मुख्य समाचार
पोखरा एभेन्जर्सले नि:शुल्क टिकट र खाजासहित बस सेवा उपलब्ध गराउने
पोखरा एभेन्जर्सले नि:शुल्क टिकट र खाजासहित बस सेवा उपलब्ध गराउने

। नेपाल प्रिमियर लिग एनपीएलको फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सले समर्थकहरूका लागि नि:शुल्क टिकट र खाजासहित बस सेवा उपलब्ध गराउने भएको छ ।

पोखराको खेल भएको दिनमा टोलीले यो सेवा प्रदान गर्ने घोषणा गरेको हो । दुईवटा बससहित समर्थकहरू लिएर पोखराबाट काठमाडौं आउने र फेरि पोखरा लिएर जाने बताइएको छ । त्यस्तै फ्यानहरूका लागि नि:शुल्क टिकट, खाजा र जर्सी पनि उपलब्ध गराउने छ ।


यो सेवा लिनका लागि पोखराले आइतबार विहान ११ बजेदेखि साँझ ५ बजेसम्मलाई बुकिङ खुल्ला गरेको छ । पोखराभित्रबाट ४०जना र गण्डकी प्रदेशअन्तर्गत पोखराबाहिरबाट जान चाहनेहरूलाई पनि २० सिटको व्यवस्था गरिने छ ।

बुकिङका आधारमा काठमाडौं जाने व्यक्तिहरूको लक्की ड्र मार्फत नाम चयन गरिने छ । एकपटकमा नाम नआएमा अर्कोपटक प्राथमिकता दिइने जनाइएको छ ।


पोखराले आफ्नो पहिलो खेल मङ्गलबार दिउँसो चितवन राइनोजसँग खेल्दै छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इरानले अपराजित रहँदै काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शुक्रबार भएको फाईनलमा काजखस्तानलाई ३-१ सेटमा पराजित गर्दै इरान लगातार च्याम्पियन बनेको हो । इरानले पहिलो सेट २५-१८ ले जित्दै खेलमा अग्रता बनाएको थियो । काजखस्तानले दोस्रो सेट २५-१९ ले जितेर खेलमा पुनरागमन गरेको थियो । तेस्रो सेट इरानले २५-१५ ...
: एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिता खेल्न सिंगापुर जाने नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको विदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई विदाइ गरेको हो । सिंगापुरमा ३१ मेदेखि एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताका सुरु हुँदैछ । छनोट प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, मलेसिया र ...
: काभा महिला भलिबल च्याम्पियनसिप २०२६ अन्तर्गतको पहिलो सेमीफाइनलमा भारतलाई ३–० सोझो सेटमा हराउँदै काजकिस्तान फाइनल प्रवेश गरेको छ । बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा काजकिस्तानले भारतलाई २५–२१, २५–१७, २५–१४ ले हराएको हो । समूह ‘ए’ को विजेताको रूपमा सेमीफाइनल खेलेको भारत समूह ‘बी’ को उपविजेताको रूपमा सेमिफाइनल खेलेको ...
— जियान फिलिपे मेटाटेले गरेको एक माक्र गोलको मदतले त्रिस्टल प्यालेसले रायो भालेकानोलाई १–० ले पराजित गर्दै बुधबार यूईएफए कन्फ्रेन्स लिगको उपाधि जितेको छ । जर्मनको लाइपजिगमा भएको खेलमा मेटाटेले ५१ औं मिनेटमा गोल गरे । इंग्लिस प्रिमियर लिग क्लब प्यालेसले युरोपेली उपाधि जितेको यो पहिलो पटक हो । यस उपाधिसँगै प्रशिक्षक ओलिभर ग्लासनेरले क्लबबाट पनि ...
— कप्तान इन्दु बर्माले अविजित ४२ रन बनाएपछि नेपाली महिला क्रिकेट टोलीले एसियन गेम्स महिला छनोटमा बिहीबार इन्डोनेसियालाई ४ विकेटले पराजित गरेको छ । लगातार दोस्रो खेल जितेपछि नेपाल समूह ‘बी’ को विजेता बनेको छ । नेपालले सेमिफाइनलमा आयोजक मलेसियाको सामना गर्नेछ । अर्को सेमिफाइनल समूह ‘ए’ को विजेता थाइल्यान्ड र चीनबीच हुनेछ । शीर्ष ...