मुख्य समाचार
नेपाली दृष्टिविहिन क्रिकेट टोली पहिलो पटक ब्लाइण्ड क्रिकेट टी२० विश्वकपको सेमिफाइनलमा
नेपाली दृष्टिविहिन क्रिकेट टोली पहिलो पटक ब्लाइण्ड क्रिकेट टी२० विश्वकपको सेमिफाइनलमा

। नेपाली दृष्टिविहिन क्रिकेट टोली पहिलो पटक ब्लाइण्ड क्रिकेट टी२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तानमा भइरहेको चौथो संस्करणको ब्लाइण्ड क्रिकेट टी२० विश्वकपको सेमिफाइनलमा पुग्दै इतिहास रचेको हो । यसअघि तीन संस्करणकै ब्लाइण्ड क्रिकेटको टी२० विश्वकप खेलेको नेपाल सेमिफाइनल पुग्न सकेको थिएन ।




यस पटक शीर्ष चारमा रहँदै सेमिफाइनल पुगेपछि नेपाली ब्लाइण्ड क्रिकेट टोली निकै उत्साहित बनेको छ ।

‘हामीले यसअघि ओडिआई र टी२० दुवै खेलेका छौँ । तर कुनै पनि स्थान हात पारेको थिएन । यसपाली जे सोचेको थियौँ । अभाव हुँदा नि जे सोचेको थियौँ त्यसको फल मिलेको जस्तो लागेको छ,’ नेपाली ब्लाइण्ड क्रिकेट टोलीका कप्तान रमेश बानियाँले पाकिस्तानबाट अनलाइनखबरसँग फोन कुराकानीमा भने, ‘हाम्रो लागि गौरवको कुरा हो । हामी खुशी छौँ ।’




यस्तै मुख्य प्रशिक्षक नहेन्द्र निरौलाले पनि यो ऐतिहासिक क्षण भएको बताए । ‘हाम्रो दृष्टीविहिन क्रिकेट टोलीले सन् २०१२ मा पहिलो विश्वकप खेलेको टिम हो । २०१२ देखि खेल्दा कुनैमा पनि नतिजा आएको थिएन । यस पटक हामी सेमिफाइनल पुग्दा यो ऐतिहासिक क्षण हो र धेरै खुशी छौँ देशका लागि केही गर्न सक्यौँ भनेर’ उनले भने ।

शनिबार लिग चरणका खेल सकिएपछि नेपाल चौथो स्थानमा रहने पक्का भएको हो । सुरुमा ७ टोलीको सहभागिता रहने भनिएपनि भारत अन्तिम समयमा पाकिस्तान नगएपछि ६ टोलीले ब्लाइण्ड क्रिकेट टी२० विश्वकप खेले । जसमा नेपालले २ खेल जित्दा ३ खेलमा पराजित भएको थियो ।



सुरुवाती दुई खेलमा श्रीलंका र बंगलादेशसँग पराजित भएको नेपालले त्यसपछि अफगानिस्तान र दक्षिण अफ्रिकालाई पराजित गर्दै सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको थियो । अन्तिम खेलमा बलियो टोली आयोजक पाकिस्तानसँग पनि नेपाल पराजित भयो । भारत सहभागी नभएपछि उको सबै विपक्षीले वाकओभर पाउँदै २ अंक जोडे । जसले गर्दा नेपालले ६ खेलबाट ६ अंक जोड्दै चौथो भएको हो ।

नेपाल श्रीलंकासँग ७० रनले, बंगलादेशसँग ६७ रनले पराजित भएको थियो । त्यसपछि अफगानिस्तानलाई १०८ रनको फराकिलो अन्तरले पराजित गरेको नेपालले दक्षिण अफ्रिकामाथि ११ रनको रोमाञ्चक जित निकालेको थियो ।

लिगको आफ्नो अन्तिम खेलमा भने नेपाल पाकिस्तानसँग १० विकेटले पराजित भयो ।

नेपाली टोलीका कप्तान रमेश बानियाँले पहिलो खेलदेखि नै जित्ने लक्ष्य राखेपनि ब्याटिङ नचल्दा हार व्यहोर्नुपरेको बताए । पछि नेपालले रणनीति परिवर्तन गरेपछि जित हात पारेको थियो । ‘हाम्रो सोच नै पहिलो खेल जित्ने थियो । तर फिल्डिङ र बलिङ राम्रो हुँदा पनि दुई खेलमा ब्याटिङ राम्रो भएन । जसले गर्दा हार व्यहोर्नुपर्‍यो । दुवै खेल हामीले जित्न सक्ने नै थियो’ उनले भने, ‘तेस्रो खेलबाट भने ब्याटिङ अर्डर चेन्ज गरेर खेल्यौँ र राम्रो नतिजा पनि आयो ।’

