मुख्य समाचार
अप्रत्याशित नतिजा निकाल्ने दाउमा चितवन राइनोज
अप्रत्याशित नतिजा निकाल्ने दाउमा चितवन राइनोज

। नेपालको बहुप्रतिक्षित नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिता शनिबारदेखि सुरु ८ वटा फ्रेन्चाइज टिमहरुले आआफ्नो खेलाडीहरूसहितको स्क्वाड सार्वजनिक गरिसकेका छन् ।

ती टिममा आबद्ध विदेशी खेलाडीहरु पनि नेपाल आइसकेका छन् । कतिपय आउने क्रममा छन् । एनपीएलको चर्चा सबैतिर चलिरहेकै छन् ।




फ्रेन्चाइज ८ टिम मध्ये कसले एनपीएलमा कस्तो नतिजा निकाल्ला भनेर विभिन्न अड्कबाजीहरु हुनु स्वभाविक नै भयो । अन्य प्रदेशबाट एक एक वटा टिम भए पनि बागमती प्रदेशबाट दुईवटा टिमहरूले एनपीएल खेल्दैछन् ।

चितवन राइनोज र काठमाण्डु गुर्खाज बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने फ्रेन्चाइज टिमहरू हुन् । अन्य प्रदेशका टिमहरुले आक्रामक प्रचारप्रसार र तड्कभडक देखिए पनि चितवन राइनोजले बाहिर अन्यले जति एक्सपोज गरेको छैन । त्यसले गर्दा कतिपय समर्थकहरूले चितवन राइनोजलाई कमजोर टिम भनेर प्रचार पनि गरेको देख्न सकिन्छ ।






८ वटा टिमहरुको अफिसियल फेसबुक पेजमा पनि चितवन राइनोजका फलोर्अस अरुको भन्दा कम छन् । यसलाई कतिपयले ‘अनलक्की’ टिम समेत भन्ने गरेको पाइन्छ । तर, चितवन राइनोज अरुले सोचेजस्तो वा कल्पना गरेजस्तो कमजोर नभएको चितवन राइनोजका अध्यक्ष आयुष न्यौपानेको दाबी छ ।

उनले चितवन राइनोजले मैदानमा अप्रत्याशित नतिजा निकालेर सबैलाई चकित पार्ने बताए । ‘हामीले पनि बाहिर सुनेका छौं, चितवन राइनोज कमजोर छ, टिम राम्रो भएन भनेर चर्चा गरेको पनि थाहा पाएका छौं’ अध्यक्ष आयुष भन्छन् ‘तर हामीलाई यही कुराले राम्रो गर्नुपर्छ भन्ने भएको छ, युवा खेलाडीहरु हुनुहुन्छ, नतिजा सबैलाई दंग पार्ने खालको आउँछ भन्नेमा हामी विश्वस्त छौं ।’

नोभेम्बर १४ देखि २४ सम्म चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमूना क्रिकेट मैदान तथा चितवन मेडिकल कलेजको शैक्षिक भवन परिसरमा बनेको नेटमा प्राक्टिस गरेर काठमाण्डौं लागेको चितवन राइनोजले टीयू ग्राउण्ड र मुलपानीमा पनि प्राक्टिस गरेको थियो ।

‘युवा खेलाडी र अनुभवी खेलाडीको मिश्रण भएको हाम्रो जतिको टिम अरु छ जस्तो लाग्दैन, हामीमाथि कमजोर भनेर गरिएको आकंलनको जवाफ मैदानबाट दिन्छौं, हाम्रा खेलाडी र व्यवस्थापन पक्षको बोण्ड पनि एकदमै राम्रो छ’ अध्यक्ष न्यौपानेले भने, ‘हामीले कुनै पनि टिमलाई कमजोर ठानेका छैनौं, सबै हाम्रा लागि उत्तिकै प्रतिस्पर्धी छन्।’

उनले अन्य टिमका खेलाडीहरुको कमजोर पक्षहरूको विश्लेषण गरेर मैदानमा उत्रिने बताए । चितवन राइनोजका खेलाडीहरूको पनि कमजोर र बलियो पक्षहरूका बारेमा पहिचान गरिएको अध्यक्ष न्यौपानेले बताए ।

चितवन राइनोजले आफ्ना समर्थकहरुलाई खेल देखाउन लैजान भरतपुरको चितवन मेडिकल कलेज परिसरबाट मंसिर १७ गते विहान बसको समेत व्यवस्था गरेको छ । टिकट भएका समर्थकलाई काठमाण्डौंमा नै ल्याएर प्रत्यक्ष खेल देखाउने योजना रहेको अध्यक्ष न्यौपानेले बताए ।

चितवन राइनोजमा पाकिस्तानी खेलाडी सोहेल तनभिर थपिए पछि टिमको मनोबल बढेको छ । मंसिर १७ गते चितवन राइनोजले काठमाण्डौं गुर्खाजसँग र मंसिर १८ गते पोखरा एभेन्जर्स, मंसिर २१ गते कर्णाली याक्स, मंसिर २३ गते सुदूरपश्चिम रोयल्स, मंसिर २५ गते लुम्बिनी लायन्स, मंसिर २८ गते विराटनगर किंग्स र मंसिर २९ गते जनकपुर बोल्ट्सँग खेल्ने तालिका छ ।

कुशल र लोफ्टी इटन खतरनाक !

