मुख्य समाचार
चितवन राइनोजका लागि अनुबन्धित पाकिस्तानका सोहेल तनभिर नेपाल आइपुगे
चितवन राइनोजका लागि अनुबन्धित पाकिस्तानका सोहेल तनभिर नेपाल आइपुगे

। शनिबारबाट सुरू भएको एनपीएल क्रिकेटमा चितवन राइनोजका लागि अनुबन्धित पाकिस्तानका सोहेल तनभिर नेपाल आइपुगेका छन् ।

तनभिर शनिबार दिउँसो आइपुगेका हुन् । उनलाई त्रिभुवन विमानस्थलमा टिमका अफिसियलहरूले स्वागत गरेका थिए ।




३९ वर्षीय तनभिरले पाकिस्तानबाट लामो समय खेलेका छन् । उनको पाकिस्तान सिनियर टिम तथा अन्य फ्रेन्चाइज लिगमा रामरो अनुभव छ । फर्स्ट क्लास क्रिकेटमा उनले ७४ खेलमा ३१० रन बनाएका छन् ।

बाँयाहाते मिडियम पेस बलिङ गर्ने उनले पाकिस्तानका लागि ५७ टी२०आई खेलमा ५४ विकेट लिएका छन् । त्यसैगरी सबैखाले टी२०मा ३८८ खेल खेल्दा ३८९ विकेट लिएका छन् । त्यसैगरी ब्याटिङमार्फत २७०० भन्दा धेरै रन पनि बनाएका छन् ।




उनले पाकिस्तानबाट सन् २००९ को टी२० विश्वकप जितेका छन् भने राजस्थान रोयल्सबाट इन्डियन प्रिमियर लिग आइपीएल पनि जितेका छन् । त्यसैगरी पाकिस्तान सुपर लिग पनि जितेका छन् ।

चितवनमा अनुबन्ध भएपछि उनले भनेका छन्, ‘मैले यसलाई एक चूनौतिका रुपमा लिएको छु । नेपाल गएर हजारौं नेपाली क्रिकेट फ्यानहरुका सामु चितवन राइनोजको प्रतिनिधित्व गर्दा अत्यन्त गौरवशाली अनुभुति हुनेछ। मलाई लाग्छ नेपालमा पनि पाकिस्तानी क्रिकेट टिमका धेरै फ्यानहरू छन्।’

चितवनका अन्य विदेशी खेलाडीहरूमा नामिबियाका जान निकोल लफ्टी इटन, इंग्ल्याण्डका लुक बेनकेन्सटाइन र रवि बोपारा तथा अफगानिस्तानका हसन एइसाखिल छन् ।

बोपाराबाहेक अन्य भने नेपाल आइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इरानले अपराजित रहँदै काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शुक्रबार भएको फाईनलमा काजखस्तानलाई ३-१ सेटमा पराजित गर्दै इरान लगातार च्याम्पियन बनेको हो । इरानले पहिलो सेट २५-१८ ले जित्दै खेलमा अग्रता बनाएको थियो । काजखस्तानले दोस्रो सेट २५-१९ ले जितेर खेलमा पुनरागमन गरेको थियो । तेस्रो सेट इरानले २५-१५ ...
: एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिता खेल्न सिंगापुर जाने नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको विदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई विदाइ गरेको हो । सिंगापुरमा ३१ मेदेखि एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताका सुरु हुँदैछ । छनोट प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, मलेसिया र ...
: काभा महिला भलिबल च्याम्पियनसिप २०२६ अन्तर्गतको पहिलो सेमीफाइनलमा भारतलाई ३–० सोझो सेटमा हराउँदै काजकिस्तान फाइनल प्रवेश गरेको छ । बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा काजकिस्तानले भारतलाई २५–२१, २५–१७, २५–१४ ले हराएको हो । समूह ‘ए’ को विजेताको रूपमा सेमीफाइनल खेलेको भारत समूह ‘बी’ को उपविजेताको रूपमा सेमिफाइनल खेलेको ...
— जियान फिलिपे मेटाटेले गरेको एक माक्र गोलको मदतले त्रिस्टल प्यालेसले रायो भालेकानोलाई १–० ले पराजित गर्दै बुधबार यूईएफए कन्फ्रेन्स लिगको उपाधि जितेको छ । जर्मनको लाइपजिगमा भएको खेलमा मेटाटेले ५१ औं मिनेटमा गोल गरे । इंग्लिस प्रिमियर लिग क्लब प्यालेसले युरोपेली उपाधि जितेको यो पहिलो पटक हो । यस उपाधिसँगै प्रशिक्षक ओलिभर ग्लासनेरले क्लबबाट पनि ...
— कप्तान इन्दु बर्माले अविजित ४२ रन बनाएपछि नेपाली महिला क्रिकेट टोलीले एसियन गेम्स महिला छनोटमा बिहीबार इन्डोनेसियालाई ४ विकेटले पराजित गरेको छ । लगातार दोस्रो खेल जितेपछि नेपाल समूह ‘बी’ को विजेता बनेको छ । नेपालले सेमिफाइनलमा आयोजक मलेसियाको सामना गर्नेछ । अर्को सेमिफाइनल समूह ‘ए’ को विजेता थाइल्यान्ड र चीनबीच हुनेछ । शीर्ष ...