मुख्य समाचार
प्रचण्डजीले काम न काजको हतियार उठाउँदा नेपालको दस वर्ष खेर गयो : गगन थापा
प्रचण्डजीले काम न काजको हतियार उठाउँदा नेपालको दस वर्ष खेर गयो : गगन थापा

: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हतियार उठाउन लगाएर नेपालको दस वर्ष खेर गएको बताएका छन्। कीर्तिपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले रोजगारी दिनुपर्ने युवालाई प्रचण्डले बन्दुक बोक्न लगाएको आरोप लगाए।


'प्रचण्डजीले काम न काजको हतियार उठाउँदा नेपालको दस वर्ष खेर गयो। युवालाई रोजगारी दिनुपर्ने ठाउँमा बन्दुक बोक्न लगाएर, एके ४७ भारतबाट किन्ने कि चीनबाट किन्ने कि अमेरिकाबाट बारुद्ध ल्याउनेतिर लाग्यौं,' महामन्त्री थापाले भने, 'संक्रमणकालको नाममा अर्को दस वर्ष खेर गयो। तर, फेरि एकपटक मौका आएको छ। केटाहरू कतारमा काम गर्न गएका छन्। बहिनीहरू इजरायल काम गर्न गएका छन्। उनीहरू भनेरमात्रै फिर्ता आउँदैनन्। कतारभन्दा धेरै तलब यहाँ पाउने अवस्था बनाएरमात्रै आउँछन्। त्यो काम कांग्रेसले मात्र गर्न सक्छ।'

उनले ०८४ सालपछिका तीन वर्ष स्वर्ण युग रहेको र त्यहीबेला नेपालमा उद्योग, कलकारखाना खुलेको बताए। त्यतिबेला कांग्रेसले बहुमत थेग्न नसक्दा मध्यावधितिर जानुपरेको उनको भनाइ छ। उनले कीर्तिपुरको डाँडाबाटै महिनाको तीन-चार लाख कमाउन सकिने बताए।



'कसैले कीर्तिपुरलाई क्रिकेट खेल हेर्न त कसैले विश्वविद्यालय पढ्न गएको भनेर बुझ्न सक्छन्। तर, राजनीतिक दलका लागि कीर्तिपुर विद्रोहको ठाउँ हो। यही कीर्तिपुरको डाँडामा बसेर केटाकेटीलाई महिनाको तीन-चार लाख कमाउने बनाउन सकिन्छ। त्यो अवसर सूचना प्रविधिले ल्याएको छ। टिकटक र फेसबुकले मात्रै त्यो अवसर दिँदैनौं। त्यसका लागि पढेको जनशक्ति चाहिएको छ,' उनले भने। उनले त्रिभुवन विश्वविद्यालयबाट त्यस्ता जनशक्ति उत्पादन गर्न सकिने बताए।

उनले कीर्तिपुरलाई सांस्कृतिक सहर बनाएर ललितपुर र भक्तपुरलाई जोड्न सकिने बताए। उनले स्थानीय सरकारले शिक्षा र स्वास्थ्यमा व्यापक काम गर्नुपर्ने आवश्यकता रहेको औंल्याए।

'कुन तहले के काम गर्ने भन्ने कुरामा प्रस्ट हुनुपर्छ। एउटा नागरिक अस्पतालमा आइसकेपछि जति पैसा लागे पनि, मुटु, क्यान्सरको उपचार गराउनुपरे पनि एक रुपैयाँ नलाग्ने गरी नीति ल्याउनुपर्छ। यसका लागि स्थानीय सरकारले पहल गर्न सक्छन्। स्थानीय सरकारले अस्पताल धेरै बनाउने होइन। अस्पताल जान नपरोस् भनेर काम गर्ने हो। स्थानीय सरकारले भान्छामा काम गर्ने हो। खोपमा काम गर्ने हो,' उनले भने। उनले यसखालको स्वास्थ्य प्रणाली कीर्तिपुरमा लागू गर्ने इच्छा रहेको बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षको कूल बजेटमध्ये ६६ प्रतिशत रकम पूर्वधार विकासका लागि विनियोजन गरिएको जनाएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका सन्दर्भमा जानकारी गराउन शनिबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै महानगरले कूल बजेटमध्ये ६६ प्रतिशत रकम पूर्वधार विकासका लागि विनियोजन गरिएको जनाएको हो । जसमा पूर्वधार निर्माण तथा सहरी विकास, ...
। दोलखा भिमेश्वर नगरपालिका वडा नं.७ पुवालेको लामोसाघुँ–जिरी सडक–खण्डमा गाडी र स्कुटर दुर्घटना हुँदा २ जना घाइते भएका छन् । शुक्रबार ४:३० बजे चरिकोटबाट मकैबारीतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२३ च ५९२८ नम्बरको गाडी र विपरीत दिशाबाट आउँदै गरेको बा.प्र. ०२–०५५ प ०७५२ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाइ सवारी दुर्घटना भएको हो । स्कुटरमा सवार सुनसरी बराहक्षेत्र नगरपालिका–३ ...
। संयुक्त राष्ट्रसंघले शुक्रबार जानकारी दिएको अनुसार, गाजामा मानवीय सहायता प्राप्त गर्ने प्रयासमा मे महिनाको अन्तिम साता यता करिब ८०० जनाको ज्यान गएको छ । तीमध्ये अधिकांशको मृत्यु अमेरिका र इजरायलको समर्थनमा सञ्चालनमा आएको गाजा मानव सहायता प्रतिष्ठानका वितरण केन्द्रहरूसँग नजिकै भएको बताइएको छ । एक निजी प्रयोजनको रूपमा सञ्चालनमा आएको यस प्रतिष्ठानले, गत मे २६ देखि ...
। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पशुपति शमशेर जबरा नेपालको राजनीति जान्न चाहने विद्यार्थीका लागि खुला विश्वविद्यालय भएको टिप्पणी गरेका छन् । शुक्रबार काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराको ८४ औं जन्मदिनको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । आज आफूहरूका लागि खुशी र गौरवको दिन भएको बताउँदै यो ...
महिला उद्यमी बन्नु परिवारलाई आर्थिक रूपमा सक्षम बनाउनु हो : उद्योगमन्त्री भण्डारी