आर्सनलले इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्याममाथि ५–२ को प्रभावशाली जित
आर्सनलले इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्याममाथि ५–२ को प्रभावशाली जित

— आर्सनलले इंग्लिस प्रिमियर लिगमा शनिबार वेस्ट ह्याममाथि ५–२ को प्रभावशाली जित निकालेको छ र आफूलाई लिग उपाधिको होडमा कायम राखेको छ । खेलका सातै गोल पहिलो हाफमा भएका थिए ।



यो जितपछि आर्सनल अंक तालिकाको दोस्रो स्थानमा पनि उक्लेको छ । उसको १३ खेलबाट २५ अंक भएको छ र यो शीर्षमा रहेको लिभरपुलसँग छ अंकको दूरी हो । वेस्ट ह्याम भने १५ अंकमै सीमित रहेर १४ औं स्थानमा छ ।


शनिबारका अन्य खेलमा ब्रेन्टफोर्डले लेस्टर सिटीलाई ४–१, नटिङघम फरेस्टले इपस्विच टाउनलाई १–० र बर्नमाउथले उल्भ्सलाई ४–२ ले हरायो । यस्तै क्रिस्टल प्यालेस र न्युकासल युनाइटेडले १–१ को बराबरी खेले ।

आइतबार लिग तालिकाको पहिलो स्थानमा रहेको लिभरपुलले डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीको सामना गर्दैछ र यसको नतिजाले लिग उपाधि होडलाई निर्धारण गर्न सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपाली युवा क्रिकेट टोलीले मलेसियामा जारी एसीसी यू–१६ इस्टजोन कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि फाइनल खेल सिंगापुरसँग खेल्ने भएको छ । बिहीबार सेमिफाइनलमा मलेसियालाई ९ विकेटले हराउँदै नेपालले फाइनल पक्का गरेको छ । अर्को सेमिफाइनलबाट हङहङलाई हराउँदै सिंगापुर फाइनल पुगेपछि नेपालको उपाधि भिडन्त सिंगापुरसँग पक्का भएको हो । दुवै टोलीबीच उपाधिका लागि फाइनल खेल आइतबार हुनेछ ...
। इंग्लिस क्लब लिभरपुलले कार दुर्घटनामा परी ज्यान गुमाएका पोर्चुगिज फरवार्ड डियोगो जोटाको सम्मानमा उनको नम्बर २० जर्सीलाई अवकाश दिने घोषणा गरेको छ। अब लिभरपुलमा जर्सी नं २० कहिले पनि प्रयोग हुने छैन । क्लबले भनेको छ, ‘२०२४-२५ सिजनमा क्लबको २०औं प्रिमियर लिग उपाधि जिताउने टोलीका सदस्यको रूपमा जोटाले दिएको योगदानको सम्झनामा यो निर्णय गरिएको हो।’ गत ...
। लिभरपुलले गत सिजनको प्रिमियर लिग उपाधि जित्नु अहिले हेर्दा भाग्यमै लेखिएको जस्तो लाग्न सक्छ । तर प्रिमियर लिगका सुरुवाती तीन महिनापछिको अवस्था अर्थात् डिसेम्बरमा फर्किएर हेर्दा भने अवस्था अलि फरक देखिन्थ्यो । डिसेम्बर १४ को दिन लिभरपुलले फुलहामसँग खेलिरहँदा एन्डी रोबर्टसनले रातो कार्ड पाएपछि लिभरपुल १० खेलाडीमा सीमित भयो र १–० ले पछि परेको अवस्थामा ...
। राष्ट्रिय यू–२३ फुटबल टोलीको छनोट प्रक्रिया सुरू गर्नका लागि खेलाडीहरूको नामावली सार्वजनिक गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले ८९ खेलाडीहरूलाई छनोटमा बोलाएको हो । सबै खेलाडीहरूलाई आगामी सोमबार बिहान ६ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा रिपोर्ट गर्न अनुरोध गरिएको छ। खेलाडीहरूले पूरा खेल सामग्री (किट) सहित उपस्थित हुनुपर्नेछ। छनोट प्रक्रिया त्यहीँबाट औपचारिक रूपमा सुरू हुनेछ। यसअघि नेपाली ...
। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ का लागि साविक विजेता जनकपुर बोल्ट्सले रिटेन गरिएका खेलाडीहरूको सूची सार्वजनिक गरेको छ । जनकपुरले बिहीबार मार्की खेलाडी आसिफ शेखसहित ७ खेलाडीलाई रिटेन गरेको छ । रिटेन गरिएका खेलाडीहरूमा अघिल्लो सिजनका कप्तान अनिल साह, शुभ कंसाकार, किशोर महतो, ललित राजवंशी, तुलबहादुर थापामगर र रुपेश सिंह छन् । गत सिजन रुपेश ...