मुख्य समाचार
नेपाल श्रीलंकासँग ५५ रनले पराजित
नेपाल श्रीलंकासँग ५५ रनले पराजित

: नेपाल श्रीलंकासँग ५५ रनले पराजित भएको छ। यु-१९ एसिया कपअन्तर्गत शुक्रबार दुबईमा भएको खेलमा नेपालले ४६.२ ओभरमा अलआउट हुँदै १७८ रनमात्र बनाउन सक्यो।


नेपालका लागि मयन यादवले अर्धसतकसहित ६१ रन बनाए। त्यस्तै आकाश त्रिपाठीले १९, अर्जुन कुमालले १२, सन्तोष यादवले ११, नरेन भट्टले १२, उत्तम मगरले १७ र नरेन साउदले १६ रन बनाए।

यसअघि टस हारेर ब्याटिङ गरेको श्रीलंकाले ४९.५ ओभरमा अलआउट हुँदै २३३ रन बनाएको थियो। श्रीलंकाका लागि सारुजन सनमुगन्थनले सर्वाधिक ६२ रन बनाए। त्यस्तै लक्भिन अवेसिंघेले ५० रन, कभिजा गमेगेले ३७ रन र भिमाथ दिन्सारा र दुलनिथ सिगेराले २४-२४ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।



यु-१९ एसिया कपमा नेपाल बी समूहमा रहेको छ। श्रीलंकापछि नेपालले बंगलादेश र अफगानिस्तानसँग खेल्नेछ। समूह एमा भने भारत, पाकिस्तान , युएई र जापान रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— एन्टोनियो ग्रिजमनले ९४ औं मिनेटमा गरेको निर्णायक गोलको मद्दतले एटलेटिको म्याड्रिडले आइतबार स्पेनी ला लिगामा सेभिल्लाविरुद्ध ४–३ को उत्कृष्ट पुनर्आगमन जित रचेको छ । डिएगो सिमोनीको टिम अहिले लयमा छ र अंक तालिकाको तेस्रो स्थानमा छ । एटलेटिकोले सबै खाले प्रतियोगितामा गरेर पछिल्ला नौ खेल लगातार जितेको छ । उसको १६ खेलबाट ३५ अंक भएको ...
। एनपीएल टिम सुदूरपश्चिम रोयल्सका मेन्टर तथा अस्ट्रेलियाका लिजेन्ड ब्राड हजले सुदूरका कप्तान दीपेन्द्रको खेल म्याक्सवेलको जस्तो लाग्ने बताएका छन् । आइतबारको खेलपछि पत्रकार सम्मेलनमा कुरा गर्दै उनले यस्तो बताएका हुन् । ‘दीपेन्द्र एकदम राम्रो खेलाडी हुन्, उनको ब्याटिङ बलिङ र फिल्डिङ सबै उत्तिकै राम्रो छ । कहिलेकाहीँ उनको शटहरू देख्दा ग्लेन म्याक्सवेलको जस्तै लाग्छ’ उनले ...
: नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आएका भारतीय चर्चित क्रिकेटर शिखर धवनले एभरेष्ट बेसक्याम्पको अवलोकन गरेका छन्। उनीसहित कर्णाली याक्सका सहमालिक गृहेन्द्र घिमिरे सहितको टोलीले आइतबार एभरेष्ट बेसक्याम्पको अवलोकन गरेका हुन्। उनीहरूले ३–४ घन्टा एभरेष्ट बेसक्याम्पमा बिताएका थिए। बेसक्याम्पको अवलोकनपछि शिखर आइतबार साँझ एयर इन्डियाको जहाजमार्फत स्वदेश फर्किएका छन्। यसअघि उनले एनपीएलका ...
। इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा चेल्सीले रोमाञ्चक जित निकालेको छ । चेल्सीले टोटनहामलाई ४-३ गोलअन्तरले हराएको हो । २-० ले पछाडि परेको अवस्था उल्टाएर चेल्सीले टोटनहामलाई उसैको मैदानमा हराएको हो । चेल्सीको जितमा कोल पाल्मरले २ गोल गरे भने जाडन सान्चो र एन्जो फर्नान्डेजले एक-एक गोल गरे । टोटनहामका डोमिनिक सोलान्के, डेजान कुलुसेभ्स्की ...
: नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई १ रनले पराजित गरेको छ। जनकपुरले पहिलो खेलमा विराटनगर किंग्सलाई ८ विकेट, दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध पनि ८ विकेट र पोखरा एभेन्जर्सलाई ७ विकेटको जित निकालेको थियो। अन्तिम ओभरमा ९ रन चाँहिदा पहिलो बलमा साद बिन जफरको विकेट गएको हो। दोस्रो बलमा दुर्गेश गुप्ताले चौका प्रहार ...