मुख्य समाचार
एसियन पेसिफिक करातेमा नेपालले जित्यो ९ पदक
एसियन पेसिफिक करातेमा नेपालले जित्यो ९ पदक

। सिंगापुरमा सञ्चालन भएको १६औं एसियन प्यासिफिक सितोरियो कराते प्रतियोगितामा नेपालले २ स्वर्ण, २ रजत र ५ कांस्य गरि कुल ९ पदक जितेको छ ।

नेपालको लागि सिनियर महिलातर्फ ६८ किलो तौलभन्दा माथि समुहमा १९औं एसियन गेम्सकी रजत पदक विजेता एरिका गुरुङ्गले नेपाललाई स्वर्ण पदक दिलाइन् । त्यसैगरि महिला तर्फकै –५० किलो तौल समुहमा अन्जली महर्जनले नेपाललाई स्वर्ण पदक दिलाइन् ।




एलिशा रासकोटी मगर, टपी थापा र मेघा लिम्वुले महिला तर्फको टिमकाता र निरुपा दोङ तामाङ्गले सिनियर महिलाको –५५ किलो तौल समुहमा रजत पदक दिलाउन सफल भईन ।

त्यसैगरी सिनियर महिला एकल कातामा एलिशा रासकोटी मगर, महिला जुनियर तर्फ–४५ किलो तौल समुहमा पोरसिया चौधरी, महिलाकै –६८ किलो तौल समुहमा आशिका राई, पुरुष तर्फको १६ वर्षमूनि एकल कातामा रेहान जावेद र सिनियर पुरुष तर्फ –८४ किलो तौल समुहमा मोहम्मद शेखु आलमले नेपाललाई कांस्य पदक दिलाए ।




नेपाल सितोरियो कराते संघका अध्यक्ष दावा गुरुङ्ग हेड अफ डेलिगेटस विशेष नेतृत्व र नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाको समग्र नेतृत्वमा नेपाली १२ खेलाडी, टिम म्यानेजर, रेफ्री,अफिशियल गरि कुल ३० जना एसियन पेसिफिक सितोरियो करातेमा सहभागी भएको नेपाल सितोरियो कराते संघका प्रवक्ता गजेन्द्र वहादुर खपाङ्गी ‘ईश्वर’ले जानकारी गराउनुभयो ।

यसैगरी आइतबार एसियन पेसिफिक सितोरियो करातेको विशेष अधिवेशन (कङग्रेश) मा नेपालको तर्फबाट नेपाल सितोरियो कराते संघका अध्यक्ष दावा गुरुङ्ग र सितोरियो करातेका संरक्षक समेत रहेका नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले सहभागी जनाउने छन् । नेपाली कराते टोली सोमबार स्वदेश फर्कनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इरानले अपराजित रहँदै काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शुक्रबार भएको फाईनलमा काजखस्तानलाई ३-१ सेटमा पराजित गर्दै इरान लगातार च्याम्पियन बनेको हो । इरानले पहिलो सेट २५-१८ ले जित्दै खेलमा अग्रता बनाएको थियो । काजखस्तानले दोस्रो सेट २५-१९ ले जितेर खेलमा पुनरागमन गरेको थियो । तेस्रो सेट इरानले २५-१५ ...
: एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिता खेल्न सिंगापुर जाने नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको विदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई विदाइ गरेको हो । सिंगापुरमा ३१ मेदेखि एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताका सुरु हुँदैछ । छनोट प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, मलेसिया र ...
: काभा महिला भलिबल च्याम्पियनसिप २०२६ अन्तर्गतको पहिलो सेमीफाइनलमा भारतलाई ३–० सोझो सेटमा हराउँदै काजकिस्तान फाइनल प्रवेश गरेको छ । बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा काजकिस्तानले भारतलाई २५–२१, २५–१७, २५–१४ ले हराएको हो । समूह ‘ए’ को विजेताको रूपमा सेमीफाइनल खेलेको भारत समूह ‘बी’ को उपविजेताको रूपमा सेमिफाइनल खेलेको ...
— जियान फिलिपे मेटाटेले गरेको एक माक्र गोलको मदतले त्रिस्टल प्यालेसले रायो भालेकानोलाई १–० ले पराजित गर्दै बुधबार यूईएफए कन्फ्रेन्स लिगको उपाधि जितेको छ । जर्मनको लाइपजिगमा भएको खेलमा मेटाटेले ५१ औं मिनेटमा गोल गरे । इंग्लिस प्रिमियर लिग क्लब प्यालेसले युरोपेली उपाधि जितेको यो पहिलो पटक हो । यस उपाधिसँगै प्रशिक्षक ओलिभर ग्लासनेरले क्लबबाट पनि ...
— कप्तान इन्दु बर्माले अविजित ४२ रन बनाएपछि नेपाली महिला क्रिकेट टोलीले एसियन गेम्स महिला छनोटमा बिहीबार इन्डोनेसियालाई ४ विकेटले पराजित गरेको छ । लगातार दोस्रो खेल जितेपछि नेपाल समूह ‘बी’ को विजेता बनेको छ । नेपालले सेमिफाइनलमा आयोजक मलेसियाको सामना गर्नेछ । अर्को सेमिफाइनल समूह ‘ए’ को विजेता थाइल्यान्ड र चीनबीच हुनेछ । शीर्ष ...