मुख्य समाचार
प्रहरीका अनुसार इमरान खानको पार्टीसँग सम्बद्ध करिब ५०० प्रदर्शनकारीलाई पक्राउ
प्रहरीका अनुसार इमरान खानको पार्टीसँग सम्बद्ध करिब ५०० प्रदर्शनकारीलाई पक्राउ

: पाकिस्तान सरकारले मंगलबार इस्लामाबादको डी चोकमा जम्मा भएका पीटीआई समर्थकहरू विरुद्ध पुलिस र सुरक्षा बलहरूले व्यापक कारबाही गरेको बताएको छ।


प्रहरीका अनुसार इमरान खानको पार्टीसँग सम्बद्ध करिब ५०० प्रदर्शनकारीलाई पक्राउ गरिएको छ । त्यस्तै इमरान खानकी श्रीमती बुशरा बीबी बेपत्ता भएको खबरका बीच उनी खैबर पख्तुनख्वा प्रान्तमा रहेको खुलासा भएको छ ।

बीबीसीका अनुसार पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) पेशावरका अध्यक्ष अरबाब नसीमका अनुसार उनले छिट्टै पत्रकार सम्मेलन गर्ने छिन्। पीटीआईले आफ्नो प्रदर्शन स्थगित गर्ने घोषणा गरेको छ।



यसअघि पीटीआईले बुशरा बीबीलाई विरोध स्थल इस्लामाबादको डी चोकबाट अपहरण गरिएको दाबी गरेको थियो। पीटीआईले प्रहरीले अन्धाधुन्ध गोली चलाएको र अश्रु ग्यास प्रहार गरेको आरोप लगाएको छ।

सामाजिक सञ्जालमा केही भिडियो भाइरल भइरहेका छन् जसमा ठूलो संख्यामा प्रदर्शनकारी घाइते भएका छन् भने केहीको मृत्यु भएको पनि बताइएको छ । पीटीआईले रातभरि रेन्जर्स र पुलिसको अपरेशनको निन्दा गरेको छ।

इमरान खानकी पत्नी बुशरा बीबी पाकिस्तान तहरीक–ए–इन्साफ पार्टीका समर्थकहरुले गरेको प्रदर्शनका क्रममा प्रहरी कारबाहीमा बेपत्ता भएकी थिइन् । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै उनको पार्टी पीटीआईले मंगलबार इस्लामावादमा विशाल प्रदर्शन गरेको थियो । बीबीसी

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पश्चिम अफ्रिकी मुलुक मालीका रक्षामन्त्री सादियो केमाराको एक आत्मघाती ट्रक विष्फोटमा मृत्यु भएको छ । राजधानी बमाको नजिकै रहेको निवासमा भएको आत्मघाती ट्रक विष्फोटमा उनको मृत्यु भएको हो । रक्षामन्त्री केमाराका परिवारले उनको मृत्यु आत्मघाती ट्रक विष्फोटमा भएको पुष्टि गरेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार घटनाको केही घण्टापछि मालीको सरकारी टेलिभिजनले विष्फोटमा गम्भीर घाइते ...
। अमेरिकी केन्द्रीय बैङ्क फेडरल ‘रिजर्भ’ ले आगामी बैठकमा ब्याजदर यथावत राख्ने सम्भावना उच्च देखिएको छ, जसलाई विश्लेषकहरूले हालको आर्थिक र भूराजनीतिक अवस्थासँग जोडेर हेरेका छन् । अहिले ब्याजदर ३.५० प्रतिशत देखि ३.७५ प्रतिशत को दायरामा छ र यसलाई परिवर्तन नगरी कायम राख्ने अपेक्षा गरिएको छ । यसको मुख्य कारण मध्यपूर्वमा जारी युद्ध हो, जसले विश्वव्यापी ...
: क्युरियोसिटी रोभरले मंगल ग्रहमा पहिलो पटक गरिएको प्रयोगमा जीवनका ‘निर्माण ब्लक’ पत्ता लगाएको छ । क्युरियोसिटी रोभरले मंगल ग्रहमा अहिलेसम्म फेला परेको सबैभन्दा विविध प्रकारका जैविक अणुहरू फेला पारेको छ । जसमा सात वटा यस्ता यौगिकहरू पनि छन् जुन यसअघि रातो ग्रहमा कहिल्यै भेटिएका थिएनन् । यी कार्बनयुक्त यौगिकहरू त्यही ‘निर्माण ब्लक’ हुन् जसले पृथ्वीमा ...
: इरानी विदेशमन्त्री अब्बास अराघची र पाकिस्तानका फिल्ड मार्सल असिम मुनीरबीच भेटवार्ता भएको छ। अराघची शुक्रबार र शनिबारको मध्यरातमा इस्लामाबाद आइपुगेका हुन्। उनको यस भ्रमणका क्रममा अमेरिकासँगको बैठकको कुनै औपचारिक योजना भने प्रस्ताव गरिएको छैन्। अराघचीले शुक्रबार 'एक्सु (ट्विटर) मा एक पोस्ट गर्दै पाकिस्तानको भ्रमणपछि आफू ओमान र रुसको यात्रामा जाने जानकारी दिएका थिए। इरानी सरकारी ब्रोडकास्टरले ...
इरानी सेनाले अमेरिकाले होर्मुजको जलडमरूको नाकाबन्दी जारी राखेमा जवाफी कारबाही गरिने चेतावनी दिएको छ। सेनाको कमाण्ड सेन्टरद्वारा जारी गरिएको विज्ञप्तिमा अमेरिकी सेनाले यस क्षेत्रमा नाकाबन्दी, समुन्द्री लुटपाट र डकैती जारी राखेमा इरानी सेनाबाट जवाफी कारबाहीको सामना गर्नुपर्ने उल्लेख छ। अप्रिल १३ मा इरानी बन्दरगाहहरूमा समुद्री यातायातमा नाकाबन्दी लगाएदेखि अमेरिकाले धेरै जहाजहरूलाई नियन्त्रणमा लिएको छ। यो मुद्दा ...