मुख्य समाचार
एनपीएलको उद्घाटन खेल : विराटनगर र जनकपुर भिड्दै
एनपीएलको उद्घाटन खेल : विराटनगर र जनकपुर भिड्दै

: नेपाल प्रिमियर लिग(एनपीएल)को पहिलो सिजनको उद्घाटन खेलमा पूर्वेली टिम विराटनगर किङ्ग र जनकपुर बोल्ट्स भिड्दै छन्। शनिबार दिउँसो कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १२: ४५ मा यी दुई टिमको खेल सुरु हुनेछ।


खेल नेपाली राष्ट्रिय टिमका खेलाडी अनिल शाह र स्पिनर सन्दीप लामिछानेको टिम बीचमा हुनेछ। दुवै टिम राम्रो तयारीका साथ मैदानमा उत्रने खेल अगाडिको पत्रकार सम्मेलनमा बताएका छन्।

पहिलो दिनमा एक मात्र खेल हुनेछ। यी दुई टिमको कुरा गर्दा दुवै टिम सन्तुलित भएको दाबी गरेका छन्।



जनकपुरमा ६ जना विदेशी खेलाडी

जनकपुर भने विदेशी खेलाडी आएसँगै टिम सन्तुलित भएको बताउँछ। टिममा नेपाली खेलाडी पनि उत्तिकै प्रतिभाशाली भएका उनीहरुको दावी छ।

टिमका मार्की खेलाडी आशिफ शेख राष्ट्रिय टिमको अनुभवले खारिएका ब्याटर हुन्। क्रिजमा टिमलाई आवश्यक पर्दा सम्हालिएको ब्याटिङ तथा आक्रामक दुवै खालको खेल देखाउने खुबी भएका खेलाडी हुन्।

उनीसँगै जनकपुरका कप्तान अनिलकुमार शाह मिडल अर्डर सम्हाल्न सक्ने खेलाडी हुन्। त्यसबाहेक बलिङमा ललित राजवंशीको स्पिन जादु कायम रहने अपेक्षा गरिनेछ। राष्ट्रिय टिममा केही समय अघिसम्म सुनिने नाम किशोर महतो पुन नेपाल फर्किएका छन्।

हाल अष्ट्रेलियामा बस्दै आएका किशोरको भने बलिङ कस्तो छ हेर्नै पर्ने हुन्छ। उनी पहिलाको फर्ममा छन्, छैनन् वा राम्रो भएका छन् त्यसको परीक्षा आजको खेलमा हुन सक्छ। ललितलाई स्पिनमा शेर मल्लको साथ मिल्नेछ। त्यस्तै, चाइनामेनको उपनाम पाएका तुल बहादुर पनि घरेलु क्रिकेटमा राम्रो नाम कमाएका खेलाडी हुन्। अरनिको यादव अर्का युवा खेलाडी हुन् जसको बलिङले जादु छर्न सक्छ। शुभ कन्साकर राम्रो ब्याटर हुन्।

नेपाली खेलाडीमा नै पनि उत्कृष्ट रहेको जनकपुरमा ६ जना विदेशी खेलाडी छन्। जसमा जेम्स निसाम छन्। न्युजिल्यान्डका अलराउन्डर उनी २०१९ विश्वकपको दौरान निकै प्रख्यात भएका थिए। उनी बायाँ हाते ब्याटर तथा दायाँ हाते मिडियम पेसर हुन्। उनी नेपालको परिप्रेक्षमा भने नयाँ हुनेछन्। त्यस्तै, अमेरिकाका जोसुअ ट्रम्प पनि जनकपुरका लागि खेल्नेछन्। उनी दायाँ हाते अलराउन्डर हुन्।

जनकपुरमा अर्का पाकिस्तानी मुलका अमेरिकी बलिङ अलराउन्डर मोहम्मखद मोसिन पनि छन्। उनको लेगब्रेक गुग्लीले त्रिविमा केही फरक अन्दाज पस्कन सक्छ। अर्का बलर हुन् बेन माइक, इङ्ल्यान्डका बलिङ अलराउन्डरका रूपमा उनले यस एनपीएलमा खेल्नेछ।

