मुख्य समाचार
टिकटकले जस्तै अरु सामाजिक सञ्जाल सरकारको सूचीकरणमा आउनुपर्छ : सचिव अर्याल
टिकटकले जस्तै अरु सामाजिक सञ्जाल सरकारको सूचीकरणमा आउनुपर्छ : सचिव अर्याल

— सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले टिकटक डिजिटल प्लेटर्फम मन्त्रालयमा सूचीकरण भई सञ्चालनमा आएपछि समाजप्रति उत्तरदायी भएको बताइन् । उनले टिकटकले जस्तै अन्य सामाजिक सञ्जाल प्रयोगकर्तालाई सूचीकरण भई उत्तरदायी भूमिका निर्वाह गर्न अनुरोध गरेकी छिन् ।



काठमाडौंमा आज मन्त्रालयको समन्वयमा ‘टिकटक’ले आयोजना गरेको ‘डिजिटल सेफ्टी समिट’ कार्यक्रममा सचिव अर्यालले डिजिटल सुरक्षाको हिसाबले टिकटक मर्यादित हुँदैआएको बताइन् । उनले मन्त्रालयसमक्ष सूचीकृत भएर टिकटक सञ्चालनमा आउनु सकारात्मक कार्य भएको र अरु सामाजिक सञ्जाललाई पनि यसरी नै सरकारको सूचीकरणमा आउन आह्वान गरिन् ।


'डिजिटल सुरक्षाका हिसाबले अरु सामाजिक सञ्जालभन्दा टिकटक विश्वसनीय छ,' सचिव अर्यालले भनिन्, 'अरु सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि यो सकारात्मक कार्यको अनुशरण गर्नपर्छ ।'

डिजिटल प्लेटर्फमलाई समाजप्रति पारदर्शी, मर्यादित र जवाफदेहिता बनाउन मन्त्रालयले निरन्तर प्रयास गरिरहेको सचिव उनले जानकारी दिइन् । सामाजिक सञ्जाल नियन्त्रण गर्ने सरकारको उद्देश्य नभएर सुरक्षित र मर्यादित बनाउने रहेको सचिव अर्यालले बताइन् । साथै यसका लागि सरकारलाई सबैको सहकार्य जरुरी रहेको उनको भनाइ थियो ।

'सामाजिक सञ्जाल व्यवस्थापनमा प्रयोगकर्ताले ‘कन्टेन्टमा करेक्सन’ गरे धेरै हदसम्म समस्या समाधान हुन्छ,' उनले भनिन् । सचिव अर्यालले सरकारको डिजिटल नेपाल बनाउने उद्देश्य सार्थक बनाउन सामाजिक सञ्जालको अहम् भूमिका हुने बताइन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कैलालीमा साढे ७ ग्राम लागूऔषध खैरो हेरोइनसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा टीकापुर नगरपालिका–१ बनगाउँ बस्ने २३ वर्षीय शिबम थापामगर, २७ वर्षीय विकास चौधरी र २७ वर्षीय विज्ञान शाही रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिए । उनकाअनुसार लागूऔषध खैरो हेरोइनको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी चौकी ...
: दक्षिणी रोल्पाको चुन ढुंगा उत्खनन कार्यलाई स्थानीयले मंगलबारदेखि रोक लगाएका छन्। त्रिवेणी गाउँपालिका–३ को रानागाउँमा सिमेन्ट उद्योगका लागि चुन ढुंगा निकाल्ने कार्यलाई स्थानीय र संघर्ष समितिले रोक लगाएका हुन्। सम्झौताविपरीत खानी सञ्चालन गरिएको भन्दै गाउँलेले खानी स्थलमै गएर डोजर र ढुवानीका साधन सञ्चालन हुन नदिएका हुन्। खानी सञ्चालन भएपछि स्थानीय र आसपासको क्षेत्रलाई पीडित बनाएको ...
। नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सबाट खेल्न अस्ट्रेलियाका अलराउन्डर विलियम बोसिस्टो नेपाल आएका छन् । उनी मंगलबार साँझ काठमाडौं आइपुगेका हुन् । उनलाई कर्णाली याक्सका प्रशिक्षक ज्ञानेन्द्र मल्ल र कन्सलटेन्ट कोच राजु बस्नेतले विमानस्थलमा स्वागत गरेका थिए । ३१ वर्षीय बोसिस्टोले फर्स्ट क्लास, लिस्ट ‘ए’ र टी-२० ...
। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पालिका सभापतिहरुको संरक्षण आफूले गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कोइराला पक्षले विराटनगरमा पालिका सभापतिहरूको सम्मेलन राखेपछि आधिकारिक कार्यक्रम नभएको पत्राचार गरेको थियो । २२ मंसिरमा कोशीको प्रदेश सम्मेलन अघि पार्टीको औपचारिक कार्यक्रम नभएको पत्र कोशीका पालिका सभापतिलाई केन्द्रले हिजो सूचना जारी गरेको थियो । संस्थापनइतरले राखेको कार्यक्रममा पार्टीमा विवाद ...
। कोशी प्रदेशमा आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनको नतिजाबारे नेकपा एमाले र नेपाली कांग्रेसले अनपेक्षित भनेका छन् । जित्ने आंकलन गरेकै ठाउँमा पनि हार व्यहोर्नपरेको नेकपा एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले बताए। ‘हाम्रा लागि अपेक्षित परिणाम होइन, जित्ने आंकलन गरेको ठाउँमा पनि हार्‍यौं,’ खतिवडाले अनलाइनखबरसँग भने । उनका अनुसार पार्टीले यस्तो नतिजा आउनुका कारणबारे ...