मुख्य समाचार
‘पुष्पा २’ ले नेपाली बक्स अफिसमा न्यूनतम ३ करोड रुपैयाँभन्दा बढी ओपनिङ गर्ने प्रक्षेपण
‘पुष्पा २’ ले नेपाली बक्स अफिसमा न्यूनतम ३ करोड रुपैयाँभन्दा बढी ओपनिङ गर्ने प्रक्षेपण

। भारतीय फिल्म ‘पुष्पा २’ ले नेपाली बक्स अफिसमा न्यूनतम ३ करोड रुपैयाँभन्दा बढी ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ । ४२० थ्रीडी र १७१ टुडी संस्करणका शोसहित बिहीबारदेखि यो फिल्म नेपालमा रिलिज हुँदैछ ।

फिल्मले पहिलो दिनमा कुल ५९१ शो पाएको छ । यो शो संख्या नेपालमा कुनै फिल्मले पाएको अहिलेसम्मकै सर्वाधिक संख्या हो । ओपनिङ कमाइमा अधिकांश हिस्सा थ्रीडी संस्करणको हुनेछ । एक थ्रीडीको औसत टिकट मूल्य ४५० हाराहारीमा हुन आउँछ ।

थ्रीडी र टुडीको हिसाब गर्दा पहिलो दिन ८० हजारदेखि १ लाख दर्शकले यो फिल्म हेर्ने अनुमान छ । अग्रिम टिकट बिक्रीको ट्रेन्ड हेर्दा बिहीबारका सबै शो शतप्रतिशत हुनेतर्फ अग्रसर छन् । बिहानी, दिउँसो र बेलुकाका सबै शो हाउसफुल छन् ।

वान सिनेमाजले बिहान साढे ४ बजे, बिग मुभिजले बिहान ४:१५, लबिम लगायतका हलले राति ११:४५ बजेको समेत शो दिएका छन् । यसको अर्थ ‘पुष्पा २’ चौबीसै घण्टा हलमा चल्नेछ । रनटाइम नै ३ घण्टा १५ मिनेटको भएकाले हलको ब्रेक जोड्दा पौने ४ घण्टा दर्शकले हलमा बिताउनुपर्नेछ ।

हलले बिहान ४ बजेदेखि राति १२ बजेसम्म नै शो दिएका छन् । फिल्मले बिहीबार, शुक्रबार र शनिबारसम्म मात्र ६ देखि ७ करोडसम्म कलेक्सन गर्ने अनुमान छ । किनभने, बिहानी शोको टिकट रेट आधा हुन्छ । यसले ग्रस कलेक्सन प्रभावित हुन्छ ।

चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको हलको सूचीअनुसार ‘पुष्पा २’ देशभरका सबै १६६ हलमा प्रदर्शन हुनेछ । ‘पुष्पा २’ प्रदर्शनलाई नियमन गर्न चलचित्र विकास बोर्डले पूर्वदेखि पश्चिमसम्मका हलमा कर्मचारी खटाउने तयारी थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— प्रसिद्ध गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ । मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा उपचारका क्रममा आइतबार उनको निधन भएको हो । इन्डियन एक्सप्रेसका अनुसार अस्पतालका डा. प्रतित समदानीले भोसलेको निधनको पुष्टि गरेका छन् । उनको निधनको कारण 'मल्टी-अर्गान फेलियर' रहेको पनि उनको भनाइ छ । थकित महसुस हुने र छातीमा ...
। मार्च २३ देखि २९, २०२६ सम्मको साप्ताहिक अवधिमा नेटफ्लिक्समा अंग्रेजी भाषाका फिल्मबीच ‘पीकी ब्लाइन्डर्सः द इम्मोर्टल म्यान’ सर्वाधिक हेरिएको फिल्म बनेको छ । यो फिल्मले कुल ३ करोड ६९ लाख घण्टा भ्यूज पाउँदै शीर्ष स्थान ओगटेको हो । चर्चित ‘पीकी ब्लाइन्डर्स’ कथालाई विस्तार गर्ने यो फिल्म एक शक्तिशाली अपराध साम्राज्य, सत्ता संघर्ष र व्यक्तिगत द्वन्द्वको ...
। कलाकार सागर लम्साल ‘बले’लाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले प्रहरीलाई अनुमति दिएका छन् । बलेमाथि अमेरिकामा बस्ने एक युवतीले जबरजस्ती करणी गरेको सामाजिक सञ्जालमार्फत आरोप लगाएकी छन् । सोही आरोपमा अनुसन्धान गर्न प्रहरीले पक्राउ गरेको जनाएको छ । तर, हालसम्म उनीविरुद्ध प्रहरीमा किटानी जाहेरी भने परिसकेको छैन । सोही ...
जादुको छडी समात्नुस् र झाडू तयार पार्नुस्, किनकि हग्वाट्र्स पुनः बोलाइरहेको छ । एचबीओले आफ्नो आगामी ‘ह्यारी पोटर’ सिरिजको पहिलो ट्रेलर सार्वजनिक गर्दै दर्शकलाई नयाँ ढंगले जादुयी संसारमा फर्किन निम्तो दिएको छ । नेटवर्कका अनुसार यसको पहिलो सिजन सन् २०२६ को क्रिसमसमा सार्वजनिक हुनेछ । ट्रेलरको सुरुवातमा ह्यारी डस्र्ली घरमा भर्‍याङमुनिको सानो कोठामा बसिरहेको देखिन्छ । ...
। यसवर्षको ‘मिस वर्ल्ड’ प्रतियोगिता भियतनाममा आयोजना हुने भएको छ । दक्षिणपूर्वी एसियाली मुलुकले पहिलोपटक प्रतिस्पर्धा आयोजना गर्न लागेको हो । यसको पुष्टि ‘मिस वर्ल्ड’ले अफिसियल सामाजिक सञ्जालका पृष्ठबाट समेत गरेको छ । यद्यपि, त्यहाँ हुने निश्चित भएपनि यसको औपचारिक घोषणा भने हुन बाँकी छ । मिस वर्ल्ड भियतनाम आयोजकले बुधबार राति यसबारे जानकारी दिँदै यस वर्षको ...