सुरुवाती खेल जितेको भए नेपालले सेमिफाइनलमा पाकिस्तानसँग भेट टार्न सक्थ्यो । तर दुई खेल हार्दा नेपालले पाकिस्तानसँग खेल्नुपर्ने भयो ।



जुत्ता र ड्रेस सहयोग मागेर विश्वकपको सेमिफाइनलमा

ब्लाइन्ड क्रिकेट टिमले पाकिस्तान पुग्नका लागि नै ठूलो संघर्ष गर्नुपरेको थियो । क्यानको सहयोगमा दाङमा पुगेर प्रशिक्षण गरेको उनीहरुले जुत्ता र ड्रेसका लागि पनि अरुको सहयोग लिनुपरेको थियो ।

विभिन्न समस्याका बाबजुद पनि नेपाली ब्लाइन्ड क्रिकेट टोलीले विश्वकपको सेमिफाइनल पुगेर इतिहास रचेको छ । कप्तान रमेश बानियाँले क्यान र शरद भेषावकरले सहयोग गरेको बताए । ‘हामीलाई शरद सरले जुत्ता सहयोग गर्नुभाको हो । हामी सडक मार्ग हुँदै पाकिस्तान आयौँ । भैरहवाबाट बिदाई भएर गौरखपुरस्मम दुई बसमा आयौँ । गोरखपुरदेखि अमृतसरसम्म ट्रेनमा जाने कुरा थियो । तर अमृतसर भन्दा ५०० किमी अगाडी नै रोकियो र त्यसपछि हामी ३ वटा बसमा अमृतसर पुग्यौँ । त्यहाँ बोर्डर बन्द भइसकेकोले हामी त्यही बसेर अर्को दिन मात्र पाकिस्तान आइपुग्‍यौँ’ कप्तान बानियाँले भने ।

यही कारणले गर्दा नेपालले विश्वकपको उद्घाटन समारोह नै छुटाएको थियो र सिधै खेल खेल्नुपरेको थियो ।

ओखलढुंगा ज्यामिरेका ४७ वर्षीय बानियाँले यसअघि एकपटक वान डे र टी२० विश्वकप खेलेका थिए । उनी यस पटक नेपालको कप्तानी गर्दै अन्तिम पटक विश्वकप खेलिरहेका छन् । उनले यसमा राम्रो प्रदर्शन गरौँ भनेर सोचेको र त्यहीअनुसार भएको बताए । ‘अन्तिम पटक खेलौँ भनेर र केही गर्न सकिन्छ भनेर । त्यही अनुसार सेमिफाइनल पुगेका छौं’ उनले भने ।

यस्तै प्रशिक्षक निरौलाले नेपाल क्रिकेट संघ र सहयोग गर्न सबैलाई धन्यवाद दिए । ‘प्रशिक्षण मैदान र ड्रेस उपलब्ध गराएर क्यानले सहयोग गर्नुभएकोमा धन्यवाद दिन्छा । क्रिकेट सामाग्री उपलबध सीबीएमलाई पनि धन्यवाद ।

प्रशिक्षक निरौलाले दृष्टिविहिन हरुले पनि क्रिकेट खेलेर नेपालको नाम चिनाएको भन्दै सरकारले सहयोग गरेमा अझ राम्रो नतिजा ल्याउन सक्ने बताए । ‘हामी अहिले सेमिफाइनल पुग्यौँ । यदी नेपाल सरकारले केही सहयोग गर्‍यो भने हामी विश्वकपको फाइनल समेत खेल्न सक्छौँ भन्ने छ । हामीलाई पनि खेल्ने मैदान, सेवा सुविधा र सहयोग पायौँ भने हामी पनि गर्न सक्छौँ फाइनल पुग्न सक्छौँ भन्ने विश्वास दिलाउन चाहन्छौं’ उनले भने ।

