मुख्य समाचार
लिभरपुलसँग को हार व्यहोरेको सिटी समग्रमा लगातार सातौं खेलमा जितविहीन
लिभरपुलसँग को हार व्यहोरेको सिटी समग्रमा लगातार सातौं खेलमा जितविहीन

। इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले लगातार चौथो हार व्यहोरेको छ । लिभरपुलसँग २-० को हार व्यहोरेको सिटी समग्रमा लगातार सातौं खेलमा जितविहीन बनेको छ ।

लिभरपुलको जितमा कोडी गाक्पो र मोहमद सालाहले एक-एक गोल गरे । पहिलो हाफमा एक गोल गरेको लिभरपुलले दोस्रो हाफमा थप एक गोल गर्‍यो ।

खेलको १२औं मिनेटमा गाक्पोले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलले पछाडि परेको सिटीले दोस्रो हाफमा पनि गोल फर्काउन सकेन । ७८औं मिनेटमा सालाहले पेनाल्टीमार्फत गोल गर्दै लिभरपुलको २-० को जित पक्का गरे ।

जितसँगै लिभरपुलको १३ खेलमा ३४ अंक भएको छ र शीर्षस्थानमा ९ अंकको स्पष्ट अग्रता बनाएको छ । दोस्रो स्थानको आर्सनलको २५ अंक छ । सिटीको १३ खेलमा २३ अंक मात्र छ ।

सिटी गत अक्टोबर अन्तिममा इएफएल कपको अन्तिम १६ मा टोटनहामसँग पराजित भएको थियो । त्यसपछि प्रिमियर लिगमा बर्नमाउथसँग हार व्यहोरेको च्याम्पिन्स लिगमा स्पोर्टिङसँग पराजित भयो ।

त्यसपछि प्रिमियर लिगमा ब्राइटन र टोटहामसँग स्तब्ध बनेको सिटीले च्याम्पियन्स लिगमा फेयेनोर्डसँग बराबरी खेलेको थियो । अनि लिभरपुलसँग आइतबार रातिको खेल पनि गुमायो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— एभर्टनले इंग्लिस प्रिमियर लिगमा सोमबार ओल्ड ट्रायफोर्डमा भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई १–० ले पराजित गरेको छ । दस खेलाडीमा सीमित रहेर एभर्टनले यो जित निकालेको हो । आफ्नै साथी खेलाडी माइकल केनलाई प्रहार गरेपछि इड्रिस गुएलाई सिधा रातो कार्ड देखाइएको थियो । यससँगै एभर्टन १३ मिनेटयता दस खेलाडीमा सीमित रहेर खेल्ने बाध्य रहेको थियो । यही ...
: पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किएको छ। सोमबार स्वदेश फर्किएको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् र क्यानका पदाधिकारीले त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरेका थिए। श्रीलंकाको कोलम्बोमा आइतबार भएको फाइनलमा भारतसँग ७ विकेटले पराजित भएपछि नेपाल उपविजेतामै रोकिएको थियो। स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै दृष्टिविहीन नेपाली टोलीकी कप्तान गीता ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा विराटनगर किङ्सले लगातार तेस्रो जित निकालेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा आज भएको खेलमा जनकपुर बोल्ट्सलाई ९ रनले हराउँदै विराटनगरले लगातार तेस्रो जित निकालेको हो। योसँगै जनकपुरको दोस्रो हार भएको छ। यसअघि टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले १३५ रन बनाएको थियो। विराटनगरले दिएको १३६ रनको विजयी ...
। नेपाल प्रिमियर लिग (एनपीएल) मा सट्टेबाजी गर्ने काममा संलग्न ८ जना भारतीय पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बल्खुबाट ८ जना भारतीयलाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाएको हो । उनीहरूले अनलाइन बेटिङ साइटमार्फत खेल हारजित हुनेगरी रकम लगानी गरी सट्टेबाजीमा संलग्न रहेको पाइएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा भारतको ...
। एबेरेची एजेले ह्‍याट्रिक गरेपछि इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले टोटनहाममाथि सहज जित हासिल गरेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा आर्सनलले टोटनहाममाथि ४-१ गोलअन्तरलको शानदार जित हासिल गरेको हो । एजेको ह्‍याट्रिकबाहेक लियान्द्रो ट्रोसार्डले पनि आर्सनलका लागि एक गोल गरे । टोटनहामका रिचार्लिसनले सान्त्वना गोल गरे । खेलको ३६औं मिनेटमा ट्रोसार्डले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका ...