मुख्य समाचार
नेपाल प्रिमियर लिग (एनपीएल)का खेल हेर्न त्रिभुवन विश्वविद्यालय (टीयु)का विद्यार्थीहरूलाई ५० प्रतिशत छुट
नेपाल प्रिमियर लिग (एनपीएल)का खेल हेर्न त्रिभुवन विश्वविद्यालय (टीयु)का विद्यार्थीहरूलाई ५० प्रतिशत छुट

: नेपाल प्रिमियर लिग (एनपीएल)का खेल हेर्न त्रिभुवन विश्वविद्यालय (टीयु)का विद्यार्थीहरूलाई ५० प्रतिशत छुटको व्यवस्था हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार विज्ञप्ति जारी गरेर एनपीएलका सम्पूर्ण खेलमा साधारणतर्फको टिकटमा विश्वविद्यालयका विद्यार्थीहरूलाई ५० प्रतिशत छुट दिने व्यवस्था गरेको हो।


'नेपाल क्रिकेट संघद्वारा नेपालको प्रमुख टी-२० प्रतियोगिताको रूपमा आयोजना गर्न लागिएको नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिताको आयोजनाबाट समग्र नेपाली क्रिकेटको विकाससँगै नेपाली पर्यटन, अर्थतन्त्र र रोजगारी समेतलाई ठुलो टेवा पुर्‍याउने र उक्त प्रतियोगिताको सम्पूर्ण खेलहरूको स्टार स्पोर्टस टेलिभिजन च्यानलबाट प्रत्यक्ष प्रशारणको व्यवस्था गरिएको हुँदा विश्वभर प्रशारण हुन गई नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेट खेल स्थलको रूपमा चिनाउन महत्वपूर्ण सहयोग पुग्न जाने विश्वास यस संघको छ,' क्यानका प्रवक्ता छुम्बी लामाले भनेका छन्, 'प्रतियोगिता अवधिभरका लागि त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान, किर्तिपुरमा सञ्चालन हुने खेलहरुका लागि यस संघ र त्रिभुवन विश्वविद्यालयबीच भएको सम्झौता बमोजिम हालः कायम गरिएको साधारणतर्फको टिकट खरिदमा त्यस विश्वविद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूको लागि ५० प्रतिशत छुट कायम गरिएको छ।'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मोहम्मद सालाहको गोलमा इजिप्टले साविक विजेता आइभरी कोस्टमाथि रोमाञ्चक जित निकालेको छ। अफ्रिका कप अफ नेसन्स (अफकोन) २०२५ को क्वार्टरफाइनलमा रोमाञ्चक जित निकाल्दै इजिप्ट सेमिफाइनलमा प्रवेश गरेको हो। खेलको चार मिनेटमै ओमर मार्मोसले गोल गर्दै इजिप्टलाई अग्रता दिलाएका थिए। त्यसपछि आधा घण्टापछि रामी राबियाले हेडमार्फत गोल गर्दै इजिप्टलाई २-० को अग्रता दिलाए। तर हाफ टाइमअघि ...
: झापाको भद्रपुरस्थित मेची क्रिकेट ग्राउन्डमा कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप हुने भएको छ । प्रदेश सरकारले कोशी पर्यटन वर्ष मनाइरहेको अवस्थामा यहाँका पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आगामी कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप गर्न लागेको हो । आयोजक भद्रपुर क्रिकेट क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी ...
— आईसीसी महिला ट्वान्टी-२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको नेपाल अभ्यास खेलमा स्कटल्यान्डसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भएको हो । स्कटल्यान्डले दिएको १८४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रनमा समेटियो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक अविजित ५२ रन ...
— आर्सनलले इंग्लिस प्रिमियर लिगमा बिहीबार लिभरपुलसँग गोलरहित बराबरी खेलेको छ । यो नतिजापछि आर्सनलले लिग तालिकाको शीर्षमा आठ अंकको अग्रता लिने अवसर गुमाएको छ । इमिरेट्स स्टेडियममा यो सिजन आर्सनलले गोल गर्न नसकेको यो नै पहिलो पल्ट हो । तर अहिले पनि आर्सनललाई दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटमिाथि छ अंकको अग्रता प्राप्त छ र टिम लिग ...
: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवं स्ट्राइकर सावित्रा भण्डारीले लामो समय मैदान बाहिरै बिताउनु पर्ने भएको छ। अस्ट्रेलियाको ए लिग क्लब वेलिङ्टन फिनिक्सबाट खेलिरहेकी सावित्राले घुँडामा गम्भीर चोट बोकेपछि नौदेखि १२ महिनासम्म मैदान बाहिर रहने क्लबले जनाएको छ। उनले ए लिगका बाँकी सिजन पनि गुमाउने जनाइएको छ। शनिबार राति ब्रिस्बेनमा ब्रिस्बेन रोअरसँगको खेलका क्रममा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम