मुख्य समाचार
आर्सनलले इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्याममाथि ५–२ को प्रभावशाली जित
आर्सनलले इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्याममाथि ५–२ को प्रभावशाली जित

— आर्सनलले इंग्लिस प्रिमियर लिगमा शनिबार वेस्ट ह्याममाथि ५–२ को प्रभावशाली जित निकालेको छ र आफूलाई लिग उपाधिको होडमा कायम राखेको छ । खेलका सातै गोल पहिलो हाफमा भएका थिए ।



यो जितपछि आर्सनल अंक तालिकाको दोस्रो स्थानमा पनि उक्लेको छ । उसको १३ खेलबाट २५ अंक भएको छ र यो शीर्षमा रहेको लिभरपुलसँग छ अंकको दूरी हो । वेस्ट ह्याम भने १५ अंकमै सीमित रहेर १४ औं स्थानमा छ ।


शनिबारका अन्य खेलमा ब्रेन्टफोर्डले लेस्टर सिटीलाई ४–१, नटिङघम फरेस्टले इपस्विच टाउनलाई १–० र बर्नमाउथले उल्भ्सलाई ४–२ ले हरायो । यस्तै क्रिस्टल प्यालेस र न्युकासल युनाइटेडले १–१ को बराबरी खेले ।

आइतबार लिग तालिकाको पहिलो स्थानमा रहेको लिभरपुलले डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीको सामना गर्दैछ र यसको नतिजाले लिग उपाधि होडलाई निर्धारण गर्न सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इरानले अपराजित रहँदै काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शुक्रबार भएको फाईनलमा काजखस्तानलाई ३-१ सेटमा पराजित गर्दै इरान लगातार च्याम्पियन बनेको हो । इरानले पहिलो सेट २५-१८ ले जित्दै खेलमा अग्रता बनाएको थियो । काजखस्तानले दोस्रो सेट २५-१९ ले जितेर खेलमा पुनरागमन गरेको थियो । तेस्रो सेट इरानले २५-१५ ...
: एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिता खेल्न सिंगापुर जाने नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको विदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई विदाइ गरेको हो । सिंगापुरमा ३१ मेदेखि एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताका सुरु हुँदैछ । छनोट प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, मलेसिया र ...
: काभा महिला भलिबल च्याम्पियनसिप २०२६ अन्तर्गतको पहिलो सेमीफाइनलमा भारतलाई ३–० सोझो सेटमा हराउँदै काजकिस्तान फाइनल प्रवेश गरेको छ । बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा काजकिस्तानले भारतलाई २५–२१, २५–१७, २५–१४ ले हराएको हो । समूह ‘ए’ को विजेताको रूपमा सेमीफाइनल खेलेको भारत समूह ‘बी’ को उपविजेताको रूपमा सेमिफाइनल खेलेको ...
— जियान फिलिपे मेटाटेले गरेको एक माक्र गोलको मदतले त्रिस्टल प्यालेसले रायो भालेकानोलाई १–० ले पराजित गर्दै बुधबार यूईएफए कन्फ्रेन्स लिगको उपाधि जितेको छ । जर्मनको लाइपजिगमा भएको खेलमा मेटाटेले ५१ औं मिनेटमा गोल गरे । इंग्लिस प्रिमियर लिग क्लब प्यालेसले युरोपेली उपाधि जितेको यो पहिलो पटक हो । यस उपाधिसँगै प्रशिक्षक ओलिभर ग्लासनेरले क्लबबाट पनि ...
— कप्तान इन्दु बर्माले अविजित ४२ रन बनाएपछि नेपाली महिला क्रिकेट टोलीले एसियन गेम्स महिला छनोटमा बिहीबार इन्डोनेसियालाई ४ विकेटले पराजित गरेको छ । लगातार दोस्रो खेल जितेपछि नेपाल समूह ‘बी’ को विजेता बनेको छ । नेपालले सेमिफाइनलमा आयोजक मलेसियाको सामना गर्नेछ । अर्को सेमिफाइनल समूह ‘ए’ को विजेता थाइल्यान्ड र चीनबीच हुनेछ । शीर्ष ...