पाकिस्तानविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य

पहिलो सेमिफाइनल नेपालले घरेलु टोली पाकिस्तानसँग आइतबार खेल्नेछ । खेल मुलतानमा हुनेछ । यस्तै दोस्रो सेमिफाइनल आइतबारै श्रीलंका र बंगलादेशबीच हुनेछ ।

पाकिस्तानसँग नेपाल लिग चरणमा १० विकेटले सहजै पराजित भएको थियो । लिग चरणमा अपराजित रहँदै शीर्ष स्थानमा रहेको पाकिस्तान उपाधिकै दाबेदार टोली हो ।

तर सेमिफाइनलमा घरेलु टोलीलाई कडा चुनौती दिने गरी मैदान उत्रने नेपाली टोलीका मुख्य प्रशिक्षक नहेन्द्र निरौलाले बताए । ‘भोलीको सेमिफाइनल पाकिस्तान हामी भन्दा धेरै बलियो टिम भएता पनि आफूलाई कमजोर नमानी उच्च मनोबलका साथ खेल्नेछौं’ उनले भने, ‘ब्याटिङ लाइन बलियो बनाएर २०० टार्गेट दिने लक्ष्य छ । त्यसो भयो भने खेल प्रतिस्पर्धात्मक हुन्छ ।’

यस्तै कप्तान रमेश बानियाले पनि पाकिस्तानविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने बताए । ‘पहिलो पटक सेमिफाइनल खेल्दैछौँ । हाम्रोतर्फबाट फिल्डिङ बलिङ ब्याटिङ सबै क्षेत्रमा शतप्रतिशत दिनेछौँ’ उनले भने, ‘उनीहरुले कस्तो खेल्छ भन् गेम हेर्नेलाई थाहा छ । तैपनि हामीले हार मानेका छौँ । उनीहरुलाई ठूलो टार्गेट दिने गरी हामीले तयारी गरेका छौँ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: यो सिजनमा हिमाल आरोहीबाट १९ करोडभन्दा धेरै राजस्व संकलन भएको छ। विभिन्न ४२ वटा हिमाल आरोहणको अनुमतिबाट १९ करोड १३ लाख ८९ हजार ४४२ रुपैयाँ राजस्व आम्दानी भएको पर्यटन विभागले जनाएको छ। आरोहण अनुमति मागेका ८०२ जनाबाट सो परिमाणमा राजस्व संकलन भएको विभागका निर्देशक हिमाल गौतमले जानकारी दिए। सबैभन्दा धेरै गोरखाको मनास्लु हिमाल आरोहण ...
: आइसीसी टी२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जापानलाई ५ विकेटले हराएको छ। ओमानको अल अमिरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको जापानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३१ रन बनाएको थियो। जापानले दिएको १३२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १८ ओभरमा ५ विकेट गुमाउँदै ...
: हुलाक सेवा विभागले नेपाली क्रिकेट खेलाडीहरूको तस्बिर अंकित हुलाक टिकट प्रकाशन गरेको छ। नेपाली क्रिकेट खेलाडीहरूको तस्बिर अंकित हुलाक टिकटमा सन्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बुधबार हुलाक सेवा विभागमा आयोजित एक कार्यक्रममा टाँचा लगाए। विश्व हुलाक दिवस २०२५ का अवसरमा आईसीसी पुरुष विश्वकप र आईसीसी महिला ...
। थाइल्याण्डमा हुने एएफसी यू-१७ महिला एसियन कप छनोट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार एन्फा कम्प्लेक्समा एक कार्यक्रम गरी नेपाली टोलीको बिदाइ गरेको हो । एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहित पदाधिकारीहरूले टोलीको बिदाइ गरे । प्रतियोगिता अक्टोबर १३ देखि १७ सम्म हुँदैछ । नेपालले छनोट प्रतियोगितामा आयोजक थाइल्याण्ड र ...
। ओमानमा जारी आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटअन्तर्गत समूह बी को खेलमा आज नेपाल र जापान खेल्दै छन् । ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा हुने खेल नेपाली समयअनुसार अपराह्न ४:१५ बजेदेखि सुरु हुनेछ । नेपाल र जापान दुवैले आ-आफ्नो पहिलो खेल जितेका छन् । दुवै टोलीले कुवेतलाई हराएर सुपर ...