मुख्य समाचार
प्लास्टिक प्रदूषण सन्धिका लागि करिब दुई सय देशबीच भएको छलफल निष्कर्षविहीन
प्लास्टिक प्रदूषण सन्धिका लागि करिब दुई सय देशबीच भएको छलफल निष्कर्षविहीन

। प्लास्टिक प्रदूषण सन्धिका लागि करिब दुई सय देशबीच भएको छलफल निष्कर्षविहीन भएको छ । प्लास्टिकजन्य प्रदूषण नियन्त्रणका लागि विश्वको पहिलो सन्धिमा सहमति जनाउने लक्ष्यका साथ गत २५ नोभेम्बरदेखि दक्षिण कोरियाको बुसानमा एक साता लामो छलफल भएको थियो ।

तर संयुक्त राष्ट्रसंघका वातावरण प्रमुख इन्गर एन्डरसनले ऐतिहासिक प्लास्टिक प्रदूषण सन्धिका लागि भएको वार्ता निश्कर्षमा पुग्न नसकेको बताएका छन् । एएफपीसँग उनले भनेका छन्, ‘यो अझै निश्कर्षमा पुग्न सकेको छैन, पक्कै पनि तर कतिपय सञ्चारमाध्यमहरूमा आएजस्तो असफल भएको छैन ।’




प्रयोगमा ल्याइएका ९० प्रतिशतभन्दा बढी प्लास्टिक पुनर्प्रयोग हुँदैनन् । हरेक वर्ष लाखौं टन प्लाष्टिकजन्य फोहोर निस्कने भएकाले प्लास्टिक व्यवस्थापन चुनौति बन्दै गएको छ ।

सन् २०२२ मा तय गरिएको प्लास्टिकजन्य प्रदूषण नियन्त्रण सम्बन्धी सम्झौता कार्यान्वयन गर्ने दुई वर्षको समयावधिलाई ‘अत्यन्त महत्त्वाकांक्षी’ मानिएको छ । यो अवधिमा धेरै राम्रो प्रगति भएको एन्डरसनले बताएका छन् ।




सोमबार बिहानै वार्ताकारहरूले यस सन्धिको उद्देश्यमाथि गम्भीर मतभेदहरू पूरा गर्न असफल भएको स्वीकार गर्दै वार्ताको लक्ष्यमा पुग्न नसकिएको बताएका थिए ।

दर्जनौं ‘उच्च महत्वाकांक्षा’ भएका देशहरूले प्लास्टिकको नयाँ उत्पादनलाई सीमित गर्ने र केही रसायन र एकल–प्रयोग प्लास्टिक उत्पादनहरू चरणबद्ध रूपमा समाप्त गर्ने लक्ष्य निर्धारण गर्ने सम्झौताको प्रयास गरेका थिए ।

साउदी अरब र रूसलगायत ‘समान विचारधारा भएका’ राष्ट्रहरूले यसलाई बारम्बार अस्वीकार गर्दै कडा अडान राखेका थिए । उनीहरुले सम्झौतामा उत्पादनको कुनै सन्दर्भ हुनुहुँदैन भन्ने कुरामा जोड दिएका थिए । यो समूह प्रायः तेल उत्पादन गर्ने देशहरू हुन् जसले प्लास्टिक बनाउन प्रयोग हुने जीवाश्म इन्धन प्रदान गर्छन् ।

यो असहमतिले ७० पृष्ठभन्दा लामो र विरोधाभासी भाषाले भरिएको यसपहिले तयार सन्धिको मस्यौदा बुसानभन्दा अघि चार चरणको वार्ताको प्रगतिलाई अवरुद्ध बनाएको छ ।

वार्ताको अध्यक्षता गरिरहेका कूटनीतिज्ञले आफ्नै मस्यौदा पाठमा विचारहरू संश्लेषण गरेर प्रक्रियालाई व्यवस्थित गर्न खोजेका थिए, जसलाई एन्डरसनले एक कदम अगाडिको प्रतिनिधित्व भन्नुभएको छ ।

