मुख्य समाचार
लुम्बिनीमाथि विराटनगरको रोमाञ्चक विजय
लुम्बिनीमाथि विराटनगरको रोमाञ्चक विजय

— विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पहिलो विजय हात पारेको छ । विराटनगरले बुधबार रोमाञ्चक खेलमा लुम्बिनी लायन्सलाई २ विकेटले पराजित गर्‍यो । पहिलो दुई खेल हारेको विराटनगरले तेस्रो खेलमा आएर पहिलो विजय निकालेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले बुधबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ९१ रन बनाएको थियो । लोकेश बमले ४७ बलमा ७१ रन बनाएपछि विराटनगरले १ बल अगाडि लक्ष्य पूरा गर्‍यो ।

लुम्बिनीले जारी प्रतियोगितामा सर्वाधिक स्कोर बनाएको थियो । विराटनगरले १९.५ ओभरमा १ सय ९३ रन बनाएको हो । विराटनगरलाई अन्तिम ओभरमा जितका लागि १६ रनको आवश्यकता थियो । विवेक यादवले पहिलो दुई बल वाइड फाल्न पुगेका थिए । तेस्रो बलमा उनले विराटनगरका कप्तान सन्दीप लामिछानेलाई आउट गरे ।

त्यसपछि आएका क्रिस सोलले पहिलो बलमा कुनै रन प्रहार गर्न सकेनन् । तर आफूले सामना गरेको दोस्रो बलमा छक्का प्रहार गरेका उनले अर्को दुई लगातार बलमा चौका प्रहार गरी विराटनगरलाई विजय दिलाए । सोलले ३ बलमा अविजित १६ रन बनाए । विवेक निकै खर्चालु भए । उनले ३.५ ओभरमा ६४ रन खर्चन पुगे ।

प्लेयर अफ द म्याच लोकेशले ३ चौका र ६ छक्का प्रहार गरे । रामोन सिमोन्ड्सले पहिलो ओभरमै इस्मातुल्लाह आलमलाई आउट गरी लुम्बिनीलाई राम्रो सुरुआत दिलाएका थिए । अर्का ओपनर मार्टिन गप्टिलले १७ बल खेलि ६ चौकासहित २८ रन बनाए ।

राजेश पुलामी ४ रन र निकोलस कृतन पहिलो बलमै आउट भए पनि लोकेशले बसिर अहमदसँग पाँचौं विकेटमा ४० बलमा ७७ रन जोडेका थिए । बसिरले २३ बल खेलि ४ चौकासहित ४० रन बनाए । प्रतिस जिसी ३ बलमा ६ रनमा आउट भए पनि दीपक बोहराले ८ बलमा अविजित ९ रन बनाए ।

लुम्बिनीबाट दुर्गेश गुप्ताले ३ विकेट लिए । उनले ४ ओभरमा २१ रनमात्र खर्चेका थिए । सिमोन्ड्सले ४ ओभरमा ३३ र साद बिन जाफरले ४ ओभरमा ३५ रन खर्चेर २–२ विकेट लिए ।

यस्तै पहिलो इनिङ्समा कप्तान रोहित पौडेलले सर्वाधिक ४६ रन बनाएका थिए । उनले २९ बल खेली ४ चौका र २ छक्का प्रहार गरे । ओपनरद्वय आशुतोष घिरोहिया १३ बलमा २ चौका र १ छक्का प्रहार गरि १५ रन बनाई रन आउट भए भने १९ बलमा ३ चौकासहित १७ रन बनाएका अर्जुन साउदलाई आलमले बोल्ड गरे ।

रोहितले टम मुर्ससँग तेस्रो विकेटमा ३३ बलमा ६७ रनको साझेदारी गरे । अनिल खरेलको बलमा लगातार तीन छक्का प्रहार गरेका मुर्स १७ बलमा ३० रन बनाई रनआउट भए । लुम्बिनीका चार ब्याटर रन आउट भएका थिए । त्यसमा सन्दीप जोरा १२ र बेन कटिङ ६ रनमा थिए ।

जाफरले १३ बलमा १ छक्कासहित १५ रन बनाए । अन्तिम ओभरको पहिलो दुई बलमा बसिरलाई लगातार छक्का प्रहार गरेका विवेकले ७ बलमा कुल ३ छक्कासहित १९ रन बनाई अविजित रहे । सिमोन्ड्स २ रनमा अविजित रहे । विराटनगरबाट आलम, पुलामी र सन्दीपले १–१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इरानले अपराजित रहँदै काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शुक्रबार भएको फाईनलमा काजखस्तानलाई ३-१ सेटमा पराजित गर्दै इरान लगातार च्याम्पियन बनेको हो । इरानले पहिलो सेट २५-१८ ले जित्दै खेलमा अग्रता बनाएको थियो । काजखस्तानले दोस्रो सेट २५-१९ ले जितेर खेलमा पुनरागमन गरेको थियो । तेस्रो सेट इरानले २५-१५ ...
: एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिता खेल्न सिंगापुर जाने नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको विदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई विदाइ गरेको हो । सिंगापुरमा ३१ मेदेखि एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताका सुरु हुँदैछ । छनोट प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, मलेसिया र ...
: काभा महिला भलिबल च्याम्पियनसिप २०२६ अन्तर्गतको पहिलो सेमीफाइनलमा भारतलाई ३–० सोझो सेटमा हराउँदै काजकिस्तान फाइनल प्रवेश गरेको छ । बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा काजकिस्तानले भारतलाई २५–२१, २५–१७, २५–१४ ले हराएको हो । समूह ‘ए’ को विजेताको रूपमा सेमीफाइनल खेलेको भारत समूह ‘बी’ को उपविजेताको रूपमा सेमिफाइनल खेलेको ...
— जियान फिलिपे मेटाटेले गरेको एक माक्र गोलको मदतले त्रिस्टल प्यालेसले रायो भालेकानोलाई १–० ले पराजित गर्दै बुधबार यूईएफए कन्फ्रेन्स लिगको उपाधि जितेको छ । जर्मनको लाइपजिगमा भएको खेलमा मेटाटेले ५१ औं मिनेटमा गोल गरे । इंग्लिस प्रिमियर लिग क्लब प्यालेसले युरोपेली उपाधि जितेको यो पहिलो पटक हो । यस उपाधिसँगै प्रशिक्षक ओलिभर ग्लासनेरले क्लबबाट पनि ...
— कप्तान इन्दु बर्माले अविजित ४२ रन बनाएपछि नेपाली महिला क्रिकेट टोलीले एसियन गेम्स महिला छनोटमा बिहीबार इन्डोनेसियालाई ४ विकेटले पराजित गरेको छ । लगातार दोस्रो खेल जितेपछि नेपाल समूह ‘बी’ को विजेता बनेको छ । नेपालले सेमिफाइनलमा आयोजक मलेसियाको सामना गर्नेछ । अर्को सेमिफाइनल समूह ‘ए’ को विजेता थाइल्यान्ड र चीनबीच हुनेछ । शीर्ष ...