मुख्य समाचार
अनिलले भने- क्रिजमा टिकेर खेल्न विदेशीबाट सिक्नुपर्छ
अनिलले भने- क्रिजमा टिकेर खेल्न विदेशीबाट सिक्नुपर्छ

। शनिबारदेखि सुरू भएको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा जनकपुर बोल्ट्सले विजयी सुरूवात गरेको छ । जनकपुरले विराटनगर किङ्सलाई ८ विकेटले पराजित गरेको हो ।

खेलमा जनकपुरका लाहिरु मिलान्थाले ७५ रनको अविजित पारी खेले । उनलाई हर्श थाकरले २९ रन बनाएर साथ दिए । १२८ रनको लक्ष्य पछ्याउँदा सुरूवातमै दुई विकेट गएपछि लाहिरु र थाकर मिलेर इनिङ उकासेका थिए ।




जितपछि जनकपुरका कप्तान अनिल शाहले क्रिजमा टिकेर खेल्दा जित सम्भव भएको बताए । ‘पिच बलरहरूको लागि सहयोगी थियो अनि कसैले पनि राम्रोसँग बलमा ब्याट लगाउन सकिरहेका थिएनन्’ अनिलले भने, ‘विदेशी खेलाडीहरू अनुभवी छन् । उनीहरूबाट सिक्न पर्छ । क्रिजमा जति टिक्न सक्यो त्यति राम्रो हुन्छ अनि थाहा हुन्छ कति स्कोर राम्रो हुन्छ भनेर ।‘

‘सुरूमा मार्टिन गप्टिलले पनि खुलेर खेल्न सकिरहेका थिएनन् । पछि उनले क्रिजमा टिक्दै पिच रिड गर्दै खेल्न थाले अनि पछि उनको ब्याटबाट रन बन्न थाल्यो’ अनिलले थपे ।




अनिलले प्रतियोगिताको सुरूवातमा नै २ अंक जोड्न पाउनु महत्वपूर्ण भएको बताए । ‘हामीले प्लानिङहरू गरेका थियौं अनि त्यसकै अनुसार चल्यौं, त्यसकै कारण यो जित सम्भव भयो’ उनले भने ।

जनकपुरको टप अर्डर नचले पनि विदेशी खेलाडीहरूले क्रिजमा टिकेर खेल जिताएको उनको भनाई थियो । ‘टप अर्डर हामी चल्न सकेनौं । हामी चुके पनि लाहिरू र हर्शले राम्रो खेले र हामीले जित्यौं’ उनले भने ।

उनले एनपीएलका कुनै पनि टिम कमजोर नभएको बताए । ‘कमजोर कुनै पनि टिम छैन, विदेशी हुनु र नहुनुभन्दा नि जसले राम्रो खेल्छ उसले नै जित्छ’ अनिलले भने ।

आसिफलाई किपर नराखेको भन्ने प्रश्नमा उनले भने, ‘आसिफले नेपाली बलररूसँग कुरा गरिराख्न सकून् भनेर हो। हामीसँग मिलान्था थिए किपरको विकल्प, अनि नेपाली खेलाडीको बारेमा थाहा भएकाले सहज होस् भनेर हो।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इरानले अपराजित रहँदै काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शुक्रबार भएको फाईनलमा काजखस्तानलाई ३-१ सेटमा पराजित गर्दै इरान लगातार च्याम्पियन बनेको हो । इरानले पहिलो सेट २५-१८ ले जित्दै खेलमा अग्रता बनाएको थियो । काजखस्तानले दोस्रो सेट २५-१९ ले जितेर खेलमा पुनरागमन गरेको थियो । तेस्रो सेट इरानले २५-१५ ...
: एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिता खेल्न सिंगापुर जाने नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको विदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई विदाइ गरेको हो । सिंगापुरमा ३१ मेदेखि एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताका सुरु हुँदैछ । छनोट प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, मलेसिया र ...
: काभा महिला भलिबल च्याम्पियनसिप २०२६ अन्तर्गतको पहिलो सेमीफाइनलमा भारतलाई ३–० सोझो सेटमा हराउँदै काजकिस्तान फाइनल प्रवेश गरेको छ । बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा काजकिस्तानले भारतलाई २५–२१, २५–१७, २५–१४ ले हराएको हो । समूह ‘ए’ को विजेताको रूपमा सेमीफाइनल खेलेको भारत समूह ‘बी’ को उपविजेताको रूपमा सेमिफाइनल खेलेको ...
— जियान फिलिपे मेटाटेले गरेको एक माक्र गोलको मदतले त्रिस्टल प्यालेसले रायो भालेकानोलाई १–० ले पराजित गर्दै बुधबार यूईएफए कन्फ्रेन्स लिगको उपाधि जितेको छ । जर्मनको लाइपजिगमा भएको खेलमा मेटाटेले ५१ औं मिनेटमा गोल गरे । इंग्लिस प्रिमियर लिग क्लब प्यालेसले युरोपेली उपाधि जितेको यो पहिलो पटक हो । यस उपाधिसँगै प्रशिक्षक ओलिभर ग्लासनेरले क्लबबाट पनि ...
— कप्तान इन्दु बर्माले अविजित ४२ रन बनाएपछि नेपाली महिला क्रिकेट टोलीले एसियन गेम्स महिला छनोटमा बिहीबार इन्डोनेसियालाई ४ विकेटले पराजित गरेको छ । लगातार दोस्रो खेल जितेपछि नेपाल समूह ‘बी’ को विजेता बनेको छ । नेपालले सेमिफाइनलमा आयोजक मलेसियाको सामना गर्नेछ । अर्को सेमिफाइनल समूह ‘ए’ को विजेता थाइल्यान्ड र चीनबीच हुनेछ । शीर्ष ...