मुख्य समाचार
मैदानको पश्चिमी भागबाट बार नै नाघेर प्रवेश गरेका दर्शक पिचसम्म पुगे
मैदानको पश्चिमी भागबाट बार नै नाघेर प्रवेश गरेका दर्शक पिचसम्म पुगे

। नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबारको दोस्रो खेल सकिएपछि मैदानमा दर्शकहरूको प्रवेश भयो । मैदानको पश्चिमी भागबाट बार नै नाघेर प्रवेश गरेका दर्शक पिचसम्म पुगेका थिए ।

उनीहरू खेलाडी भएको ठाउँसम्मै पुगेका थिए र सुरक्षाकर्मीहरूले बाहिर निकालेका थिए । तर, यसले खेलाडीको सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ ।

त्यसो त खेल चलिरहँदा अनिलले छक्का प्रहार गरेपछि दुई बालकहरू नै मैदानमा छिरेका थिए । उनीहरूलाई पनि लगत्तै बाहिर निकालिएको थियो ।

यसरी क्यानले पहिलो दिन दर्शक व्यवस्थापन गर्न नसकेको कुरा आइरहँदा सोमबारको खेलमा भने दर्शकहरू बार नै नाघेर मैदान प्रवेश गर्दा थप प्रश्न उठेको छ ।

शनिबार भएको उद्घाटन खेलमा पनि दर्शक र प्रहरीबीच धकेलाधकेल भएको थियो । त्यसक्रममा प्रहरीले लाठी चार्ज गर्नु परेको थियो । केही प्रहरी र दर्शकहरू घाइते भएका थिए ।

आज भएको दोस्रो खेलमा जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई ८ विकेटले पराजित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
वर्ल्ड चेस च्याम्पियनसिप प्रतियोगितामा भाग लिन कतारको दोहा जान लागेका दुई खेलाडीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिँदै बिदाइ
मधेशवादी दलमा एकता र मोर्चाबन्दीको लहर, जनमत एक्लै
। लुम्बिनी लायन्स पहिलोपटक सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै लुम्बिनीले दोस्रो संस्करणमा फाइनलमा स्थान बनाएको हो । लुम्बिनीले अब उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । रोयल्सले पहिलो क्वालिफायरमा विराटनगरलाई नै हराएर लगातार दोस्रो पटक फाइनलमा स्थान बनाइसकेको छ । लुम्बिनीले दिएको ...
साफ महिला क्लब च्याम्पियनसिप : एपीएफले आज ट्रान्सपोर्ट युनाइटेडसँग खेल्दै
: नेपाल प्रिमियर लिग (एनपीएल)को एलिमिनेटरमा काठमान्डु गोर्खाजलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी लायन्सले दोस्रो क्वालिफायर खेल्ने भएको छ। लुम्बिनी लायन्सले दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग खेल्नेछ। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको काठमान्डु गोर्खाज १९.१ ओभरमा १११ रनमा अलआउट भएको थियो। काठमान्डु गोर्खाजले दिएको ११२ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले १७.४ ओभरमा ६ ...