लाहिरु मिलन्था श्रीलंकन मुलका अमेरिकन विकेटकिपर हुन्। हुन त जनकपुरमा मार्की प्लेअर आशिफ शेख नै पहिलो रोजाइमा खेल्नेछन् तर उनको विकल्पमा लाहिरुले पनि केही अवसर भने सिर्जना गर्न सक्छन् तर पहिलो खेलमा भने जनकपुरले आसिफलाई नै पहिलो रोजाइमा राख्नेछ।

क्यानेडियन बलर हर्ष थाकेर जनकपुरको पहिलो रोजाइमा पर्न सक्ने खेलाडी हुन्। पछिल्लो समय नेपालसँग त्रिपक्षीय सिरिज खेलेका थाकेरले जनकपुरमा बलिङ र लोअर अर्डर ब्याटिङमा मद्धत गर्न सक्ने खेलाडी हुन्।

हाल जनकपुरका दुई खेलाडी हेमन्त धामी र आकाश त्रिपाठी यू१९ एसिया कप छनोट खेल्न यूएईमा रहेका छन्। यता विराटनगरमा भने कप्तान सन्दीप लामिछाने अन्तर्राष्ट्रिय स्टार खेलाडी हुन्। उनको बलिङ विश्वप्रख्यात छ। त्यसैगरि टिममा स्वदेशी ट्यालेन्ट पनि प्रशस्त छन्। जसमा लोकेश बम टी २० मा राम्रो सम्भावना बोकेका खेलाडी हुन्। उनसँगै बसिर अहमद, अनिल खरेल, प्रतिश जिशी, राजेश पुलामी, लोकेश बम जस्ता नाम चलेका खेलाडी छन्। यी खेलाडीलाई त्रिवि मैदानको राम्रो ज्ञान छ।

विराटनगरको टीम कस्तो छ ?

विराटनगरको टिम सरसरती हेर्दा सन्तुलित नै देखिन्छ। विराटनगरले पहिलो सिजनको एनपीएल खेल्न ५ विदेशी खेलाडी भित्र्याएको छ। बलिङमा सन्दीप आफैँले नेतृत्व लेलान्। उनलाई अनिल खरेल, प्रतिश जिशी, सुवास भण्डारी, जितेन्द्र मुखिया जस्ता नेपाली खेलाडीको साथ रहला। जसमा स्कटिस स्टार बलर क्रिस सोलको साथ महत्वपूर्ण रहनेछ। जसमा नेपालका बायाँ हाते तीव्र गतिका बलर कमल खत्रीको पनि बलिङमा योगदान रहनेछ।

ब्याटिङमा भने टी २० मा राम्रो प्रदर्शन क्षमता राख्ने नेपाली ब्याटर लोकेश बमको खेललाई यसपालि विराटनगरले हाइलाइटमा राख्न खोज्नेछ। मार्टिन गुप्टिल अर्का क्षमतावान ब्याटर हुन्। जसमा ओमानका अकिब इलियास पनि ब्याटिङमा नै धुरन्धु राख्ने खेलाडी हुन्। उनका लागि नेपाली वातावरण र त्रिवि मैदान नौलो कुरा होइन। त्रिवि मैदानमा खेलिसकेको अनुभव भएको हुँदा उनी विराटनगरको लागि राम्रो टप अर्डर ब्याटर हुन सक्छन्।

यी खेलाडीले टप अडर ब्याटिङमा राम्रो योगदान दिन सक्छन्। मिडल अर्डरमा निकोलस क्रिटोन र बसिर अहमद पनि राम्रो क्रिअज सम्हाल्न र पावर सटि हान्न सक्ने खेलाडी हुन्। जसमा इस्मत अलमले पनि ब्याटिङमा टिमको साथ निभाउनेछन्। विराटनगरका मिडल अर्डर ब्याटरको रुपमा निकोलस क्रिटोन हुन सक्छन्। नेपाल ओमान र क्यानडाबिचको त्रिपक्षीय सिरिजमा क्यानडाको कप्तानको रुपमा सिरिज जितेका क्रिटोन पनि त्रिवि मैदानमा खेलिसकेका खेलाडी हुन्। बायाँ हाते ब्याटर क्रिटोन मिडल अर्डरका लागि राम्रो ब्याटर हुन्।

