मुख्य समाचार
सैनिक शासनको निर्णयबाट पछि हटे दक्षिण कोरियाका राष्ट्रपति
सैनिक शासनको निर्णयबाट पछि हटे दक्षिण कोरियाका राष्ट्रपति

। दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल देशमा सैनिक शासन (मार्शल ल) लगाउने निर्णयबाट पछि हटेका छन् । यो निर्णयको प्रतिपक्षी दलले तीव्र विरोध जनाएपछि राष्ट्रपति योलले आफ्नो निर्णय केही घण्टामै बदलेका हुन् ।

उनले मंगलबार राति राष्ट्रका नाममा सम्बोधन गर्दै देशको सुरक्षा गर्न मार्शल ल लगाउनु परेको बताएका थिए । ‘उत्तरकोरियाको कम्युनिष्ट शक्तिबाट देशको सुरक्षाका लागि र देश विरोधी तत्वलाई अन्त्य गर्नका लागि मार्शल ल लागू गर्नु परेको छ,’ उनले भनेका थिए । उनले देशमा मार्शल ल कहिलेसम्म जारी रहन्छ भन्ने पनि स्पष्ट पारेका थिएनन् ।




यो घोषणा लगत्तै सैनिकहरु संसद भवन र वरपरका क्षेत्रमा तैनाथ भएका थिए । उनीहरुले संसद भवनमा कसैलाई पनि प्रवेश दिएका थिएनन् ।

त्यसको प्रतिवाद गर्दै प्रतिपक्षी दल सडकमा उत्रिएको थियो ।



राष्ट्रपति योलले विनाकारण सैन्य शासन लागू गरेको र यो असंवैधानिक समेत भएको प्रतिपक्षीको भनाइ थियो ।

त्यसपछि फेरि विशेष सम्बोधन गर्दै राष्ट्रपति योलले मार्शल ल लगाउने निर्णय फिर्ता लिएको बताए । उनले संसदले मार्शल ल हटाउन माग गरेकाले आफूले सेनालाई फिर्ता बोलाएको बताए । उनले भने, ‘मैले नेशनल एसेम्बलीको अनुरोधलाई स्वीकार गरेको छु र मन्त्रिपरिषद बैठकमार्फत् मार्शल ल हटाउने छु ।’

दक्षिण कोरियाका सांसदहरुले नेशनल एसेम्बलीको मध्यरात्रि सत्रमा ‘मार्शल ल’ लगाउने निर्णय फिर्ता हुनुपर्ने प्रस्ताव पारित गरेका थिए । यसैकारण राष्ट्रपति योल आफ्नो निर्णयबाट पछि हटेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पश्चिम अफ्रिकी मुलुक मालीका रक्षामन्त्री सादियो केमाराको एक आत्मघाती ट्रक विष्फोटमा मृत्यु भएको छ । राजधानी बमाको नजिकै रहेको निवासमा भएको आत्मघाती ट्रक विष्फोटमा उनको मृत्यु भएको हो । रक्षामन्त्री केमाराका परिवारले उनको मृत्यु आत्मघाती ट्रक विष्फोटमा भएको पुष्टि गरेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार घटनाको केही घण्टापछि मालीको सरकारी टेलिभिजनले विष्फोटमा गम्भीर घाइते ...
। अमेरिकी केन्द्रीय बैङ्क फेडरल ‘रिजर्भ’ ले आगामी बैठकमा ब्याजदर यथावत राख्ने सम्भावना उच्च देखिएको छ, जसलाई विश्लेषकहरूले हालको आर्थिक र भूराजनीतिक अवस्थासँग जोडेर हेरेका छन् । अहिले ब्याजदर ३.५० प्रतिशत देखि ३.७५ प्रतिशत को दायरामा छ र यसलाई परिवर्तन नगरी कायम राख्ने अपेक्षा गरिएको छ । यसको मुख्य कारण मध्यपूर्वमा जारी युद्ध हो, जसले विश्वव्यापी ...
: क्युरियोसिटी रोभरले मंगल ग्रहमा पहिलो पटक गरिएको प्रयोगमा जीवनका ‘निर्माण ब्लक’ पत्ता लगाएको छ । क्युरियोसिटी रोभरले मंगल ग्रहमा अहिलेसम्म फेला परेको सबैभन्दा विविध प्रकारका जैविक अणुहरू फेला पारेको छ । जसमा सात वटा यस्ता यौगिकहरू पनि छन् जुन यसअघि रातो ग्रहमा कहिल्यै भेटिएका थिएनन् । यी कार्बनयुक्त यौगिकहरू त्यही ‘निर्माण ब्लक’ हुन् जसले पृथ्वीमा ...
: इरानी विदेशमन्त्री अब्बास अराघची र पाकिस्तानका फिल्ड मार्सल असिम मुनीरबीच भेटवार्ता भएको छ। अराघची शुक्रबार र शनिबारको मध्यरातमा इस्लामाबाद आइपुगेका हुन्। उनको यस भ्रमणका क्रममा अमेरिकासँगको बैठकको कुनै औपचारिक योजना भने प्रस्ताव गरिएको छैन्। अराघचीले शुक्रबार 'एक्सु (ट्विटर) मा एक पोस्ट गर्दै पाकिस्तानको भ्रमणपछि आफू ओमान र रुसको यात्रामा जाने जानकारी दिएका थिए। इरानी सरकारी ब्रोडकास्टरले ...
इरानी सेनाले अमेरिकाले होर्मुजको जलडमरूको नाकाबन्दी जारी राखेमा जवाफी कारबाही गरिने चेतावनी दिएको छ। सेनाको कमाण्ड सेन्टरद्वारा जारी गरिएको विज्ञप्तिमा अमेरिकी सेनाले यस क्षेत्रमा नाकाबन्दी, समुन्द्री लुटपाट र डकैती जारी राखेमा इरानी सेनाबाट जवाफी कारबाहीको सामना गर्नुपर्ने उल्लेख छ। अप्रिल १३ मा इरानी बन्दरगाहहरूमा समुद्री यातायातमा नाकाबन्दी लगाएदेखि अमेरिकाले धेरै जहाजहरूलाई नियन्त्रणमा लिएको छ। यो मुद्दा ...