशाल र्‍यालीको नेतृत्व खानकी पत्नी बुसरा बीबी र पख्तुनख्वा प्रान्तका मुख्यमन्त्री अली अमीन गण्डापुरले गरेका हुन् । खान पत्नी बीबीले पूर्वप्रधानमन्त्री खानलाई रिहा नगरिएसम्म प्रदर्शन जारी रहने चेतावनी दिएको बीबीसीले जनाएको छ । जनवरीमा खानसँगै सजाय सुनाइएपछि जेल परेकी बीबी अक्टोबर अन्त्यमा जमानतमा रिहा भएकी हुन् ।Demonstrations of Imran's supporters intensified in Pakistan

खानको पार्टी पाकिस्तान तेहरिक-ए-इस्लाम (पीटीआई) का प्रवक्ताले माग पूरा नभएसम्म खान समर्थकहरू संसद् भवनबाहिर धर्नामा बस्ने समाचार संस्था रोयटर्ससँग बताएका छन् । खानलाई बिनाशर्त रिहाइ गर्नुपर्ने उनीहरूको मुख्य माग छ ।



यसअघि खानले आफ्ना समर्थकहरूलाई विरोध प्रदर्शनका लागि आग्रह गरेका थिए । सरकारले आफ्ना माग सम्बोधन नगरेसम्म खानले समर्थकहरूलाई राजधानीमै बस्न आह्वान पनि गरेका छन् । आइतबार राति पनि खान समर्थकहरूले कतिपय स्थानमा खानको रिहाइको माग गर्दै नाराबाजी गरेका थिए ।

७२ वर्षीय खानले भ्रष्टाचारको आरोपमा तीन वर्षको जेल सजाय भोगिरहेका छन् । तर उनले आफूमाथि सुनियोजित तवरले मुद्दा लगाइएको बताउँदै आएका छन् । कानुनी रूपमा दोषी ठहर गरिएको भए पनि उनी पाकिस्तानमा अझै लोकप्रिय छन् ।

गत सेप्टेम्बरमा पनि दसाैं हजार खान समर्थकले देशका विभिन्न स्थानमा प्रदर्शन गरेका थिए । खानको रिहाइको माग गर्दै प्रदर्शनकारीहरू राजधानी इस्लामावादतर्फ अघि बढेपछि सरकारले जुलुस निकाल्न प्रतिबन्ध लगाएको थियो । तर प्रदर्शनकारीले सरकारी प्रतिबन्धको उल्लंघन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला प्रवेश गर्ने तथा त्यहाँबाट बाहिरिने सबै प्रतिबन्धित तेल ट्याङ्करहरूमाथि पूर्ण नाकाबन्दी लगाउन आदेश दिएका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भेनेजुएलालाई आतंकवाद,लागुपदार्थ तस्करी र मानव बेचबिखनमा संलग्न रहेको आरोप लगाएका छन्। उनले आफ्नो पोस्टमा लेखेका छन्, 'भेनेजुएलाले क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न गरिरहेको छ। त्यसैले भेनेजुएला ...
— उत्तरी इटालीस्थित स्टेल्भियो राष्ट्रिय निकुञ्जमा डाइनासोरका हजारौं पदचिन्ह फेला परेका छन् । यी पदचिन्ह झन्डै २१ करोड वर्ष पुरानो हुनसक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । केही पदचिन्ह ४० सेन्टिमिटरसम्मका छन् । यी पदचिन्हहरु मिलेर बसेका छन् र धेरैमा औंला तथा नङ्ग्राका स्पष्ट चिन्ह देखिन्छन् । मिलानको उत्तर–पूर्वमा रहेको उक्त निकुञ्जभित्र गत सेप्टेम्बरमा फोटोग्राफर इलियो डेल्ला ...
'अपरेसन ब्लूबर्ड'ले 'ट्विटर' ब्रान्ड दाबी गरेपछि एकाधिकार जोगाउन 'एक्स'को कानुनी दौडधुप