मुख्य समाचार
नेपाल-चीनबीच भएका सहमति र समझदारीका ९ बुँदा
नेपाल-चीनबीच भएका सहमति र समझदारीका ९ बुँदा

। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा दुई देशबीच ९ वटा सहमति र समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले दिएको जानकारी अनुसार ९ विषयमा सहमति समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

टोखा छहरे सुरुङमार्ग सम्बन्धी पत्रको आदानप्रदान
नेपाल चीन व्यापार अभिवृद्धि सम्बन्धी समझदारी पत्र
नौ तले बसन्तपुर दरबार पुनर्निर्माण सम्पन्न सम्बन्धी प्रमाणपत्र आदानप्रदान
थर्मल्ली प्रोसेस्ड बफेलो मिट निर्यात सम्बन्धी प्रोटोकल
विकास योजना सम्बन्धी समझदारी पत्र
आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी समझदारी पत्र
नगद सहयोग सम्बन्धी पत्र आदानप्रदान
स्वयंसेवी चिनियाँ भाषा शिक्षक सम्बन्धी समझदारी पत्र र
नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुप बीच सञ्चार प्रविधि सम्बन्धी समझदारी पत्र
आज बिहान प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीच दुईपक्षीय भेटवार्ता भएपछि दुई देशका अधिकारीहरुले सहमति र समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।

ग्रेट हल अफ दी पिपुलमा भएको दुई पक्षीय वार्ताले दुई देशको सम्बन्धलाई अझ उचाइमा लग्न सहयोग पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।



खासगरी कनेक्टिभिटी, इण्डस्ट्रियल डेभलपमेन्ट, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट, मेडिकल कोअपरेसन, एग्रिकल्चर, ट्रेड, टुरिजम, इन्भेष्टमेन्ट, साइन्स एण्ड टेक्नोलोजी, स्पोर्टस् , डिजास्टर म्यानेजमेन्ट, पिपुल टु पिपुल कन्ट्याक्ट र गरिबी निवारण लगायतका विषयमा सहयोग अदान प्रदान गर्ने विषयमा सहमति र समझदारी भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता ढकालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कैलालीमा साढे ७ ग्राम लागूऔषध खैरो हेरोइनसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा टीकापुर नगरपालिका–१ बनगाउँ बस्ने २३ वर्षीय शिबम थापामगर, २७ वर्षीय विकास चौधरी र २७ वर्षीय विज्ञान शाही रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिए । उनकाअनुसार लागूऔषध खैरो हेरोइनको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी चौकी ...
: दक्षिणी रोल्पाको चुन ढुंगा उत्खनन कार्यलाई स्थानीयले मंगलबारदेखि रोक लगाएका छन्। त्रिवेणी गाउँपालिका–३ को रानागाउँमा सिमेन्ट उद्योगका लागि चुन ढुंगा निकाल्ने कार्यलाई स्थानीय र संघर्ष समितिले रोक लगाएका हुन्। सम्झौताविपरीत खानी सञ्चालन गरिएको भन्दै गाउँलेले खानी स्थलमै गएर डोजर र ढुवानीका साधन सञ्चालन हुन नदिएका हुन्। खानी सञ्चालन भएपछि स्थानीय र आसपासको क्षेत्रलाई पीडित बनाएको ...
। नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सबाट खेल्न अस्ट्रेलियाका अलराउन्डर विलियम बोसिस्टो नेपाल आएका छन् । उनी मंगलबार साँझ काठमाडौं आइपुगेका हुन् । उनलाई कर्णाली याक्सका प्रशिक्षक ज्ञानेन्द्र मल्ल र कन्सलटेन्ट कोच राजु बस्नेतले विमानस्थलमा स्वागत गरेका थिए । ३१ वर्षीय बोसिस्टोले फर्स्ट क्लास, लिस्ट ‘ए’ र टी-२० ...
। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पालिका सभापतिहरुको संरक्षण आफूले गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कोइराला पक्षले विराटनगरमा पालिका सभापतिहरूको सम्मेलन राखेपछि आधिकारिक कार्यक्रम नभएको पत्राचार गरेको थियो । २२ मंसिरमा कोशीको प्रदेश सम्मेलन अघि पार्टीको औपचारिक कार्यक्रम नभएको पत्र कोशीका पालिका सभापतिलाई केन्द्रले हिजो सूचना जारी गरेको थियो । संस्थापनइतरले राखेको कार्यक्रममा पार्टीमा विवाद ...
— सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले टिकटक डिजिटल प्लेटर्फम मन्त्रालयमा सूचीकरण भई सञ्चालनमा आएपछि समाजप्रति उत्तरदायी भएको बताइन् । उनले टिकटकले जस्तै अन्य सामाजिक सञ्जाल प्रयोगकर्तालाई सूचीकरण भई उत्तरदायी भूमिका निर्वाह गर्न अनुरोध गरेकी छिन् । काठमाडौंमा आज मन्त्रालयको समन्वयमा ‘टिकटक’ले आयोजना गरेको ‘डिजिटल सेफ्टी समिट’ कार्यक्रममा सचिव अर्यालले डिजिटल सुरक्षाको हिसाबले ...