मुख्य समाचार
रियल म्याड्रिडले गेटाफेलाई २–० ले पराजित गर्दै ला लिगाको दोस्रो स्थानमा
रियल म्याड्रिडले गेटाफेलाई २–० ले पराजित गर्दै ला लिगाको दोस्रो स्थानमा

— स्पेनी च्याम्पियन रियल म्याड्रिडले गेटाफेलाई २–० ले पराजित गर्दै ला लिगाको दोस्रो स्थानमा उक्लेको छ । खराब लयबाट गुज्रिरहेका केयलिन एमबापे त्यसमा एक गोल गरे ।



खेलमा उनले उत्तिकै राम्रा अवसर पनि सदुपयोग गर्न सकेनन् । पछिल्लो समय उनी खराव प्रदर्शनका कारण आलोचनाको शिकार भइरहेका छन् ।


रियलको यस जितमा अर्को गोल जुड बेलिङघमको नाममा रह्यो । इंग्लिस खेलाडीले पेनाल्टीबाट गोल गरेका हुन् । यो जितपछि रियलले शीर्षमा रहेको बार्सिलोनासँगको दूरी एक अंकमा छोट्याएको छ ।

अघिल्लो दिन मात्रै बार्सिलोना लास पाल्माससँग पराजित भएको थयो । बार्सिलोनाको १५ खेलबाट ३४ अंक भएको छ भने रियलले एक खेल कम खेलेको छ र उसको ३३ अंक भएको छ । अब रियलसामु बार्सिलोनालाई उछिन्ने अवसर हुनेछ ।

खेलपछि प्रशिक्षक कार्लो एन्सेलोटीले एमबापेको प्रशंसा गर्दै भने, ‘आज एमबापेले राम्रो खेले । पूरा खेलमा सक्रिय रहे । आजको खेलमा उनको दोस्रो गोल नतिजाको लागि निकै निर्णायक रह्यो । हामीले उनीबाट चाहेको भने यस्तै खेल हो ।’


आइतबारका अन्य खेलमा एथलेटिको बिलबाओले रायो भालेकानोलाई २–१ र रियल सोसिडाडले रियल बेटिसलाई २–० ले हरायो । भिल्लारियल र जिरोनाले भने २–२ को बराबरी खेले । बिलबाओ २६ अंकमा चौथो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इरानले अपराजित रहँदै काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शुक्रबार भएको फाईनलमा काजखस्तानलाई ३-१ सेटमा पराजित गर्दै इरान लगातार च्याम्पियन बनेको हो । इरानले पहिलो सेट २५-१८ ले जित्दै खेलमा अग्रता बनाएको थियो । काजखस्तानले दोस्रो सेट २५-१९ ले जितेर खेलमा पुनरागमन गरेको थियो । तेस्रो सेट इरानले २५-१५ ...
: एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिता खेल्न सिंगापुर जाने नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको विदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई विदाइ गरेको हो । सिंगापुरमा ३१ मेदेखि एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताका सुरु हुँदैछ । छनोट प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, मलेसिया र ...
: काभा महिला भलिबल च्याम्पियनसिप २०२६ अन्तर्गतको पहिलो सेमीफाइनलमा भारतलाई ३–० सोझो सेटमा हराउँदै काजकिस्तान फाइनल प्रवेश गरेको छ । बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा काजकिस्तानले भारतलाई २५–२१, २५–१७, २५–१४ ले हराएको हो । समूह ‘ए’ को विजेताको रूपमा सेमीफाइनल खेलेको भारत समूह ‘बी’ को उपविजेताको रूपमा सेमिफाइनल खेलेको ...
— जियान फिलिपे मेटाटेले गरेको एक माक्र गोलको मदतले त्रिस्टल प्यालेसले रायो भालेकानोलाई १–० ले पराजित गर्दै बुधबार यूईएफए कन्फ्रेन्स लिगको उपाधि जितेको छ । जर्मनको लाइपजिगमा भएको खेलमा मेटाटेले ५१ औं मिनेटमा गोल गरे । इंग्लिस प्रिमियर लिग क्लब प्यालेसले युरोपेली उपाधि जितेको यो पहिलो पटक हो । यस उपाधिसँगै प्रशिक्षक ओलिभर ग्लासनेरले क्लबबाट पनि ...
— कप्तान इन्दु बर्माले अविजित ४२ रन बनाएपछि नेपाली महिला क्रिकेट टोलीले एसियन गेम्स महिला छनोटमा बिहीबार इन्डोनेसियालाई ४ विकेटले पराजित गरेको छ । लगातार दोस्रो खेल जितेपछि नेपाल समूह ‘बी’ को विजेता बनेको छ । नेपालले सेमिफाइनलमा आयोजक मलेसियाको सामना गर्नेछ । अर्को सेमिफाइनल समूह ‘ए’ को विजेता थाइल्यान्ड र चीनबीच हुनेछ । शीर्ष ...