मुख्य समाचार
बिग्रिएर र चालक नपाएर थन्किएको एम्बुलेन्स एक वर्षपछि संचालनमा
बिग्रिएर र चालक नपाएर थन्किएको एम्बुलेन्स एक वर्षपछि संचालनमा

— जिल्लाको छत्रेश्वरी गाउँपालिका–५ लेखपोखरास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा बिग्रिएर र चालक नपाएर थन्किएको एम्बुलेन्स एक वर्षपछि संचालनमा आएको छ । पालिकाले चालक भर्नाका साथै एम्बुलेन्स मर्मत गरेपछि संचालनमा आएको हो ।



एम्बुलेन्स संचालनमा आएपछि रातबिरातमा कोही बिरामी भएर जिल्ला अस्पताल लग्नु परेमा बोकेर झन्डै एक घन्टा हिँड्नु पर्ने बाध्यताको अन्त्य भएको र समयमै अस्पताल पुर्‍याउन पाउँदा राहत मिलेको लेखपोखराका धनबहादुर रोकाले बताए । ‘एम्बुलेन्स बिग्रिएर र चालक नपाएर थन्किँदा धेरै गाह्रो थियो,’ उनले भने, ‘तत्काल अस्पताल लग्नु पर्ने भएमा लान्ती तथा श्रीनगरबाट एम्बुलेन्स मगाउँदा आधा घन्टाभन्दा बढी समय कुर्नु पर्थ्यो ।’


एम्बुलेन्स संचालनमा आएपछि सबैभन्दा बढी गर्भवती महिला लाभान्वित भएको स्थानीय महिला पवित्रा घर्तीले बताइन् । ‘प्राथमिक स्वास्थ्य केन्द्रमा सुत्केरी हुन नसकेका गर्भवती महिलालाई जिल्ला अस्पताल लग्नुपर्ने बाध्यता हुन्थ्यो,’ उनले भनिन्, ‘भन्नेबित्तिकै गाडी नपाउँदा समस्या हुन्थ्यो । स्टेचरमा बोकेर लग्दा समयमै अस्पताल पुर्‍याउन नसक्दा बाटैमा सुत्केरी हुने, आमा तथा बच्चाको ज्यान जोखिममा पर्ने समस्या हुन्थ्यो । एम्बुलेन्स संचालनमा आएपछि त्यसबाट मुक्ति मिलेको छ ।’

वडाले गर्भवती र ज्येष्ठ नागरिकलाई एम्बुलेन्समा सवार हुँदा न्यून शुल्क मात्र लिने व्यवस्था गरेपछि आर्थिक अवस्था कमजोर भएकालाई पनि धेरै राहत मिलेको उनले बताइन् । एम्बलुेन्स संचालनमा आएपछि उपचारका लागि आएका बिरामीलाई रिफर गर्नुपर्दा फोन गरेर श्रीनगरमा रहेका एम्बुलेन्स तथा निजी गाडी मगाइदिनु पर्ने बाध्यता टरेको प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा.राजन अधिकारीले बताए ।

एम्बुलेन्स संचालनमा ल्याएपछि एक वर्षसम्म विभिन्न किसिमका कष्ट उठाउँदै आएका वडाबासीलाई धेरै राहत भएको प्राथमिक स्वास्थ्य केन्द्रका अध्यक्ष तथा वडाध्यक्ष फौदबहादुर बस्नेतले बताए । उनका अनुसार प्राथमिक स्वास्थ्य केन्द्रसँग बजेट नभएका कारण एम्बुलेन्स मर्मत र चालक खर्चसमेत पालिकाले ब्यहोरेको थियो । स्थानीयलाई स्वास्थ्योपचारमा सहज होस् भनी पालिकाले २०७५ सालमा एम्बुलेन्स किनेर प्राथमिक स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नोबेल मेडिकल कलेज विराटनगरमा शल्यक्रिया गरिएका बिरामीको मृत्यु भएको छ । विरामीको मृत्यु भएपछि आफन्तले प्रदर्शन गरेका छन् । मृगौलाको पत्थरीको शल्यक्रिया गराएका मोरङ कानेपोखरी गाउँपालिका–६ का ५४ वर्षीय नेत्रप्रसाद भण्डारीको मृत्यु भएपछि आफन्तले प्रदर्शन गरेका हुन् । भण्डारीलाई मृगौलामा पत्थरी भएपछि उपचारका लागि वैशाख १७ गते अस्पताल भर्ना गरिएको थियो । उनको सोही दिन उनको दुरबिन ...
। जनकपुरधामस्थित कृष्णा मेडिकल एन्ड टेक्निकल रिसर्च सेन्टर अस्पतालमा शल्यक्रियापछि एक महिलाको मृत्यु भएको घटना एक लाख रुपैयाँमा मिलापत्र गरिएको छ । वैशाख १६ गते पित्तथैलीको शल्यक्रिया गराएकी महोत्तरीको बलवा नगरपालिका–१ बञ्चौरीकी ३६ वर्षीया रागनीदेवी पासवानको शुक्रबार बिहान मृत्यु भएको थियो । मृतक परिवारका अनुसार शल्यक्रियावापत बुझाएको ८० हजार रुपैयाँ फिर्ता गर्नुका साथै एक लाख रुपैयाँ ...
। जनकपुरधामको निजी अस्पतालमा शल्यक्रिया गरेका एक बिरामीको मृत्यु भएपछि बिरामीका आफन्तहरू आन्दोलनमा उत्रिएका छन् । कृष्णा मेडिकल एण्ड टेक्निकल रिसर्च सेन्टर हस्पिटलमा महोत्तरीको बलवा नगरपालिका १ बञ्चौरीका ३६ वर्षीया रागनी देवी पासवानको मृत्यु भएको हो । १६ गते साँझ पित्त थैलीमा रहेको पत्थरीको शल्यक्रिया गरिएको उनको शुक्रबार बिहान ३ बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ ...
: अस्पताल तथा स्वास्थ्य संस्थाभित्र हातपात, तोडफोड, तालाबन्दी तथा अवाञ्छित गतिविधि गर्नेलाई सरकारले कडा कानुनी कारबाही गर्ने चेतावनी दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो समय यस्ता गतिविधि बढ्दै गएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। मन्त्रालयका अनुसार केही व्यक्तिहरूले अस्पताल परिसरमा स्वीकृति विना प्रवेश गरी बिरामी तथा स्वास्थ्यकर्मीको फोटो-भिडियो खिच्ने, ...
: विराटनगरस्थित कोशी अस्पतालले सरकारको निर्देशन अवज्ञा गर्दा शुक्रबार उपचारका लागि पुगेका दर्जनौं बिरामी निराश हुँदै फर्किन बाध्य भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको निर्देशन अस्पतालले कार्यान्वयन नगरेपछि बिरामी उपचारविहीन बनेर फर्किएका छन् । अस्पतालको सेवा प्रवाहमा गम्भीर प्रश्न उठेको छ । उभौली पर्व, बुद्ध जयन्ती र अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सार्वजनिक बिदाका दिन ...