मुख्य समाचार
कार्ल्सबर्ग ग्रुपले १ खर्बमा किन्यो सीपी खेतानको ३३ प्रतिशत सेयर
कार्ल्सबर्ग ग्रुपले १ खर्बमा किन्यो सीपी खेतानको ३३ प्रतिशत सेयर

। डेनमार्कको कार्ल्सबर्ग ग्रुपले साउथ एसिया पीटीई लिमिटेडमा रहेको सीएसएपीएल (सिंगापुर) होल्डिङ पीटीई लिमिटेडको बाँकी ३३.३३ प्रतिशत सेयर खरिद गरेको छ ।

सीएसएपीएल (सिंगापुर) मा रहेको उक्त सेयर नेपाली व्यवसायी सीपी खेतानको स्वामित्वमा थियो । उनले १ खर्ब रुपैयाँ बराबरमा उक्त सेयर कार्ल्सबर्र्ग ग्रुपलाई बेचेका हुन् ।




यो नेपालको इतिहासमै कम्पनीको सेयर किनबेच मध्येको एक ठूलो ‘डिल’ भएको छ ।

खेतान ग्रुपका सीपीले मदिरा उत्पादक कम्पनी कार्ल्सबर्गलाई गोरखा ब्रुअरी प्रालिको पूरै सेयर स्वामित्व बेच्न गत वर्ष उक्त रकम प्रस्ताव गरेका थिए ।




सोही प्रस्ताव मान्दै कार्ल्सबर्र्गले सीपीको नाममा रहेको सेयर खरिद गरेको हो । करिब ७४ करोड ४० लाख अमेरिकी डलरमा उक्त सेयर बेच्ने प्रस्ताव भएको थियो ।

नेपालको गोरखा ब्रुअरीमा खेतान ग्रुपका अध्यक्ष रहेका राजेन्द्र खेतानको ०.०६ प्रतिशत सेयर छ । त्यसबाहेक ९९.९४ प्रतिशत सेयर सीएसएपीएल (सिंगापुर) सँग छ ।

सीएसएपीएलमा गैरआवासीय नेपाली सीपी खेतान स्वामित्वको एसएपीएल होल्डिङ्स पीटीई लिमिटेड (सीएसएपीएलएच) को ३३.३३ प्रतिशत सेयर थियो ।

अब गोरखा ब्रुअरीमा सीएसएपीएलएच मार्फत अन्तरनिहीत रहेको खेतान समूहको ३३.३३ प्रतिशत र कार्ल्सबर्ग इन्डियामा रहेको ३३.३३ प्रतिशत सेयर दुवै कार्ल्सबर्र्ग डेनमार्क अन्तर्गतको सीएसएपीएलको भएको छ ।

त्यस अनुसार गोरखा ब्रुअरीमा ९९.९४ प्रतिशत र कार्ल्सबर्र्ग इन्डियामा शतप्रतिशत सेयर कार्ल्सबर्र्ग ग्रुपकै स्वामित्वमा गएको छ । यसले यी दुवै कम्पनीका व्यवस्थापन र निर्णायक तहमा कार्ल्सबर्ग नै रहने छ ।

केही समयअघि कार्ल्सबर्ग र खेतान ग्रुपबीच गोरखा ब्रुअरीको व्यवस्थापन नेतृत्व कसले गर्ने भन्ने विवाद थियो । त्यसैकारण सिंगापुरको मध्यस्थता न्यायाधीकरण (आर्बिट्रेसन) मा विवाद समाधानका लागि मुद्दा पुगेको थियो । न्यायाधीकरणले कार्ल्सबर्र्गलाई सीएसएपीएलमा खेतान ग्रुपको सेयर कल गर्ने अधिकार दिएको थियो ।

