मुख्य समाचार
चुमनुब्रीमा घामसँगै अस्ताउँछ मोबाइल नेटवर्क
चुमनुब्रीमा घामसँगै अस्ताउँछ मोबाइल नेटवर्क

: उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा विगत एक महिनादेखि रात र बिहानको समयमा मोबाइल नेटवर्कले काम गरेको छैन। सधैं साँझ घाम अस्ताएपछि गएको मोबाइल नेटवर्क भोलिपल्ट बिहान घाम नलागेसम्म नआउने स्थानीयहरूले गुनासो गरेका छन्।


‘एक महिना भइसक्यो, बेलुकादेखि भोलिपल्ट बिहान ८ बजेसम्म मोबाइलको नेटवर्क देखाउँदैन’, चुमनुब्री गाउँपालिका–३ जगतका गणेश कार्कीले भने, ‘यस्तो समस्या पटकपटक भइरहन्छ। १२ घण्टाभन्दा बढी समयसम्म फोनमा नेटवर्क नहुँदा हामी उत्तरी गोरखावासीहरू समस्यामा छौँ।’ आफूहरूले पटकपटक पालिका र नेपाल टेलिकममा गुनासो गर्दासमेत सुनुवाइ नभएको उनले बताएका छन्।

चुमनुब्रीमा नेपाल टेलिकमको नेटवर्क मात्र चल्छ। त्यो पनि समयसमयमा नचलेर हैरान हुने गरेको ग्राहकहरूको गुनासो छ। ‘मोबाइल नेटवर्क नहुँदा न फोन लाग्छ, न त फोर जी नै चल्छ। स्थानीय सर्वसाधारण, पर्यटकहरू, गाइड, पोर्टर, हामी होटल व्यवसायी त सधैं मर्कामा परेका छौं’, उनले भने। रातको समयमा नेटवर्क नचल्दा आपत्कालीन समयमा निकै समस्या हुने गरेको उनले गुनासो गरे।



‘आजभोलि सबै होटलहरू अनलाइनबाटै बुकिङ हुन्छ, पर्यटकहरू पनि फोनबाट सम्पर्क गर्दै आउनुपर्ने हुन्छ। यसरी सधैं बेलुकादेखि भोलिपल्ट बिहानसम्म फोनले काम नगर्दा हामी त अँध्यारोमा परेका छौं’, उनले भने।

चुमनुब्री गाउँपालिकाका अध्यक्ष नीमा लामाले पनि राति टावर जाँदा निकै समस्या हुने गरेको बताएका छन्। उनी भन्छन्, ‘समस्या त भएको छ, आजै समन्वय गर्ने तयारी गरिरहेको छु। छिट्टै समस्याको समाधान हुन्छ।’

नेपाल टेलिकम कार्यालय गोरखाका प्रमुख सरोज अर्यालले भने प्राविधिक समस्याका कारण नेटवर्क गएको बताए। ‘त्यहाँको टेलिकमको टावर सोलारबाट चल्ने हुँदा घाम अस्ताएपछि नेटवर्क जाने समस्या भएको हो’, उनले भने, ‘अहिले जाडो समयमा धेरै घाम नलाग्ने भएर ब्याकअपले नधानेर बेलुकै नेटवर्क जाने समस्या आएको हो। बिजुली जडान गर्न चाहिने पोल, तारलगायत सामग्रीहरूको इस्टिमेट मगाएको छु।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय परिचयपत्रको सिस्टम नचलदा सेवाग्राहीले हैरानी पाएका छन् । २१ गतेदेखि राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा प्राविधिक समस्या आइरहेको छ । एक साता बित्दा समेत उक्त समस्या हल नहुँदा सेवाग्राही मार्कामा परेका छन् । नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका उपसचिव कुलशेखर अर्यालले समस्या हल गर्न निरन्तर लागिरहेको बताएका छन् । ‘सिस्टममा समस्या आएपछि त्यसको सामाधानका ...
गुगल अन्तर्गतको फिटबिटले आफ्नो अहिलेसम्मकै सानो र हलुका वेयरेबल डिभाइस ‘फिटबिट एयर’ सार्वजनिक गरेको छ। धेरै मानिसहरूलाई स्मार्टवाच भारी र जटिल लाग्ने समस्यालाई सम्बोधन गर्न यो डिभाइस डिजाइन गरिएको हो । मे ७, २०२६ मा सार्वजनिक गरिएको यो डिभाइस विशेषगरी ती प्रयोगकर्ताहरूका लागि लक्षित छ जो २४सै घण्टा बिना कुनै अवरोध आफ्नो स्वास्थ्य ट्र्याक गर्न चाहन्छन् ...
पेपालले आफ्नो व्यवसायलाई तीनवटा सञ्चालन इकाईहरूमा पुनर्गठन गर्ने घोषणा गरेको छ, जसमा लोकप्रिय भुक्तानी एप ‘भेन्मो’ का लागि छुट्टै विभाग समावेश गरिएको छ। नयाँ सीईओ इन्रिके लोरेसले कम्पनीको संरचनालाई सरल बनाउन र वृद्धिमा बढी केन्द्रित हुन यो कदम चालेका हुन्। भेन्मोलाई छुट्टै खण्ड बनाउँदा यसको कार्यसम्पादन ट्र्याक गर्न सजिलो हुने र भविष्यमा यस व्यवसायलाई बिक्री गर्न ...
। अक्सफोर्ड विश्वविद्यालयको अक्सफोर्ड इन्टरनेट इन्स्टिच्युटले हालै सार्वजनिक गरेको एक अध्ययनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) च्याटबोटहरूको बढ्दो लोकप्रियतासँगै एउटा गम्भीर जोखिमलाई सतहमा ल्याएको छ। अनुसन्धानकर्ताहरूका अनुसार, च्याटबोटहरूलाई जति धेरै मिलनसार, न्यानो र सहानुभूतिपूर्ण बनाउने कोसिस गरिन्छ, तिनीहरूले त्यति नै धेरै गल्ती गर्ने र प्रयोगकर्ताका गलत एवं भ्रामक धारणालाई समर्थन गर्ने सम्भावना बढेर जान्छ । ‘नेचर’ जर्नलमा प्रकाशित यस ...
: राष्ट्रिय पञ्जीकरणका सूचना नागरिक एपमा एकीकरण गर्ने प्रक्रिया अघि बढाइएको छ। जन्म दर्ता, विवाह दर्ता, सम्बन्धबिच्छेद दर्तालगायतका पञ्जीकरणका सूचना एकीकृत प्रणालीमा आबद्ध गर्ने प्रक्रिया थालिएको सूचना प्रविधि विभागका महानिर्देशक श्रीचन्द्र साहले जानकारी दिए। अहिले यी विवरणहरू एकीकरणका लागि प्रारम्भिक प्रक्रिया थालिएको र केही समयभित्र कार्यान्वयनमा ल्याउनेगरी तयारी भइरहेको उनको भनाइ छ। तथ्यांक एकीकरणपछि जन्मदर्ता, विवाह ...