मुख्य समाचार
क्यानडाले दुई जना नेपालीलाई निष्कासन गरे
क्यानडाले दुई जना नेपालीलाई निष्कासन गरे

: क्यानडाले दुई जना नेपालीलाई निष्कासन गरेको छ। त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा उनीहरूलाई निष्कासन गरिएको हो।


निष्कासनमा पर्नेहरूमा कौशिला भुर्तेल र हिमलाल भुर्तेल रहेका छन्। एयर इन्डियाको विमानबाट मंगलबार उनीहरू काठमाडौं आइपुगेका हुन्।

पछिल्लो समय अध्यागमन कानुन उल्लंघन गरी निष्कासनमा पर्ने नेपालीको संख्या बढिरहेको छ। केही दिनअघि अमेरिकाले पनि दुई जना नेपालीलाई निष्कासन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अपराधमा संलग्न एक नेपालीलाई अष्ट्रेलियाले निष्कासन गरेको छ। घरेलु हिंसामा संलग्न ती नेपालीलाई अष्ट्रेलियाको अध्यागमनले निष्कासन गरेको हो। निष्कासनमा पर्नेमा थापा थरीका एक जना रहेका छन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार थापालाई गत साता नेपाल फर्काइएको हो। उनलाई थाइ एयरको जहाजबाट काठमाडौं नेपाल फर्काइएको हो। 'घरेलु हिंसामा मुछिएका थापालाई त्यहाँको प्रहरीले पक्राउ गरी अनुसन्धान गरेको थियो। आवश्यक ...
: वैदेशिक रोजगारको प्रमुख गन्तव्य रहेको मलेसियाले नेपालीमाथि ठूलो धरपकड गरेको छ। अध्यागमन कानुन उल्लंघन गरेर बसिरहेका नेपालीमाथि मलेसिया सरकारले धरपकड गरेको हो। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मलेसियाको अध्यागमनले एकैपटक २६ जना नेपालीलाई निष्कासन गरेको छ। गत साता उनीहरूलाई मालिन्दो एयरलायन्सको विमानबाट नेपाल फर्काइएको हो। निष्कासनमा पर्नेमा सरदार, साह, राउत, श्रेष्ठ, कार्की, विक, सुडी, सहनी, बटार, राई, ...
: अमेरिकाले थप तीन जना नेपालीलाई निष्कासन गरेको छ। अवैध ढंगले अमेरिका प्रवेश गरेका ती नेपालीहरूलाई अमेरिकाले निष्कासन गरेको हो। निष्कासनमा पर्नेमा विष्ट, तामाङ र होली थरीका एक-एक जना रहेका छन्। स्रोतका अनुसार उनीहरूलाई एयर इन्डियाको जहाजबाट यसै साता नेपाल फर्काइएको हो। राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासनसम्बन्धी नीतिअन्तर्गत पछिल्लो समय अमेरिकाले अवैध आप्रवासीहरूलाई धमाधम पक्राउ गरी निष्कासन गर्न ...
: वैदेशिक रोजगारीको क्रममा साउदी अरेबिया ज्यान गुमाएका रौतहट भवानीपुरका बिनोद चौधरीको परिवारलाई ४ लाख २५ हजार नेपाली रुपैयाँ आर्थिक सहयोग गरिएको छ। मृतक चौधरी अरबको दमाममा गत मार्च ७ तारिखका दिन आफ्नै क्याम्पमा सुतिरहेको अवस्थामा निधन भएको थियो। मृतक चौधरीलाई कम्पनीमा कार्यरत कामदारहरूले सकेको आर्थिक सहयोग संकलन गरी परिवारलाई हस्तान्तरण गरिएको हो। ४० वर्षीय ...
: मलेसियाले अध्यागमन कानुन उल्लंघन गर्ने ८ जना नेपालीलाई निष्कासन गरेको छ। निष्कासनमा पर्नेमा तामाङ, कार्की, विक, कोइरी, कहर, विस्ट, यादव र केसी थरी एक-एक जना रहेका छन्। उनीहरूलाई गत साता मालिन्दो एयरलायन्सको जहाजबाट नेपाल फर्काइएको हो। उनीहरूले मलेसियामा लुकीछिपी काम गरेको पाइएपछि त्यहाँको प्रहरीले नियन्त्रणमा लिएको थियो। पक्राउ परेका उनीहरूमाथि अनुसन्धान गरी नेपाल निष्कासन गरिएको ...