उनले भने, ‘हामीले ७७ पृष्ठ लामो कागज लिएर यस विषयमा कुरा ग¥यौं । अहिले ब हामीसँग सम्झौताका लागि गरिएको प्रस्ताव स्वच्छ र सुव्यवस्थित रूपमा छ । त्यो अग्रगामी आन्दोलन महत्त्वपूर्ण छ र म स्पष्ट रूपमा उत्साही छु ।’

संशोधित पाठ पनि विरोधी विचारहरूले भरिएको भन्दै कतिपय सहभागी देशका प्रतिनिधिहरूले यसको सबै भागहरू कुनै पनि नयाँ चरणको वार्तामा पुनः छलफल र संशोधनको लागि खुला हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकामा दोषी प्रमाणित यौन अपराधी जेफ्री एपस्टिनसम्बन्धी मुद्दाका लामो समयदेखि प्रतीक्षित फाइलहरू आंशिक रूपमा सार्वजनिक गरिएपछि पीडित तथा सांसदहरूले तीव्र असन्तोष व्यक्त गरेका छन् । धेरै कागजातका पृष्ठहरू कालो पारिएको र तस्वीरहरू सेन्सर गरिएको भन्दै उनीहरूले यसलाई उच्च तहको ढाकछोपको निरन्तरता भनेका छन् । अमेरिकी न्याय मन्त्रालयले सार्वजनिक गरेको सामग्रीमा पूर्व राष्ट्रपति बिल क्लिन्टन तथा एपस्टिनको ...
। संयुक्त राज्य अमेरिकाले शनिबार भेनेजुएलाको तट नजिकबाट एउटा तेल ट्याङ्कर नियन्त्रणमा लिएको छ । भेनेजुएलाले यस कदमलाई वासिङ्टनको दबाब अभियानको पछिल्लो कडी भन्दै ‘चोरी र अपहरण’ को संज्ञा दिएको छ । दुई हप्ताभित्र दोस्रो पटक अमेरिकी सेनाले यस क्षेत्रमा तेल ट्याङ्कर रोकेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा जाने र त्यहाँबाट बाहिरिने ‘प्रतिबन्धित तेल जहाजहरू’ ...
। बंगलादेशमा भारतविरोधी आन्दोलन चर्किएसँगै भारतीय दूतावासले भिसा केन्द्र अनिश्चितकालका लागि बन्द गरेको छ । भारतीय भिसा आवेदन केन्द्र (आईभीएसी) ले चटगाउँस्थित भिसा केन्द्र अनिश्चितकालका लागि बन्द गरेको हो । आईवीएसीले हालै चटगाउँमा भएको घटनाले सुरक्षा संवदेनशीलता बढेको भन्दै २१ डिसेम्बर (आज) देखि लागू हुनेगरी अर्को सूचना जारी नभएसम्म बन्द गरिएको जनाएको छ । बंगलादेशमा विद्यार्थी नेता उस्मान ...
। पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले आफू र आफ्नी धर्मपत्नी बुशरा बिबीलाई तोसाखाना–२ भ्रष्टाचार मुद्दामा १७ वर्षको जेल सजाय सुनाइएपछि देशव्यापी विरोध प्रदर्शनको तयारी गर्न आफ्ना समर्थकहरूलाई आह्वान गरेका छन् । उनले उक्त फैसलाविरुद्ध इस्लामाबाद उच्च अदालतमा चुनौती दिने स्पष्ट सङ्केत दिएका छन् । हाल हिरासतमा रहेका तथा सामाजिक सञ्जालमा प्रत्यक्ष पहुँचमा नरहेका खानले आफ्नो कानुनी टोलीमार्फत ...
अमेरिकी यौन अपराधी जेफ्री एपस्टिनसँग सम्बन्धित फाइलहरूमध्ये १६ वटा फाइल शनिबार अबेर राति वेबसाइटबाट गायब भएका छन्
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम