मुख्य समाचार
राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो फ्लोरिडा पुगे
राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो फ्लोरिडा पुगे

। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो फ्लोरिडा पुगेका छन् । एक स्रोतलाई उल्लेख गर्दै बीबीसीले दुई नेताको भेटलाई पुष्टि गरेको छ ।

केही दिनअघि ट्रम्पले क्यानडा, चीन र मेक्सिकोमा भन्सार शुल्क थप बढाउने घोषणा गरेका थिए । उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै क्यान्डाबाट आउने सामानमा २५ प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेका हुन् ।




ट्रम्मको उक्त घोषणाले क्यानडा, चीन र मेक्सिकोको मुद्रामा गिरावट आएको थियो ।

त्यतिबेलै क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको कार्यालयले एक वक्तव्य जारी गर्दै ट्रम्पको अभिव्यक्ति बारे प्रतिक्रिया दिएका थिए । ‘अमेरिकाको ऊर्जा आवश्यकताहरू पूरा गर्न क्यानडा महत्वपूर्ण भूमिका छ। अमेरिकाले गत वर्ष उपभोग गरेको ६० प्रतिशत तेल क्यानडाबाट आयात गरिएको थियो,’ कार्यालयले भनेको थियो, ‘ट्रम्पको टोलीसँग यी विषयमा छलफल गर्नेछौं ।’

क्यानाडाका सञ्चारमाध्यमका अनुसार, ट्रुडो शुक्रबार साँझ फ्लोरिडाको पाम बिच अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए। त्यहाँबाट उनी ट्रम्पलाई भेट्न उनीहरूको निवासस्थान मार-ए-लागो एस्टेट गएका छन् ।

यस हप्ता सुरुवातमा दुवै नेताले फोनमार्फत् कुरा गरेका थिए। सो समयमा ट्रम्पले घोषणा जनवरीमा पदभार ग्रहण गरेपछि मेक्सिको र क्यानाडाबाट अमेरिका आउने सबै सामानमा उच्च ट्यारिफ लगाइने बताएका थिए ।

ट्रुडोको यो भ्रमण बारे ट्रम्पको टोलीले कुनै प्रतिक्रिया दिएको छैन भने ट्रुडोको कार्यालयले पनि जानकारी दिएको छैन। यो भ्रमण ट्रुडोको सार्वजनिक कार्यक्रमको सूचीमा समावेश गरिएको छैन । स्रोतका अनुसार, दुवै नेताले सँगै डिनर गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पश्चिम अफ्रिकी मुलुक मालीका रक्षामन्त्री सादियो केमाराको एक आत्मघाती ट्रक विष्फोटमा मृत्यु भएको छ । राजधानी बमाको नजिकै रहेको निवासमा भएको आत्मघाती ट्रक विष्फोटमा उनको मृत्यु भएको हो । रक्षामन्त्री केमाराका परिवारले उनको मृत्यु आत्मघाती ट्रक विष्फोटमा भएको पुष्टि गरेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार घटनाको केही घण्टापछि मालीको सरकारी टेलिभिजनले विष्फोटमा गम्भीर घाइते ...
। अमेरिकी केन्द्रीय बैङ्क फेडरल ‘रिजर्भ’ ले आगामी बैठकमा ब्याजदर यथावत राख्ने सम्भावना उच्च देखिएको छ, जसलाई विश्लेषकहरूले हालको आर्थिक र भूराजनीतिक अवस्थासँग जोडेर हेरेका छन् । अहिले ब्याजदर ३.५० प्रतिशत देखि ३.७५ प्रतिशत को दायरामा छ र यसलाई परिवर्तन नगरी कायम राख्ने अपेक्षा गरिएको छ । यसको मुख्य कारण मध्यपूर्वमा जारी युद्ध हो, जसले विश्वव्यापी ...
: क्युरियोसिटी रोभरले मंगल ग्रहमा पहिलो पटक गरिएको प्रयोगमा जीवनका ‘निर्माण ब्लक’ पत्ता लगाएको छ । क्युरियोसिटी रोभरले मंगल ग्रहमा अहिलेसम्म फेला परेको सबैभन्दा विविध प्रकारका जैविक अणुहरू फेला पारेको छ । जसमा सात वटा यस्ता यौगिकहरू पनि छन् जुन यसअघि रातो ग्रहमा कहिल्यै भेटिएका थिएनन् । यी कार्बनयुक्त यौगिकहरू त्यही ‘निर्माण ब्लक’ हुन् जसले पृथ्वीमा ...
: इरानी विदेशमन्त्री अब्बास अराघची र पाकिस्तानका फिल्ड मार्सल असिम मुनीरबीच भेटवार्ता भएको छ। अराघची शुक्रबार र शनिबारको मध्यरातमा इस्लामाबाद आइपुगेका हुन्। उनको यस भ्रमणका क्रममा अमेरिकासँगको बैठकको कुनै औपचारिक योजना भने प्रस्ताव गरिएको छैन्। अराघचीले शुक्रबार 'एक्सु (ट्विटर) मा एक पोस्ट गर्दै पाकिस्तानको भ्रमणपछि आफू ओमान र रुसको यात्रामा जाने जानकारी दिएका थिए। इरानी सरकारी ब्रोडकास्टरले ...
इरानी सेनाले अमेरिकाले होर्मुजको जलडमरूको नाकाबन्दी जारी राखेमा जवाफी कारबाही गरिने चेतावनी दिएको छ। सेनाको कमाण्ड सेन्टरद्वारा जारी गरिएको विज्ञप्तिमा अमेरिकी सेनाले यस क्षेत्रमा नाकाबन्दी, समुन्द्री लुटपाट र डकैती जारी राखेमा इरानी सेनाबाट जवाफी कारबाहीको सामना गर्नुपर्ने उल्लेख छ। अप्रिल १३ मा इरानी बन्दरगाहहरूमा समुद्री यातायातमा नाकाबन्दी लगाएदेखि अमेरिकाले धेरै जहाजहरूलाई नियन्त्रणमा लिएको छ। यो मुद्दा ...