मुख्य समाचार
‘पुष्पा २’ को अग्रिम टिकट बिक्री आक्रामक, पहिलो दिनमै ९ करोड
‘पुष्पा २’ को अग्रिम टिकट बिक्री आक्रामक, पहिलो दिनमै ९ करोड

। आउँदो बिहीबारदेखि ‘पुष्पा २’ विश्वव्यापी प्रदर्शन तयारीमा छ । भारतसहित कतिपय देशका हलले अग्रिम टिकट बिक्री थालेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार फिल्मले त्यहाँ अग्रिम टिकट बिक्रीबाट २४ घण्टामै ७.८ करोड भारु कमाएको छ ।

फिल्मलाई लिएर दर्शकमा जुन क्रेज देखिन्छ, त्यो अग्रिम बुकिङमा प्रष्ट देखिन्छ । हिन्दी लगायतका अन्य भाषामा पनि बुकिङ सुरु भएको छ । अग्रिम टिकट बिक्रीको केही घण्टामै भारतमा ५५ हजारभन्दा धेरै टिकट बिक्री भएको थियो ।



स्याकनिल्कका अनुसार, भारतभर फिल्मका ८ करोड ८१ लाख टिकट बिक्री भइसकेको छ । यसअनुसार, ‘पुष्पा २’ ले पहिलो दिनको अग्रिम बुकिङबाट ८.८ करोड भारु कमाएको छ । जबकि फिल्म रिलिज हुन अझै चार दिन बाँकी छ । अग्रिम बुकिङ र कलेक्सनका हिसाबले यसले ‘बाहुबली २’ र केजीएफ २’ को रेकर्ड तोड्न सक्ने अनुमान छ । ‘बाहुबली २’ ले अग्रिम बुकिङबाट १०० करोडभन्दा बढीको ग्रस कलेक्सन गरेको थियो । ‘केजीएफ २’ ले पहिलो दिनमै ८० करोड कमाएको थियो ।

‘पिंकभिल्ला’को रिपोर्टअनुसार १० घण्टामा मात्र ‘पुष्पा २’ को ५५ हजारभन्दा बढी टिकट बिक्री भएको छ । यसरी यो फिल्म हिन्दी फिल्मको सबैभन्दा छिटो अग्रिम बुकिङ गर्ने फिल्मको सूचीमा परेको छ । बिहार, गुजरात, आसाम र छत्तीसगढमा टिकट तीव्र गतिमा बिक्री भइरहेको छ ।


सबैभन्दा धेरै टिकट हिन्दी संस्करणमा बिक्री भएको छ । हिन्दीको टुडी संस्करणका लागि १२ हजार ४१३ टिकट र थ्रीडी संस्करणका लागि ४३ हजार १८१ टिकट बिक्री गरेको छ । तेलुगुमा टुडीको ९७ हजार १९६ र थ्रीडीको १४६९ टिकट बिक्री भएको छ । यसरी यसले हिन्दी भाषाको लागि अग्रिम बुकिङबाट ४.९ करोड रुपैयाँभन्दा बढी र तेलुगु भाषाका लागि २.८ करोड भारुभन्दा बढी कमाएको छ ।

स्याकनिल्कले फिल्मको ओपनिङ डेको कलेक्सनको समेत प्रक्षेपण गरेको छ । जसअनुसार फिल्मले विश्वव्यापी ३०० करोड भारु (भारतमा २३३ करोड र विदेशमा ७० करोड भारु) कमाउन सक्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पछिल्लो फिल्म ‘धुरन्धर’ को कारण चर्चामा रहेका अभिनेता अर्जुन रामपालले प्रेमिका गेब्रिएला डेमेड्रियाससँग गुपचुप इन्गेजमेन्ट गरेका छन् । रामपाल आफैंले यो कुराको खुलासा गरे । साथै, प्रेमिका गेब्रिएलाले आफूहरूले चाँडै विवाह गर्न सक्ने बताएकी छन् । रामपाल हालै रिया चक्रवर्तीको पोडकास्टमा आफ्नी प्रेमिका गेब्रिएलासँग प्रस्तुत भए । दुवैले सम्बन्धको बारेमा छलफल गरे । कुराकानीको क्रममा गेब्रिएलाले ...
। रणवीर सिंह, अक्षय खन्ना स्टारर बलिउड फिल्म ‘धुरन्धर’ ले नेपालको बक्सअफिसमा समेत उत्साहजनक कमाइ गरिरहेको देखिएको छ । आइतबार मध्यान्हसम्म फिल्मको नेपाल कमाइ ५ करोड ग्रस नाघेको छ । सिनेपाः बक्सअफिसमा फिल्मको कूल कलेक्सन आइतबार दिउँसो १२ बजेसम्म ५ करोड १२ लाख २० हजार २६४ नेरु ग्रस पुगेको छ । शनिबार मात्रैको कलेक्सन ८० लाख ...
। चर्चित लोकदोहोरी गायिका रीता थापामगरलाई नेपाली कांग्रेसले धादिङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फ उम्मेदवार सिफारिस गरेको छ । उनी राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानकी वर्तमान केन्द्रीय अध्यक्ष पनि हुन् । कांग्रेस धादिङ २ ले थापामगरसहित ८ जनाको नाम समानुपातिकतर्फ सिफारिस गरेको छ भने प्रत्यक्षतर्फ ११ जनाको नाम पठाएको छ । माघ ११ मा ...
। के-पप ब्यान्ड ‘ब्ल्याकपिंक’ स्टार लिसा अहिले अभिनयमा केन्द्रित छिन् । आफ्नो देश थाइल्यान्डमा छायांकन गरिएको ‘द ह्वाइट लोटस’ सिजन ३ बाट अभिनयमा डेब्यू गरेकी उनको अभिनय रुचि यत्तिकैमा सीमित छैन । पपस्टार अभिनयमा फर्किँदैछन्, त्यो पनि पहिलोभन्दा ठूलो क्यानभासमा । डिसेम्बर ५ मा ‘टाइगो’ नामक कोरियाली फिल्ममा उनले अभिनय गर्ने हल्ला चलेको थियो । कोरियाली मिडियाले ...
। हलिउड स्टार लियोनार्दो डिक्याप्रियोलाई प्रतिष्ठित टाइम म्यागजिनले ‘इन्टरटेनर अफ द इयर २०२५’ को रुपमा घोषणा गरेको छ । विश्वचर्चित म्यागजिनले निर्देशक पल थोमस एन्डरसनको ब्ल्याक कमेडी फिल्म “वन ब्याटल आफ्टर अनदर’ मा उनको अभिनयको लागि डिक्याप्रियोलाई सम्मान गरेको हो । फिल्ममा, डिक्याप्रियोले एक पूर्वक्रान्तिकारीलाई आफ्नी छोरीसँग निरन्तर पागलपनसहित बाँचिरहेको पात्रको रुपमा चित्रण गरेका छन्, जबसम्म १६ ...