राजेश पुलामी नेपालका लागि घरेलु क्रिकेटमा म्याच विनर खेलाडी हुन्। त्रिभुवन आर्मीमा पुलामीले टिमलाई आवश्यक पर्दा ठूलो सट खेल्न सक्ने खेलाडी हुन्। नरेन भट्ट भने हाल राष्ट्रिय जिम्मेवारीमा छन्। उनी हाल यू१९ एसिया कप छनोट खेल्ने टिममा रहेर यूएईमा रहेका छन्।

त्रिविको पिच कन्डिसनः

हाल त्रिवि मैदान ६ महिना यता खेल रहित रहेको थियो। जसमा नेपाल क्रिकेट संघ क्यानले नयाँ पिच निर्माण गरेको छ। यो पिच हाइ स्कोरिङ पिचहरु बनेको भन्दै गर्दा बिहानको मौसममा भने ब्याटिङ गर्ने टिमलाई केही कठिनाइ हुन सक्छ। तर यद्यपि नयाँ पिचमा हालसम्म अफिसियल खेलहरू सञ्चालन भइ नसक्दा पिचले कस्तो खेल्छ भन्ने पहिलो खेलपश्चात् मात्र थाहा हुनेछ।

पहिलो खेल दिउँसो हुँदा पिचमा मोइच्चरको समस्या खासै नहोला तर जाडो मौसम भएका कारण र नयाँ पिच बनेको हुँदा एनपीएलको पहिलो खेलले त्रिविको नयाँ बनेको पिचको पनि परीक्षण हुनेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मोहम्मद सालाहको गोलमा इजिप्टले साविक विजेता आइभरी कोस्टमाथि रोमाञ्चक जित निकालेको छ। अफ्रिका कप अफ नेसन्स (अफकोन) २०२५ को क्वार्टरफाइनलमा रोमाञ्चक जित निकाल्दै इजिप्ट सेमिफाइनलमा प्रवेश गरेको हो। खेलको चार मिनेटमै ओमर मार्मोसले गोल गर्दै इजिप्टलाई अग्रता दिलाएका थिए। त्यसपछि आधा घण्टापछि रामी राबियाले हेडमार्फत गोल गर्दै इजिप्टलाई २-० को अग्रता दिलाए। तर हाफ टाइमअघि ...
: झापाको भद्रपुरस्थित मेची क्रिकेट ग्राउन्डमा कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप हुने भएको छ । प्रदेश सरकारले कोशी पर्यटन वर्ष मनाइरहेको अवस्थामा यहाँका पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आगामी कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप गर्न लागेको हो । आयोजक भद्रपुर क्रिकेट क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी ...
— आईसीसी महिला ट्वान्टी-२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको नेपाल अभ्यास खेलमा स्कटल्यान्डसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भएको हो । स्कटल्यान्डले दिएको १८४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रनमा समेटियो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक अविजित ५२ रन ...
— आर्सनलले इंग्लिस प्रिमियर लिगमा बिहीबार लिभरपुलसँग गोलरहित बराबरी खेलेको छ । यो नतिजापछि आर्सनलले लिग तालिकाको शीर्षमा आठ अंकको अग्रता लिने अवसर गुमाएको छ । इमिरेट्स स्टेडियममा यो सिजन आर्सनलले गोल गर्न नसकेको यो नै पहिलो पल्ट हो । तर अहिले पनि आर्सनललाई दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटमिाथि छ अंकको अग्रता प्राप्त छ र टिम लिग ...
: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवं स्ट्राइकर सावित्रा भण्डारीले लामो समय मैदान बाहिरै बिताउनु पर्ने भएको छ। अस्ट्रेलियाको ए लिग क्लब वेलिङ्टन फिनिक्सबाट खेलिरहेकी सावित्राले घुँडामा गम्भीर चोट बोकेपछि नौदेखि १२ महिनासम्म मैदान बाहिर रहने क्लबले जनाएको छ। उनले ए लिगका बाँकी सिजन पनि गुमाउने जनाइएको छ। शनिबार राति ब्रिस्बेनमा ब्रिस्बेन रोअरसँगको खेलका क्रममा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम