मुख्य समाचार
‘पुष्पा २’ ले नेपाली बक्स अफिसमा न्यूनतम ३ करोड रुपैयाँभन्दा बढी ओपनिङ गर्ने प्रक्षेपण
‘पुष्पा २’ ले नेपाली बक्स अफिसमा न्यूनतम ३ करोड रुपैयाँभन्दा बढी ओपनिङ गर्ने प्रक्षेपण

। भारतीय फिल्म ‘पुष्पा २’ ले नेपाली बक्स अफिसमा न्यूनतम ३ करोड रुपैयाँभन्दा बढी ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ । ४२० थ्रीडी र १७१ टुडी संस्करणका शोसहित बिहीबारदेखि यो फिल्म नेपालमा रिलिज हुँदैछ ।

फिल्मले पहिलो दिनमा कुल ५९१ शो पाएको छ । यो शो संख्या नेपालमा कुनै फिल्मले पाएको अहिलेसम्मकै सर्वाधिक संख्या हो । ओपनिङ कमाइमा अधिकांश हिस्सा थ्रीडी संस्करणको हुनेछ । एक थ्रीडीको औसत टिकट मूल्य ४५० हाराहारीमा हुन आउँछ ।

थ्रीडी र टुडीको हिसाब गर्दा पहिलो दिन ८० हजारदेखि १ लाख दर्शकले यो फिल्म हेर्ने अनुमान छ । अग्रिम टिकट बिक्रीको ट्रेन्ड हेर्दा बिहीबारका सबै शो शतप्रतिशत हुनेतर्फ अग्रसर छन् । बिहानी, दिउँसो र बेलुकाका सबै शो हाउसफुल छन् ।

वान सिनेमाजले बिहान साढे ४ बजे, बिग मुभिजले बिहान ४:१५, लबिम लगायतका हलले राति ११:४५ बजेको समेत शो दिएका छन् । यसको अर्थ ‘पुष्पा २’ चौबीसै घण्टा हलमा चल्नेछ । रनटाइम नै ३ घण्टा १५ मिनेटको भएकाले हलको ब्रेक जोड्दा पौने ४ घण्टा दर्शकले हलमा बिताउनुपर्नेछ ।

हलले बिहान ४ बजेदेखि राति १२ बजेसम्म नै शो दिएका छन् । फिल्मले बिहीबार, शुक्रबार र शनिबारसम्म मात्र ६ देखि ७ करोडसम्म कलेक्सन गर्ने अनुमान छ । किनभने, बिहानी शोको टिकट रेट आधा हुन्छ । यसले ग्रस कलेक्सन प्रभावित हुन्छ ।

चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको हलको सूचीअनुसार ‘पुष्पा २’ देशभरका सबै १६६ हलमा प्रदर्शन हुनेछ । ‘पुष्पा २’ प्रदर्शनलाई नियमन गर्न चलचित्र विकास बोर्डले पूर्वदेखि पश्चिमसम्मका हलमा कर्मचारी खटाउने तयारी थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। के-पप ब्याण्ड ‘ब्ल्याक पिंक’ की सदस्य रोजले विश्व संगीतको सर्वोच्च अवार्ड ग्रामीको मनोनयनमा इतिहास रचेकी छन् । २८ वर्षीया यी गायिका ग्रामीको मुख्य विधामा मनोनित हुने पहिलो के-पप आइडल बनिन् । सन् २०२६ को ग्रामी मनोनयनमा बहुचर्चित गीत ‘एपीटी’का लागि ब्रुनो मार्ससहित रोज चर्चित विधा रेकर्ड अफ द इयर, सङ अफ द इयर र बेस्ट पप ...
। बलिउड अभिनेता शाहरुख खानको आगामी फिल्म ‘किङ’ को बजेट दिन प्रतिदिन वृद्धि हुँदै गैरहेको छ । बलिउड हंगामाका अनुसार सिद्धार्थ आनन्दद्वारा निर्देशित यो एक्सन-थ्रीलरलाई अहिलेसम्मकै ठूलो बलिउड एक्सन प्रोजेक्ट बताइएको छ । स्रोतका अनुसार फिल्मको बजेट लगभग ३५० करोड भारु पुगेको छ, जसमा शाहरुख र टोलीले प्रचारमा गरेको खर्च र अन्य खर्च समावेश गरिएको छैन ...
। गत शुक्रबार संचार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले फिल्म कलाकारसँग अन्तक्रिया र भलाकुसारी गरे । त्यहाँ उनले आफ्ना कुरा राख्नेदेखि कलाकारको गुनासासम्म सुन्न भ्याए । त्यस क्रममा उनलाई विभिन्न कलाकारले सुझाव र सल्लाह दिए । अभिनेत्री नीति शाहले छायांकनको क्रममा महिला कलाकारलाई समस्या भएको भ्यानिटी भ्यानको व्यवस्था गर्न आग्रह गरिन् । शौचालय जडित ती भ्यान ल्याउन ...
। विश्व संगीतको सर्वोच्च अवार्ड ग्रामीले यसवर्षको मनोनयनको घोषणा गरेको छ । हिपहप स्टार केन्ड्रिक लामार सर्वाधिक ९ विधामा मनोनित भएका छन् । अघिल्लो वर्ष शीर्ष तीनमध्ये २ विधा जितेका लामारले यसवर्ष ‘जीएनएक्स’ एल्बम र ‘लुथर’ एकल ट्रयाक ल्याए । यी दुईको ब्लकबस्टर सफलताले हिपहप स्टारले सन् २०२६ को ग्रामीमा पनि वर्चस्व राख्ने अपेक्षा गर्न सकिन्छ ...
— पोखरा रंगशालामा शुक्रबार साँझ संगीत र खेल एकै मञ्चमा भेटिए, जब नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सको आयोजनामा लिजेन्ड्री ब्यान्ड नेपथ्यले रंगशालालाई छमछमी नचायो । ‘क्रिकेटका लागि नेपथ्य’ नारासहित आयोजित कन्सर्टमा १० हजार दर्शकको सहभागिता रहृयो । ७ हजार ८ सय जर्सी बिक्री र २ हजार २ सय अतिथि मिलेर रंगशाला भरिभराउ ...