मुख्य समाचार
लिभरपुलसँग को हार व्यहोरेको सिटी समग्रमा लगातार सातौं खेलमा जितविहीन
लिभरपुलसँग को हार व्यहोरेको सिटी समग्रमा लगातार सातौं खेलमा जितविहीन

। इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले लगातार चौथो हार व्यहोरेको छ । लिभरपुलसँग २-० को हार व्यहोरेको सिटी समग्रमा लगातार सातौं खेलमा जितविहीन बनेको छ ।

लिभरपुलको जितमा कोडी गाक्पो र मोहमद सालाहले एक-एक गोल गरे । पहिलो हाफमा एक गोल गरेको लिभरपुलले दोस्रो हाफमा थप एक गोल गर्‍यो ।

खेलको १२औं मिनेटमा गाक्पोले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलले पछाडि परेको सिटीले दोस्रो हाफमा पनि गोल फर्काउन सकेन । ७८औं मिनेटमा सालाहले पेनाल्टीमार्फत गोल गर्दै लिभरपुलको २-० को जित पक्का गरे ।

जितसँगै लिभरपुलको १३ खेलमा ३४ अंक भएको छ र शीर्षस्थानमा ९ अंकको स्पष्ट अग्रता बनाएको छ । दोस्रो स्थानको आर्सनलको २५ अंक छ । सिटीको १३ खेलमा २३ अंक मात्र छ ।

सिटी गत अक्टोबर अन्तिममा इएफएल कपको अन्तिम १६ मा टोटनहामसँग पराजित भएको थियो । त्यसपछि प्रिमियर लिगमा बर्नमाउथसँग हार व्यहोरेको च्याम्पिन्स लिगमा स्पोर्टिङसँग पराजित भयो ।

त्यसपछि प्रिमियर लिगमा ब्राइटन र टोटहामसँग स्तब्ध बनेको सिटीले च्याम्पियन्स लिगमा फेयेनोर्डसँग बराबरी खेलेको थियो । अनि लिभरपुलसँग आइतबार रातिको खेल पनि गुमायो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इरानले अपराजित रहँदै काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शुक्रबार भएको फाईनलमा काजखस्तानलाई ३-१ सेटमा पराजित गर्दै इरान लगातार च्याम्पियन बनेको हो । इरानले पहिलो सेट २५-१८ ले जित्दै खेलमा अग्रता बनाएको थियो । काजखस्तानले दोस्रो सेट २५-१९ ले जितेर खेलमा पुनरागमन गरेको थियो । तेस्रो सेट इरानले २५-१५ ...
: एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिता खेल्न सिंगापुर जाने नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको विदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई विदाइ गरेको हो । सिंगापुरमा ३१ मेदेखि एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताका सुरु हुँदैछ । छनोट प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, मलेसिया र ...
: काभा महिला भलिबल च्याम्पियनसिप २०२६ अन्तर्गतको पहिलो सेमीफाइनलमा भारतलाई ३–० सोझो सेटमा हराउँदै काजकिस्तान फाइनल प्रवेश गरेको छ । बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा काजकिस्तानले भारतलाई २५–२१, २५–१७, २५–१४ ले हराएको हो । समूह ‘ए’ को विजेताको रूपमा सेमीफाइनल खेलेको भारत समूह ‘बी’ को उपविजेताको रूपमा सेमिफाइनल खेलेको ...
— जियान फिलिपे मेटाटेले गरेको एक माक्र गोलको मदतले त्रिस्टल प्यालेसले रायो भालेकानोलाई १–० ले पराजित गर्दै बुधबार यूईएफए कन्फ्रेन्स लिगको उपाधि जितेको छ । जर्मनको लाइपजिगमा भएको खेलमा मेटाटेले ५१ औं मिनेटमा गोल गरे । इंग्लिस प्रिमियर लिग क्लब प्यालेसले युरोपेली उपाधि जितेको यो पहिलो पटक हो । यस उपाधिसँगै प्रशिक्षक ओलिभर ग्लासनेरले क्लबबाट पनि ...
— कप्तान इन्दु बर्माले अविजित ४२ रन बनाएपछि नेपाली महिला क्रिकेट टोलीले एसियन गेम्स महिला छनोटमा बिहीबार इन्डोनेसियालाई ४ विकेटले पराजित गरेको छ । लगातार दोस्रो खेल जितेपछि नेपाल समूह ‘बी’ को विजेता बनेको छ । नेपालले सेमिफाइनलमा आयोजक मलेसियाको सामना गर्नेछ । अर्को सेमिफाइनल समूह ‘ए’ को विजेता थाइल्यान्ड र चीनबीच हुनेछ । शीर्ष ...