मुख्य समाचार
शिखर धवन, भने- हाम्रो आगमनले नेपाली खेलाडीलाई फाइदा हुन्छ
शिखर धवन, भने- हाम्रो आगमनले नेपाली खेलाडीलाई फाइदा हुन्छ

: भारतीय क्रिकेटर शिखर धवन काठमाडौं आइपुगेका छन्। शनिबारदेखि सुरू हुने नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न उनी शुक्रबार साँझ काठमाडौं आइपुगेका हुन्। उनी कर्णाली याक्समा आबद्ध छन्।


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा धनवलाई कर्णाली याक्सका मालिक झनक दत्त खनाललगातले स्वागत गरेका थिए। धवनले सञ्चारकर्मीसँग सबालजवाफ पनि गरे। उनले विदेशी खेलाडीको आगमनले नेपाली खेलाडीलाई फाइदा पुग्ने बताए।

'एनपीएल खेल्न विदेशी खेलाडीहरू आएका छन्। उनीहरूले आफ्नो एक्सपेरियन्स यहाँ सेयर गर्नेछन्। यसले नेपाली खेलाडीलाई पनि फाइदा पुग्छ। हाम्रो एक्सपेरियन्सले यहाँको क्रिकेट र स्थानीय खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा खेल्न सहयोग पुग्नेछ,' उनले भने।



उनले नेपाल र भारतबीच ऐतिहासिक सम्बन्ध रहँदै आए पनि आफू पहिलोपटक नेपाल आएको बताए। नेपालमा रहँदा पशुपतिनाथ मन्दिरको दर्शन गर्ने बताए। भ्याएसम्म हिमालको मज्जा पनि लिने उनको भनाइ छ।

उनले आइपीएल खेलेका सन्दीप लामिछानेबारे थाहा भए पनि अन्य खेलाडीको बारेमा त्यति जानकार नभएको बताए। 'यहाँ खेल्न आएको छु। पक्कै पनि अन्य खेलाडीसँगको चिनजान र कुराकानी पनि हुने विश्वास लिएको छु,' उनले भने।

उनले नेपालमा क्रिकेटको लोकप्रियता धेरै रहेको बताए। 'खेलको टिकेट नै 'सोल्ड आउट' भएको थाहा पाएँ। यसले नेपालको क्रिकेट कति लोकप्रिय छ भनेर थाहा हुन्छ,' उनले भने। उनले कर्णाली याक्सबाट मैदानमा उत्रिन आफू उत्साहित रहेको बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इरानले अपराजित रहँदै काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शुक्रबार भएको फाईनलमा काजखस्तानलाई ३-१ सेटमा पराजित गर्दै इरान लगातार च्याम्पियन बनेको हो । इरानले पहिलो सेट २५-१८ ले जित्दै खेलमा अग्रता बनाएको थियो । काजखस्तानले दोस्रो सेट २५-१९ ले जितेर खेलमा पुनरागमन गरेको थियो । तेस्रो सेट इरानले २५-१५ ...
: एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिता खेल्न सिंगापुर जाने नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको विदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई विदाइ गरेको हो । सिंगापुरमा ३१ मेदेखि एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताका सुरु हुँदैछ । छनोट प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, मलेसिया र ...
: काभा महिला भलिबल च्याम्पियनसिप २०२६ अन्तर्गतको पहिलो सेमीफाइनलमा भारतलाई ३–० सोझो सेटमा हराउँदै काजकिस्तान फाइनल प्रवेश गरेको छ । बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा काजकिस्तानले भारतलाई २५–२१, २५–१७, २५–१४ ले हराएको हो । समूह ‘ए’ को विजेताको रूपमा सेमीफाइनल खेलेको भारत समूह ‘बी’ को उपविजेताको रूपमा सेमिफाइनल खेलेको ...
— जियान फिलिपे मेटाटेले गरेको एक माक्र गोलको मदतले त्रिस्टल प्यालेसले रायो भालेकानोलाई १–० ले पराजित गर्दै बुधबार यूईएफए कन्फ्रेन्स लिगको उपाधि जितेको छ । जर्मनको लाइपजिगमा भएको खेलमा मेटाटेले ५१ औं मिनेटमा गोल गरे । इंग्लिस प्रिमियर लिग क्लब प्यालेसले युरोपेली उपाधि जितेको यो पहिलो पटक हो । यस उपाधिसँगै प्रशिक्षक ओलिभर ग्लासनेरले क्लबबाट पनि ...
— कप्तान इन्दु बर्माले अविजित ४२ रन बनाएपछि नेपाली महिला क्रिकेट टोलीले एसियन गेम्स महिला छनोटमा बिहीबार इन्डोनेसियालाई ४ विकेटले पराजित गरेको छ । लगातार दोस्रो खेल जितेपछि नेपाल समूह ‘बी’ को विजेता बनेको छ । नेपालले सेमिफाइनलमा आयोजक मलेसियाको सामना गर्नेछ । अर्को सेमिफाइनल समूह ‘ए’ को विजेता थाइल्यान्ड र चीनबीच हुनेछ । शीर्ष ...