मुख्य समाचार
एनपीएलको उद्घाटन खेल : विराटनगर र जनकपुर भिड्दै
एनपीएलको उद्घाटन खेल : विराटनगर र जनकपुर भिड्दै

: नेपाल प्रिमियर लिग(एनपीएल)को पहिलो सिजनको उद्घाटन खेलमा पूर्वेली टिम विराटनगर किङ्ग र जनकपुर बोल्ट्स भिड्दै छन्। शनिबार दिउँसो कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १२: ४५ मा यी दुई टिमको खेल सुरु हुनेछ।


खेल नेपाली राष्ट्रिय टिमका खेलाडी अनिल शाह र स्पिनर सन्दीप लामिछानेको टिम बीचमा हुनेछ। दुवै टिम राम्रो तयारीका साथ मैदानमा उत्रने खेल अगाडिको पत्रकार सम्मेलनमा बताएका छन्।

पहिलो दिनमा एक मात्र खेल हुनेछ। यी दुई टिमको कुरा गर्दा दुवै टिम सन्तुलित भएको दाबी गरेका छन्।



जनकपुरमा ६ जना विदेशी खेलाडी

जनकपुर भने विदेशी खेलाडी आएसँगै टिम सन्तुलित भएको बताउँछ। टिममा नेपाली खेलाडी पनि उत्तिकै प्रतिभाशाली भएका उनीहरुको दावी छ।

टिमका मार्की खेलाडी आशिफ शेख राष्ट्रिय टिमको अनुभवले खारिएका ब्याटर हुन्। क्रिजमा टिमलाई आवश्यक पर्दा सम्हालिएको ब्याटिङ तथा आक्रामक दुवै खालको खेल देखाउने खुबी भएका खेलाडी हुन्।

उनीसँगै जनकपुरका कप्तान अनिलकुमार शाह मिडल अर्डर सम्हाल्न सक्ने खेलाडी हुन्। त्यसबाहेक बलिङमा ललित राजवंशीको स्पिन जादु कायम रहने अपेक्षा गरिनेछ। राष्ट्रिय टिममा केही समय अघिसम्म सुनिने नाम किशोर महतो पुन नेपाल फर्किएका छन्।

हाल अष्ट्रेलियामा बस्दै आएका किशोरको भने बलिङ कस्तो छ हेर्नै पर्ने हुन्छ। उनी पहिलाको फर्ममा छन्, छैनन् वा राम्रो भएका छन् त्यसको परीक्षा आजको खेलमा हुन सक्छ। ललितलाई स्पिनमा शेर मल्लको साथ मिल्नेछ। त्यस्तै, चाइनामेनको उपनाम पाएका तुल बहादुर पनि घरेलु क्रिकेटमा राम्रो नाम कमाएका खेलाडी हुन्। अरनिको यादव अर्का युवा खेलाडी हुन् जसको बलिङले जादु छर्न सक्छ। शुभ कन्साकर राम्रो ब्याटर हुन्।

नेपाली खेलाडीमा नै पनि उत्कृष्ट रहेको जनकपुरमा ६ जना विदेशी खेलाडी छन्। जसमा जेम्स निसाम छन्। न्युजिल्यान्डका अलराउन्डर उनी २०१९ विश्वकपको दौरान निकै प्रख्यात भएका थिए। उनी बायाँ हाते ब्याटर तथा दायाँ हाते मिडियम पेसर हुन्। उनी नेपालको परिप्रेक्षमा भने नयाँ हुनेछन्। त्यस्तै, अमेरिकाका जोसुअ ट्रम्प पनि जनकपुरका लागि खेल्नेछन्। उनी दायाँ हाते अलराउन्डर हुन्।

जनकपुरमा अर्का पाकिस्तानी मुलका अमेरिकी बलिङ अलराउन्डर मोहम्मखद मोसिन पनि छन्। उनको लेगब्रेक गुग्लीले त्रिविमा केही फरक अन्दाज पस्कन सक्छ। अर्का बलर हुन् बेन माइक, इङ्ल्यान्डका बलिङ अलराउन्डरका रूपमा उनले यस एनपीएलमा खेल्नेछ।

लाहिरु मिलन्था श्रीलंकन मुलका अमेरिकन विकेटकिपर हुन्। हुन त जनकपुरमा मार्की प्लेअर आशिफ शेख नै पहिलो रोजाइमा खेल्नेछन् तर उनको विकल्पमा लाहिरुले पनि केही अवसर भने सिर्जना गर्न सक्छन् तर पहिलो खेलमा भने जनकपुरले आसिफलाई नै पहिलो रोजाइमा राख्नेछ।

क्यानेडियन बलर हर्ष थाकेर जनकपुरको पहिलो रोजाइमा पर्न सक्ने खेलाडी हुन्। पछिल्लो समय नेपालसँग त्रिपक्षीय सिरिज खेलेका थाकेरले जनकपुरमा बलिङ र लोअर अर्डर ब्याटिङमा मद्धत गर्न सक्ने खेलाडी हुन्।

हाल जनकपुरका दुई खेलाडी हेमन्त धामी र आकाश त्रिपाठी यू१९ एसिया कप छनोट खेल्न यूएईमा रहेका छन्। यता विराटनगरमा भने कप्तान सन्दीप लामिछाने अन्तर्राष्ट्रिय स्टार खेलाडी हुन्। उनको बलिङ विश्वप्रख्यात छ। त्यसैगरि टिममा स्वदेशी ट्यालेन्ट पनि प्रशस्त छन्। जसमा लोकेश बम टी २० मा राम्रो सम्भावना बोकेका खेलाडी हुन्। उनसँगै बसिर अहमद, अनिल खरेल, प्रतिश जिशी, राजेश पुलामी, लोकेश बम जस्ता नाम चलेका खेलाडी छन्। यी खेलाडीलाई त्रिवि मैदानको राम्रो ज्ञान छ।

विराटनगरको टीम कस्तो छ ?

विराटनगरको टिम सरसरती हेर्दा सन्तुलित नै देखिन्छ। विराटनगरले पहिलो सिजनको एनपीएल खेल्न ५ विदेशी खेलाडी भित्र्याएको छ। बलिङमा सन्दीप आफैँले नेतृत्व लेलान्। उनलाई अनिल खरेल, प्रतिश जिशी, सुवास भण्डारी, जितेन्द्र मुखिया जस्ता नेपाली खेलाडीको साथ रहला। जसमा स्कटिस स्टार बलर क्रिस सोलको साथ महत्वपूर्ण रहनेछ। जसमा नेपालका बायाँ हाते तीव्र गतिका बलर कमल खत्रीको पनि बलिङमा योगदान रहनेछ।

ब्याटिङमा भने टी २० मा राम्रो प्रदर्शन क्षमता राख्ने नेपाली ब्याटर लोकेश बमको खेललाई यसपालि विराटनगरले हाइलाइटमा राख्न खोज्नेछ। मार्टिन गुप्टिल अर्का क्षमतावान ब्याटर हुन्। जसमा ओमानका अकिब इलियास पनि ब्याटिङमा नै धुरन्धु राख्ने खेलाडी हुन्। उनका लागि नेपाली वातावरण र त्रिवि मैदान नौलो कुरा होइन। त्रिवि मैदानमा खेलिसकेको अनुभव भएको हुँदा उनी विराटनगरको लागि राम्रो टप अर्डर ब्याटर हुन सक्छन्।

यी खेलाडीले टप अडर ब्याटिङमा राम्रो योगदान दिन सक्छन्। मिडल अर्डरमा निकोलस क्रिटोन र बसिर अहमद पनि राम्रो क्रिअज सम्हाल्न र पावर सटि हान्न सक्ने खेलाडी हुन्। जसमा इस्मत अलमले पनि ब्याटिङमा टिमको साथ निभाउनेछन्। विराटनगरका मिडल अर्डर ब्याटरको रुपमा निकोलस क्रिटोन हुन सक्छन्। नेपाल ओमान र क्यानडाबिचको त्रिपक्षीय सिरिजमा क्यानडाको कप्तानको रुपमा सिरिज जितेका क्रिटोन पनि त्रिवि मैदानमा खेलिसकेका खेलाडी हुन्। बायाँ हाते ब्याटर क्रिटोन मिडल अर्डरका लागि राम्रो ब्याटर हुन्।

राजेश पुलामी नेपालका लागि घरेलु क्रिकेटमा म्याच विनर खेलाडी हुन्। त्रिभुवन आर्मीमा पुलामीले टिमलाई आवश्यक पर्दा ठूलो सट खेल्न सक्ने खेलाडी हुन्। नरेन भट्ट भने हाल राष्ट्रिय जिम्मेवारीमा छन्। उनी हाल यू१९ एसिया कप छनोट खेल्ने टिममा रहेर यूएईमा रहेका छन्।

त्रिविको पिच कन्डिसनः

हाल त्रिवि मैदान ६ महिना यता खेल रहित रहेको थियो। जसमा नेपाल क्रिकेट संघ क्यानले नयाँ पिच निर्माण गरेको छ। यो पिच हाइ स्कोरिङ पिचहरु बनेको भन्दै गर्दा बिहानको मौसममा भने ब्याटिङ गर्ने टिमलाई केही कठिनाइ हुन सक्छ। तर यद्यपि नयाँ पिचमा हालसम्म अफिसियल खेलहरू सञ्चालन भइ नसक्दा पिचले कस्तो खेल्छ भन्ने पहिलो खेलपश्चात् मात्र थाहा हुनेछ।

पहिलो खेल दिउँसो हुँदा पिचमा मोइच्चरको समस्या खासै नहोला तर जाडो मौसम भएका कारण र नयाँ पिच बनेको हुँदा एनपीएलको पहिलो खेलले त्रिविको नयाँ बनेको पिचको पनि परीक्षण हुनेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित