मुख्य समाचार
भारत र श्रीलंकापछि अमेरिकी सहायक विदेशमन्त्री लु नेपाल आउने
भारत र श्रीलंकापछि अमेरिकी सहायक विदेशमन्त्री लु नेपाल आउने

: अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु भारत, श्रीलंका र नेपालको भ्रमणमा निस्किएका छन् । भारत र श्रीलंकाको भ्रमण सकाएर सहायक विदेश मन्त्री लु नेपाल आउने छन् ।


अमेरिकी विदेश मन्त्रालयका अनुसार सहायक विदेशमन्त्री लुले डिसेम्बर ३ देखि १० सम्म यी मुलुकहरुको भ्रमण गर्ने छन् ।


डिसेम्बर ५ मा भारत भ्रमण सकाएर लु श्रीलंका जाँदै छन् । त्यसपछि उनी नेपाल आउने कार्यक्रम रहेको छ । नेपाल बसाईका क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री आरजु राणा देउवा लगायत अन्य राजनीतिक दलका उच्च नेताहरुसँग समेत भेट र छलफल गर्नेछन् ।
सहायक विदेशमन्त्री लुले यहाँ रहेका बेला नेपाली युवापुस्ताका नेताहरुसँग समेत अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ। सहायक विदेश मन्त्री लुले यसअघि तीन पटक नेपाल भ्रमण गरिरकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कैलालीमा साढे ७ ग्राम लागूऔषध खैरो हेरोइनसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा टीकापुर नगरपालिका–१ बनगाउँ बस्ने २३ वर्षीय शिबम थापामगर, २७ वर्षीय विकास चौधरी र २७ वर्षीय विज्ञान शाही रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिए । उनकाअनुसार लागूऔषध खैरो हेरोइनको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी चौकी ...
: दक्षिणी रोल्पाको चुन ढुंगा उत्खनन कार्यलाई स्थानीयले मंगलबारदेखि रोक लगाएका छन्। त्रिवेणी गाउँपालिका–३ को रानागाउँमा सिमेन्ट उद्योगका लागि चुन ढुंगा निकाल्ने कार्यलाई स्थानीय र संघर्ष समितिले रोक लगाएका हुन्। सम्झौताविपरीत खानी सञ्चालन गरिएको भन्दै गाउँलेले खानी स्थलमै गएर डोजर र ढुवानीका साधन सञ्चालन हुन नदिएका हुन्। खानी सञ्चालन भएपछि स्थानीय र आसपासको क्षेत्रलाई पीडित बनाएको ...
। नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सबाट खेल्न अस्ट्रेलियाका अलराउन्डर विलियम बोसिस्टो नेपाल आएका छन् । उनी मंगलबार साँझ काठमाडौं आइपुगेका हुन् । उनलाई कर्णाली याक्सका प्रशिक्षक ज्ञानेन्द्र मल्ल र कन्सलटेन्ट कोच राजु बस्नेतले विमानस्थलमा स्वागत गरेका थिए । ३१ वर्षीय बोसिस्टोले फर्स्ट क्लास, लिस्ट ‘ए’ र टी-२० ...
। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पालिका सभापतिहरुको संरक्षण आफूले गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कोइराला पक्षले विराटनगरमा पालिका सभापतिहरूको सम्मेलन राखेपछि आधिकारिक कार्यक्रम नभएको पत्राचार गरेको थियो । २२ मंसिरमा कोशीको प्रदेश सम्मेलन अघि पार्टीको औपचारिक कार्यक्रम नभएको पत्र कोशीका पालिका सभापतिलाई केन्द्रले हिजो सूचना जारी गरेको थियो । संस्थापनइतरले राखेको कार्यक्रममा पार्टीमा विवाद ...
— सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले टिकटक डिजिटल प्लेटर्फम मन्त्रालयमा सूचीकरण भई सञ्चालनमा आएपछि समाजप्रति उत्तरदायी भएको बताइन् । उनले टिकटकले जस्तै अन्य सामाजिक सञ्जाल प्रयोगकर्तालाई सूचीकरण भई उत्तरदायी भूमिका निर्वाह गर्न अनुरोध गरेकी छिन् । काठमाडौंमा आज मन्त्रालयको समन्वयमा ‘टिकटक’ले आयोजना गरेको ‘डिजिटल सेफ्टी समिट’ कार्यक्रममा सचिव अर्यालले डिजिटल सुरक्षाको हिसाबले ...