त्यसका आधारमा भएको स्वतन्त्र मूल्यांकनमा कम्पनीको सीएसएपीएलमा रहेको सीपी खोतान स्वामित्वको सीएसएपीएलएचको सेयर मूल्य ७४ करोड ४० लाख डलर बराबर ठहर भएको थियो । त्यसकै आधारमा सीएसएपीएलएचले सेयर बेच्न प्रस्ताव गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकाले ‘डाइभर्सिटी इमिग्रेन्ट भिसा (डीभी) लटरी’ कार्यक्रम स्थगित गरेको छ। गृह सुरक्षा मन्त्री क्रिस्टी नोएमले बिहीबार राति राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा डीभी-१ स्थगित गरिएको जानकारी दिएकी छन्। ब्राउन विश्वविद्यालयमा भएको सामूहिक गोलीकाण्डपछि उक्त कार्यक्रम रोक्न संयुक्त राज्य नागरिकता तथा आप्रवासन सेवालाई आदेश दिएको उनको भनाइ छ। 'राष्ट्रपति ट्रम्पको निर्देशनअनुसार यो विनाशकारी कार्यक्रमबाट थप कुनै अमेरिकी ...
: युरोपेली संघका नेताहरूले युक्रेनलाई ९० अर्ब युरो ऋण उपलब्ध गराउन सहमत भएका छन्। यसअघि,युरोपेली नेताहरूले युद्धका कारण फ्रिज गरिएका रूसी सम्पत्तिहरू प्रयोग गर्ने कि नगर्ने भन्ने बारेमा छलफल गरेका थिए। नेताहरूले यो सम्झौताले आगामी दुई वर्षको लागि युक्रेनको सैन्य र आर्थिक आवश्यकताहरू पूरा गर्ने बताएका छन्। ब्रसेल्समा भएको शिखर सम्मेलनमा एक दिनभन्दा बढी समयको वार्तापछि ...
: बंगलादेशी विद्यार्थी नेता शरीफ उस्मान हादीको मृत्युपछि बंगलादेशमा पुनः हिंसात्मक अवस्था सिर्जना भएको छ। राजधानी ढाकाका विभिन्न क्षेत्रमा विरोध प्रदर्शनसँगै तोडफोड र आगजनीका घटनाहरू भएका छन्। बीबीसी बंगलाका अनुसार हादीको मृत्युपछि ढाकाको धनमन्डी,शाहबागलगायत क्षेत्रहरूमा प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन्। उनीहरूले सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड गर्नुका साथै आगजनीसमेत गरेका छन्। यसैबीच,बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले ...
— बंगलादेशमा लोकप्रिय विद्यार्थी नेताको निधनपछि प्रदर्शन चर्किएको छ। परिस्थिति नियन्त्रणबाहिर पुगेपछि शुक्रबार प्रहरी तथा अर्धसैन्य दस्तालाई ढाकासहित विभिन्न क्षेत्रमा परिचालन गरिएको छ। बिहीबार राति देशभर हिंसा, तोडफोड तथा आगजनीका घटना भएका थिए। दुई लोकप्रिय सञ्चारमाध्यम प्रोथोम आलो र डेली स्टार को कार्यालयमा पनि प्रदर्शनकारीले निशाना साँधेका छन्। आगामी फेब्रुअरी १२ मा बंगलादेशमा आम चुनाव हुने तय ...
— अमेरिकी सुरक्षा प्रमुख क्रिस्टी नोमले बिहीबार ब्राउन युनिभर्सिटीमा सामूहिक गोलीबारीमा संदिग्ध क्लाउडियो नेभेस भ्यालेन्टेले प्रयोग गरेको भन्दै ग्रिन कार्ड लटरी निलम्बन गर्ने आदेश दिएका छन् । पोर्चुगलका नागरिक नेभेस भ्यालेन्टे माथि डिसेम्बर– १३ मा आइभी लिग स्कुलको भवनमा आक्रमण गरी परीक्षामा बसेका विद्यार्थी माथि गोली चलाएको आरोप लगाइएको छ । जसमा दुई जनाको मृत्यु भएको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम