मुख्य समाचार
कार्ल्सबर्ग ग्रुपले १ खर्बमा किन्यो सीपी खेतानको ३३ प्रतिशत सेयर
कार्ल्सबर्ग ग्रुपले १ खर्बमा किन्यो सीपी खेतानको ३३ प्रतिशत सेयर

। डेनमार्कको कार्ल्सबर्ग ग्रुपले साउथ एसिया पीटीई लिमिटेडमा रहेको सीएसएपीएल (सिंगापुर) होल्डिङ पीटीई लिमिटेडको बाँकी ३३.३३ प्रतिशत सेयर खरिद गरेको छ ।

सीएसएपीएल (सिंगापुर) मा रहेको उक्त सेयर नेपाली व्यवसायी सीपी खेतानको स्वामित्वमा थियो । उनले १ खर्ब रुपैयाँ बराबरमा उक्त सेयर कार्ल्सबर्र्ग ग्रुपलाई बेचेका हुन् ।




यो नेपालको इतिहासमै कम्पनीको सेयर किनबेच मध्येको एक ठूलो ‘डिल’ भएको छ ।

खेतान ग्रुपका सीपीले मदिरा उत्पादक कम्पनी कार्ल्सबर्गलाई गोरखा ब्रुअरी प्रालिको पूरै सेयर स्वामित्व बेच्न गत वर्ष उक्त रकम प्रस्ताव गरेका थिए ।




सोही प्रस्ताव मान्दै कार्ल्सबर्र्गले सीपीको नाममा रहेको सेयर खरिद गरेको हो । करिब ७४ करोड ४० लाख अमेरिकी डलरमा उक्त सेयर बेच्ने प्रस्ताव भएको थियो ।

नेपालको गोरखा ब्रुअरीमा खेतान ग्रुपका अध्यक्ष रहेका राजेन्द्र खेतानको ०.०६ प्रतिशत सेयर छ । त्यसबाहेक ९९.९४ प्रतिशत सेयर सीएसएपीएल (सिंगापुर) सँग छ ।

सीएसएपीएलमा गैरआवासीय नेपाली सीपी खेतान स्वामित्वको एसएपीएल होल्डिङ्स पीटीई लिमिटेड (सीएसएपीएलएच) को ३३.३३ प्रतिशत सेयर थियो ।

अब गोरखा ब्रुअरीमा सीएसएपीएलएच मार्फत अन्तरनिहीत रहेको खेतान समूहको ३३.३३ प्रतिशत र कार्ल्सबर्ग इन्डियामा रहेको ३३.३३ प्रतिशत सेयर दुवै कार्ल्सबर्र्ग डेनमार्क अन्तर्गतको सीएसएपीएलको भएको छ ।

त्यस अनुसार गोरखा ब्रुअरीमा ९९.९४ प्रतिशत र कार्ल्सबर्र्ग इन्डियामा शतप्रतिशत सेयर कार्ल्सबर्र्ग ग्रुपकै स्वामित्वमा गएको छ । यसले यी दुवै कम्पनीका व्यवस्थापन र निर्णायक तहमा कार्ल्सबर्ग नै रहने छ ।

केही समयअघि कार्ल्सबर्ग र खेतान ग्रुपबीच गोरखा ब्रुअरीको व्यवस्थापन नेतृत्व कसले गर्ने भन्ने विवाद थियो । त्यसैकारण सिंगापुरको मध्यस्थता न्यायाधीकरण (आर्बिट्रेसन) मा विवाद समाधानका लागि मुद्दा पुगेको थियो । न्यायाधीकरणले कार्ल्सबर्र्गलाई सीएसएपीएलमा खेतान ग्रुपको सेयर कल गर्ने अधिकार दिएको थियो ।

