मुख्य समाचार
बिग्रिएर र चालक नपाएर थन्किएको एम्बुलेन्स एक वर्षपछि संचालनमा
बिग्रिएर र चालक नपाएर थन्किएको एम्बुलेन्स एक वर्षपछि संचालनमा

— जिल्लाको छत्रेश्वरी गाउँपालिका–५ लेखपोखरास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा बिग्रिएर र चालक नपाएर थन्किएको एम्बुलेन्स एक वर्षपछि संचालनमा आएको छ । पालिकाले चालक भर्नाका साथै एम्बुलेन्स मर्मत गरेपछि संचालनमा आएको हो ।



एम्बुलेन्स संचालनमा आएपछि रातबिरातमा कोही बिरामी भएर जिल्ला अस्पताल लग्नु परेमा बोकेर झन्डै एक घन्टा हिँड्नु पर्ने बाध्यताको अन्त्य भएको र समयमै अस्पताल पुर्‍याउन पाउँदा राहत मिलेको लेखपोखराका धनबहादुर रोकाले बताए । ‘एम्बुलेन्स बिग्रिएर र चालक नपाएर थन्किँदा धेरै गाह्रो थियो,’ उनले भने, ‘तत्काल अस्पताल लग्नु पर्ने भएमा लान्ती तथा श्रीनगरबाट एम्बुलेन्स मगाउँदा आधा घन्टाभन्दा बढी समय कुर्नु पर्थ्यो ।’


एम्बुलेन्स संचालनमा आएपछि सबैभन्दा बढी गर्भवती महिला लाभान्वित भएको स्थानीय महिला पवित्रा घर्तीले बताइन् । ‘प्राथमिक स्वास्थ्य केन्द्रमा सुत्केरी हुन नसकेका गर्भवती महिलालाई जिल्ला अस्पताल लग्नुपर्ने बाध्यता हुन्थ्यो,’ उनले भनिन्, ‘भन्नेबित्तिकै गाडी नपाउँदा समस्या हुन्थ्यो । स्टेचरमा बोकेर लग्दा समयमै अस्पताल पुर्‍याउन नसक्दा बाटैमा सुत्केरी हुने, आमा तथा बच्चाको ज्यान जोखिममा पर्ने समस्या हुन्थ्यो । एम्बुलेन्स संचालनमा आएपछि त्यसबाट मुक्ति मिलेको छ ।’

वडाले गर्भवती र ज्येष्ठ नागरिकलाई एम्बुलेन्समा सवार हुँदा न्यून शुल्क मात्र लिने व्यवस्था गरेपछि आर्थिक अवस्था कमजोर भएकालाई पनि धेरै राहत मिलेको उनले बताइन् । एम्बलुेन्स संचालनमा आएपछि उपचारका लागि आएका बिरामीलाई रिफर गर्नुपर्दा फोन गरेर श्रीनगरमा रहेका एम्बुलेन्स तथा निजी गाडी मगाइदिनु पर्ने बाध्यता टरेको प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा.राजन अधिकारीले बताए ।

एम्बुलेन्स संचालनमा ल्याएपछि एक वर्षसम्म विभिन्न किसिमका कष्ट उठाउँदै आएका वडाबासीलाई धेरै राहत भएको प्राथमिक स्वास्थ्य केन्द्रका अध्यक्ष तथा वडाध्यक्ष फौदबहादुर बस्नेतले बताए । उनका अनुसार प्राथमिक स्वास्थ्य केन्द्रसँग बजेट नभएका कारण एम्बुलेन्स मर्मत र चालक खर्चसमेत पालिकाले ब्यहोरेको थियो । स्थानीयलाई स्वास्थ्योपचारमा सहज होस् भनी पालिकाले २०७५ सालमा एम्बुलेन्स किनेर प्राथमिक स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सुनसरीमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । विराटनगरबाट राजविराजतर्फ जाँदै गरेको को१ख ४५४१ नम्बरको ट्रङ्क हुलाकी राजमार्ग अन्तर्गत सुनसरीको भोक्राहानर्सिङ- ८, सोनियाहीमा अनियन्त्रित भई पल्टिँदा ५ जना मजदुरको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता चन्द्र खड्काका अनुसार घटना आज बिहान करिब ...
। शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले स्वास्थ्य बीमा कार्यक्रम बन्द गरेकाे छ । स्वास्थ्य बीमा बोर्डबाट शोधभर्ना बापत केन्द्रले पाउनुपर्ने रकम उपलब्ध नभएकाले कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न कठिनाइ भएको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालका प्रशासनको अनुसार १ माघदेखि अर्को सूचना नआएसम्म बीमा कार्यक्रम बन्द रहनेछ । यस अवधिमा स्वास्थ्य बीमा अन्तर्गतका सेवा उपलब्ध नहुने जनाइएको ...
: त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल, महाराजगञ्जले माघ १ गतेदेखि स्वास्थ्य बीमा उपचारका सम्पूर्ण सेवा रोक्ने निर्णय गरेको छ। अस्पतालले बिरामीको उपचार गर्दाको रकम बीमा बोर्डले उपलब्ध नगराएको भन्दै माघ १ गतेदेखि सेवा रोक्न बाध्य भएको अस्पताल प्रशासनको भनाइ छ। अस्पताल जारी सूचनामा स्वास्थ्य बीमा सेवा लिन आउने बिरामीको संख्या र चाप बढ्दै गएको तर, तर ...
: विराटनगर महानगरपालिका-४ स्थित नोबेल शिक्षण अस्पताल आसपासमा बिरामी ठग्ने काममा संलग्न रहेको पुष्टि भएपछि ७ वटा औषधि पसल (फार्मेसी)मा शुक्रबार ताला लगाइएको छ। जिल्ला प्रशासन कार्यालय मोरङ र औषधि व्यवस्था विभाग विराटनगरको संयुक्त टोलीले आकस्मिक अनुगमन गर्दै गम्भीर अनियमितता भेटिएपछि फार्मेसीहरू तत्काललाई सिल गरेको हो। अस्पतालनजिक सञ्चालनमा रहेका १४ वटा फार्मेसीमा एकैपटक अनुगमन गरिएको ...
अस्पताल पुग्न कठिन हुने ग्रामीण बस्तीका सर्वसाधारण लाई लक्षित गर्दै कोशी प्रदेश सरकारले स्वास्थ्य सेवा घरदैलोमै पुर्‍याउने नयाँ अभ्यास सुरु गरेको छ।