चितवन राइनोज टिमका मार्की प्लेयर कुशल मल्ल र मल्लको अन्तर्राष्ट्रिय रेकर्ड तोड्ने नामिबियाका निकोल लोफ्टी इटन सबैभन्दा खतरनाक खेलाडी हुन् । यी दुवै वा कुनै एकको दिन लागेमा एनपीएलमा जस्तोसुकै टिमको पनि काम तमाम गर्न सक्ने खुबी छ ।

चितवन राइनोजले सबैभन्दा बढी आशा पनि कुशल र लफ्टी इटनसँग नै राखेको छ । कुशलले मंगोलियाविरुद्ध ३४ बलमा बनाएको एक सय रनको विश्व किर्तीमान इटनले नेपालविरुद्ध त्रिवि मैदानमा नै तोडेका थिए । अहिले यी दुवै खेलाडी चितवन राइनोजले पाएको छ ।



चितवन राइनोजको ओपनिङ्ग विपिन रावल, सन्तोष कार्की, अफगानिस्तानका हसन एइसाखिलमध्ये दुई जनाले गर्ने सम्भावना छ । ओपनिङ कसलाई गराउने भन्ने निणर्य टिमका कोच उमेश पटवालाले गर्ने छन् ।

टिमको मध्यक्रम सम्हाल्ने भरपर्दा ब्याट्सम्यान शरद भेषवाकर, अलराउण्डर रवि बोपरा छन् । पाकिस्तानी खेलाडी सोहेल तानभीरले पनि ब्याटिङ्ग राम्रो गर्न सक्छन् ।

चितवन राइनोजले खरिद गरेका तीव्र गतिका बलर कमलसिंह ऐरी घाइते भएका कारणले खेल्न नसक्ने भएका छन् । तीव्र गतिको बलिङ्गमा रिजन ढकाल, सोहेल तानभीर, गौतम केसी, अमरसिंह राउटेला, दीपेश श्रेष्ठ छन् । राउटेला अलराउन्डर हुन् । सन्तोष कार्की, रञ्जित कुमार र गौतम केसी युवा खेलाडी हुन् ।

स्पीन आक्रमणमा चितवन राइनोजसँग धेरै अप्सनहरु छन् । मार्की प्लेयर कुशल मल्लसहित रञ्जित कुमार, शरद, निकोल लोफ्टी इटन सबैले स्पीन बलिङ्ग गर्न सक्छन् ।

इङ्ल्यान्डका ल्यूक मार्टिन बेनकेन्स्टाइन चितवन राइनोजमा अनुबन्ध भएका अर्का बिदेशी खेलाडी हुन् । २० वर्षीय मार्टिन अलराउण्डर हुन् र ब्याटिङ्ग बलिङ्ग दुबैमा उत्तिकै प्रभावशाली मानिन्छन् ।

एकपटकमा ४ जना मात्रै विदेशी खेलाडी खेलाउन पाउने भएकोले चितवनले अनुवन्ध गरेका ५ जना मध्ये १ जनालाई विश्राम दिएर बाँकी खेलाडीलाई खेलाउने छ । चितवनको टिमसँग लेफ्ट र राइटको पनि कम्बिनेशन छ । ४ जना लेफ्टी ब्याट्सम्यान छन् ।

चितवन राइनोजसँग अनरिडेबल युवा खेलाडीको संख्यासमेत रहेकोले अप्रत्याशित नतिजाको अपेक्षा टिमले राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इरानले अपराजित रहँदै काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शुक्रबार भएको फाईनलमा काजखस्तानलाई ३-१ सेटमा पराजित गर्दै इरान लगातार च्याम्पियन बनेको हो । इरानले पहिलो सेट २५-१८ ले जित्दै खेलमा अग्रता बनाएको थियो । काजखस्तानले दोस्रो सेट २५-१९ ले जितेर खेलमा पुनरागमन गरेको थियो । तेस्रो सेट इरानले २५-१५ ...
: एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिता खेल्न सिंगापुर जाने नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको विदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई विदाइ गरेको हो । सिंगापुरमा ३१ मेदेखि एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताका सुरु हुँदैछ । छनोट प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, मलेसिया र ...
: काभा महिला भलिबल च्याम्पियनसिप २०२६ अन्तर्गतको पहिलो सेमीफाइनलमा भारतलाई ३–० सोझो सेटमा हराउँदै काजकिस्तान फाइनल प्रवेश गरेको छ । बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा काजकिस्तानले भारतलाई २५–२१, २५–१७, २५–१४ ले हराएको हो । समूह ‘ए’ को विजेताको रूपमा सेमीफाइनल खेलेको भारत समूह ‘बी’ को उपविजेताको रूपमा सेमिफाइनल खेलेको ...
— जियान फिलिपे मेटाटेले गरेको एक माक्र गोलको मदतले त्रिस्टल प्यालेसले रायो भालेकानोलाई १–० ले पराजित गर्दै बुधबार यूईएफए कन्फ्रेन्स लिगको उपाधि जितेको छ । जर्मनको लाइपजिगमा भएको खेलमा मेटाटेले ५१ औं मिनेटमा गोल गरे । इंग्लिस प्रिमियर लिग क्लब प्यालेसले युरोपेली उपाधि जितेको यो पहिलो पटक हो । यस उपाधिसँगै प्रशिक्षक ओलिभर ग्लासनेरले क्लबबाट पनि ...
— कप्तान इन्दु बर्माले अविजित ४२ रन बनाएपछि नेपाली महिला क्रिकेट टोलीले एसियन गेम्स महिला छनोटमा बिहीबार इन्डोनेसियालाई ४ विकेटले पराजित गरेको छ । लगातार दोस्रो खेल जितेपछि नेपाल समूह ‘बी’ को विजेता बनेको छ । नेपालले सेमिफाइनलमा आयोजक मलेसियाको सामना गर्नेछ । अर्को सेमिफाइनल समूह ‘ए’ को विजेता थाइल्यान्ड र चीनबीच हुनेछ । शीर्ष ...