त्यसका आधारमा भएको स्वतन्त्र मूल्यांकनमा कम्पनीको सीएसएपीएलमा रहेको सीपी खोतान स्वामित्वको सीएसएपीएलएचको सेयर मूल्य ७४ करोड ४० लाख डलर बराबर ठहर भएको थियो । त्यसकै आधारमा सीएसएपीएलएचले सेयर बेच्न प्रस्ताव गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पश्चिम अफ्रिकी मुलुक मालीका रक्षामन्त्री सादियो केमाराको एक आत्मघाती ट्रक विष्फोटमा मृत्यु भएको छ । राजधानी बमाको नजिकै रहेको निवासमा भएको आत्मघाती ट्रक विष्फोटमा उनको मृत्यु भएको हो । रक्षामन्त्री केमाराका परिवारले उनको मृत्यु आत्मघाती ट्रक विष्फोटमा भएको पुष्टि गरेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार घटनाको केही घण्टापछि मालीको सरकारी टेलिभिजनले विष्फोटमा गम्भीर घाइते ...
। अमेरिकी केन्द्रीय बैङ्क फेडरल ‘रिजर्भ’ ले आगामी बैठकमा ब्याजदर यथावत राख्ने सम्भावना उच्च देखिएको छ, जसलाई विश्लेषकहरूले हालको आर्थिक र भूराजनीतिक अवस्थासँग जोडेर हेरेका छन् । अहिले ब्याजदर ३.५० प्रतिशत देखि ३.७५ प्रतिशत को दायरामा छ र यसलाई परिवर्तन नगरी कायम राख्ने अपेक्षा गरिएको छ । यसको मुख्य कारण मध्यपूर्वमा जारी युद्ध हो, जसले विश्वव्यापी ...
: क्युरियोसिटी रोभरले मंगल ग्रहमा पहिलो पटक गरिएको प्रयोगमा जीवनका ‘निर्माण ब्लक’ पत्ता लगाएको छ । क्युरियोसिटी रोभरले मंगल ग्रहमा अहिलेसम्म फेला परेको सबैभन्दा विविध प्रकारका जैविक अणुहरू फेला पारेको छ । जसमा सात वटा यस्ता यौगिकहरू पनि छन् जुन यसअघि रातो ग्रहमा कहिल्यै भेटिएका थिएनन् । यी कार्बनयुक्त यौगिकहरू त्यही ‘निर्माण ब्लक’ हुन् जसले पृथ्वीमा ...
: इरानी विदेशमन्त्री अब्बास अराघची र पाकिस्तानका फिल्ड मार्सल असिम मुनीरबीच भेटवार्ता भएको छ। अराघची शुक्रबार र शनिबारको मध्यरातमा इस्लामाबाद आइपुगेका हुन्। उनको यस भ्रमणका क्रममा अमेरिकासँगको बैठकको कुनै औपचारिक योजना भने प्रस्ताव गरिएको छैन्। अराघचीले शुक्रबार 'एक्सु (ट्विटर) मा एक पोस्ट गर्दै पाकिस्तानको भ्रमणपछि आफू ओमान र रुसको यात्रामा जाने जानकारी दिएका थिए। इरानी सरकारी ब्रोडकास्टरले ...
इरानी सेनाले अमेरिकाले होर्मुजको जलडमरूको नाकाबन्दी जारी राखेमा जवाफी कारबाही गरिने चेतावनी दिएको छ। सेनाको कमाण्ड सेन्टरद्वारा जारी गरिएको विज्ञप्तिमा अमेरिकी सेनाले यस क्षेत्रमा नाकाबन्दी, समुन्द्री लुटपाट र डकैती जारी राखेमा इरानी सेनाबाट जवाफी कारबाहीको सामना गर्नुपर्ने उल्लेख छ। अप्रिल १३ मा इरानी बन्दरगाहहरूमा समुद्री यातायातमा नाकाबन्दी लगाएदेखि अमेरिकाले धेरै जहाजहरूलाई नियन्त्रणमा लिएको छ। यो मुद्दा ...