मुख्य समाचार
विराटनगरमा पालिका सभापति भेला गरेर शेखरले भने- तपाईंहरूको संरक्षण म गर्छु
विराटनगरमा पालिका सभापति भेला गरेर शेखरले भने- तपाईंहरूको संरक्षण म गर्छु

। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पालिका सभापतिहरुको संरक्षण आफूले गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कोइराला पक्षले विराटनगरमा पालिका सभापतिहरूको सम्मेलन राखेपछि आधिकारिक कार्यक्रम नभएको पत्राचार गरेको थियो । २२ मंसिरमा कोशीको प्रदेश सम्मेलन अघि पार्टीको औपचारिक कार्यक्रम नभएको पत्र कोशीका पालिका सभापतिलाई केन्द्रले हिजो सूचना जारी गरेको थियो । संस्थापनइतरले राखेको कार्यक्रममा पार्टीमा विवाद उत्पन्न भएको थियो ।




पार्टीले औपचारिक रुपमा जानकारी गराएपछि शेखर पक्षले बोलाएको भेलामा उपस्थित हुने नहुनेमा पालिका सभापतिहरू अन्योलमा परेका थिए । कोशीका १३७ पालिकाबाट ११३ पालिका सभापति भेलामा सहभागी भएको शेखर पक्षले जनाएको छ ।

आफ्नो पक्षको भेलामा आएका पालिका अध्यक्षहरुलाई भय नराख्न आग्रह गर्दै संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरे । भेलामा शेखरले भने,‘कुनै किसिमको डर, धाक, धम्कीबाट उहाँहरु आत्तिनुभएन । तपाईंहरू निस्फिक्रि भएर घर जानुस् । तपाईंहरूको संरक्षण म गर्छु ।’ आज लागि तय भएको कार्यक्रम धेरै पहिले नै टुंगो लगाएकाले विवाद गर्नुपर्ने विषय नरहेको बताए । विराटनगर र सुनसरी बाहेकका पालिका सभापतिलाई अलि टाढा रहेकाले प्रशिक्षणको उद्देश्यले भेला डाकिएको उनले सुनाए ।



पालिका र महानगरका सभापतिका लागि विधान अधिकार खुम्चिएको र उनीहरूको माग सम्बोधन गर्न तयार रहेको कोइरालाले बताए । महानगरपालिका सभापतिहरूलाई माग आफूलाई ज्ञान भएको कोइरालाले बताए । ‘उहाँहरूले मागेको भन्दा पनि केही कुुरा दिन सकिन्छ भने दिऔं भनेको छु । उहाँहरूलाई दिन्छौं/गर्छौं भन्ने कुरा विश्वास दिलाउन चाहन्छु ।’

संविधान संशोधन गर्ने गरी गठन भएको सरकारले त्यसतर्फ पहलकदमी नलिएको शेखरले चर्चा गरे । सरकार बनेको चार महिना लाग्दा समेत सत्ता पक्ष र अन्य दलसँग पनि छलफल हुन नसकेको बताए ।

‘त्यसको लागि कल्लो के रोकेको छ? र, किन भइराखेको छैन,’ शेखरले भने । १५ औं महाधिवेशनबाट गलत कुरा हुन नदिने र कार्यकर्ताको संरक्षण आफूले गर्ने जिम्मेवारी लिने बताए ।

नेता शेखरले २०८३ को मंसिरसम्म १५ औं महाधिवेशन हुने सम्भावना नदेखेको बताए । अधिवेशनमा समयमा हुनुपर्छ भनी गाउँ गाउँमा भन्नु जरुरी र दबाब सिर्जना गर्नुपर्ने अवस्था रहेको बताए । ‘क्रियाशील सदस्यताको अहिले जुन भइरहेको छ । यो तरिकाले अधिवेशन समय हुने सम्भावना छैन,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कैलालीमा साढे ७ ग्राम लागूऔषध खैरो हेरोइनसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा टीकापुर नगरपालिका–१ बनगाउँ बस्ने २३ वर्षीय शिबम थापामगर, २७ वर्षीय विकास चौधरी र २७ वर्षीय विज्ञान शाही रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिए । उनकाअनुसार लागूऔषध खैरो हेरोइनको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी चौकी ...
: दक्षिणी रोल्पाको चुन ढुंगा उत्खनन कार्यलाई स्थानीयले मंगलबारदेखि रोक लगाएका छन्। त्रिवेणी गाउँपालिका–३ को रानागाउँमा सिमेन्ट उद्योगका लागि चुन ढुंगा निकाल्ने कार्यलाई स्थानीय र संघर्ष समितिले रोक लगाएका हुन्। सम्झौताविपरीत खानी सञ्चालन गरिएको भन्दै गाउँलेले खानी स्थलमै गएर डोजर र ढुवानीका साधन सञ्चालन हुन नदिएका हुन्। खानी सञ्चालन भएपछि स्थानीय र आसपासको क्षेत्रलाई पीडित बनाएको ...
। नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सबाट खेल्न अस्ट्रेलियाका अलराउन्डर विलियम बोसिस्टो नेपाल आएका छन् । उनी मंगलबार साँझ काठमाडौं आइपुगेका हुन् । उनलाई कर्णाली याक्सका प्रशिक्षक ज्ञानेन्द्र मल्ल र कन्सलटेन्ट कोच राजु बस्नेतले विमानस्थलमा स्वागत गरेका थिए । ३१ वर्षीय बोसिस्टोले फर्स्ट क्लास, लिस्ट ‘ए’ र टी-२० ...
— सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले टिकटक डिजिटल प्लेटर्फम मन्त्रालयमा सूचीकरण भई सञ्चालनमा आएपछि समाजप्रति उत्तरदायी भएको बताइन् । उनले टिकटकले जस्तै अन्य सामाजिक सञ्जाल प्रयोगकर्तालाई सूचीकरण भई उत्तरदायी भूमिका निर्वाह गर्न अनुरोध गरेकी छिन् । काठमाडौंमा आज मन्त्रालयको समन्वयमा ‘टिकटक’ले आयोजना गरेको ‘डिजिटल सेफ्टी समिट’ कार्यक्रममा सचिव अर्यालले डिजिटल सुरक्षाको हिसाबले ...
। कोशी प्रदेशमा आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनको नतिजाबारे नेकपा एमाले र नेपाली कांग्रेसले अनपेक्षित भनेका छन् । जित्ने आंकलन गरेकै ठाउँमा पनि हार व्यहोर्नपरेको नेकपा एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले बताए। ‘हाम्रा लागि अपेक्षित परिणाम होइन, जित्ने आंकलन गरेको ठाउँमा पनि हार्‍यौं,’ खतिवडाले अनलाइनखबरसँग भने । उनका अनुसार पार्टीले यस्तो नतिजा आउनुका कारणबारे ...