मुख्य समाचार
ब्राइटन एन्ड होभ अल्बानियनले इंग्लिस प्रिमियर लिगमा साउथह्याम्पटनसँग निराशाजनक १–१ को बराबरी
ब्राइटन एन्ड होभ अल्बानियनले इंग्लिस प्रिमियर लिगमा साउथह्याम्पटनसँग निराशाजनक १–१ को बराबरी

— ब्राइटन एन्ड होभ अल्बानियनले इंग्लिस प्रिमियर लिगमा शुक्रबार राति साउथह्याम्पटनसँग निराशाजनक १–१ को बराबरी खेलेको छ । तर यो नतिजापछि ब्राइटन अंक तालिकाको दोस्रो स्थानमा भने उक्लेको छ ।



अमेरिक एक्सप्रेस स्टेडियममा भएको खेलमा ब्राइटनले काओरु मिटोमाको गोलले पहिलो हाफमा अग्रता लिएको थियो ।


अंक तालिकाको पुछारमा रहेको साउथह्याम्पटनका लागि फ्लन डावेन्सले दोस्रो हाफमा बराबरी गोल फर्काए । यो नतिजापछि ब्राइटनको १३ खेलबाट २३ अंक भएको छ र यो शीर्षमा रहेको आठ अंकको दूरी हो । साउथह्याम्पटन भने पाँचै अंकसहित सबैभन्दा पुछारमा रहेको छ । शनिबार प्रिमियर लिगमा पाँच खेल हुनेछन् ।

त्यसमा ब्रेन्टफोर्डले लेस्टर सिटी, क्रिस्टल प्यालेसले न्युकासल युनाइटेड, नटिङघम फरेस्टले इपस्विच टाउन, उल्भ्सले बर्नमाउथ, वेस्ट ह्यामले आर्सनलको सामना गर्नेछ । लेस्टरले शुक्रबार मात्रै आफ्ना नयाँ प्रशिक्षकका रूपमा रुड भान निस्टलरोयलाई नियुक्त गरेको छ । लेस्टरले यसअघिका प्रशिक्षक स्टिभ कुपरलाई वर्खास्त गरेको थियो ।

युरोपली फुटबलका शुक्रबार रातिका अन्य खेलमध्ये स्पेनी ला लिगामा रियल मार्लोकाले भ्यालेन्सियालाई २–१, जर्मन बुंडेसलिगामा सेन्ट पउलीले होलेस्टेन केललाई ३–१, इटालीको सिरी ‘ए’ मा कागलिरीले हेलास भेरोनालाई १–० र फ्रान्सेली लिग–वानमा लेन्सले रेमिसलाई २–० ले हरायो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इरानले अपराजित रहँदै काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शुक्रबार भएको फाईनलमा काजखस्तानलाई ३-१ सेटमा पराजित गर्दै इरान लगातार च्याम्पियन बनेको हो । इरानले पहिलो सेट २५-१८ ले जित्दै खेलमा अग्रता बनाएको थियो । काजखस्तानले दोस्रो सेट २५-१९ ले जितेर खेलमा पुनरागमन गरेको थियो । तेस्रो सेट इरानले २५-१५ ...
: एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिता खेल्न सिंगापुर जाने नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको विदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई विदाइ गरेको हो । सिंगापुरमा ३१ मेदेखि एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताका सुरु हुँदैछ । छनोट प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, मलेसिया र ...
: काभा महिला भलिबल च्याम्पियनसिप २०२६ अन्तर्गतको पहिलो सेमीफाइनलमा भारतलाई ३–० सोझो सेटमा हराउँदै काजकिस्तान फाइनल प्रवेश गरेको छ । बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा काजकिस्तानले भारतलाई २५–२१, २५–१७, २५–१४ ले हराएको हो । समूह ‘ए’ को विजेताको रूपमा सेमीफाइनल खेलेको भारत समूह ‘बी’ को उपविजेताको रूपमा सेमिफाइनल खेलेको ...
— जियान फिलिपे मेटाटेले गरेको एक माक्र गोलको मदतले त्रिस्टल प्यालेसले रायो भालेकानोलाई १–० ले पराजित गर्दै बुधबार यूईएफए कन्फ्रेन्स लिगको उपाधि जितेको छ । जर्मनको लाइपजिगमा भएको खेलमा मेटाटेले ५१ औं मिनेटमा गोल गरे । इंग्लिस प्रिमियर लिग क्लब प्यालेसले युरोपेली उपाधि जितेको यो पहिलो पटक हो । यस उपाधिसँगै प्रशिक्षक ओलिभर ग्लासनेरले क्लबबाट पनि ...
— कप्तान इन्दु बर्माले अविजित ४२ रन बनाएपछि नेपाली महिला क्रिकेट टोलीले एसियन गेम्स महिला छनोटमा बिहीबार इन्डोनेसियालाई ४ विकेटले पराजित गरेको छ । लगातार दोस्रो खेल जितेपछि नेपाल समूह ‘बी’ को विजेता बनेको छ । नेपालले सेमिफाइनलमा आयोजक मलेसियाको सामना गर्नेछ । अर्को सेमिफाइनल समूह ‘ए’ को विजेता थाइल्यान्ड र चीनबीच हुनेछ । शीर्ष ...