मुख्य समाचार
लेस्टरले वेस्ट ह्यामलाई ३–१ ले पराजित
लेस्टरले वेस्ट ह्यामलाई ३–१ ले पराजित

रुद भान निस्टलरोयले इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीका लागि विजयी सुरुआत लिएका छन् । किङ्ग पावर स्टेडियममा भएको खेलमा लेस्टरले खराब लयमा रहेको वेस्ट ह्यामलाई ३–१ ले पराजित गरेको हो ।



लेस्टरले दोस्रो मिनेटमै जेमी भार्डिको गोलले अग्रता लिएको थियो । त्यसपछि बिलाल एल क्लानोस र भिक्टर क्रिटिएनसेनले गोल गरे । खेलको अन्त्यमा वेस्ट ह्यामका लागि निकलास फुलक्रबले एक सान्त्वना गोल फर्काए ।


जितका बावजुत लेस्टर अझै पनि १३ अंकमा १५ औं स्थानमा छ र यो रेलिगेसन क्षेत्रबाट चार अंकको दूरी मात्रै हो । पराजित वेस्ट ह्याम उसको ठीक अगाडि १४ औं स्थानमा छ र उसको १५ अंक छ ।

लिगका पछिल्ला १२ खेलमध्ये तीनमा मात्र विजयी रहेको वेस्ट ह्यामका प्रशिक्षक जुलेन लापेटेगुइ दबाबमा छन् । अर्कोतर्फ निस्टलरोयलाई भने ठूलो राहत मिलेको छ । उनले भनेका छन्, ‘हामी जुन स्थितिमा छौं, त्यहाँ तीन अंकको ठूलो महक्त्व हुन्छ ।’

मंगलबारकै अर्को खेलमा त्रिस्टल प्यालेसले इपस्विच टाउनलाई १–० ले हरायो । पोर्टमन रोडमा भएको खेलमा प्यालेसका लागि जियान–फिलिपे माटेआले ५९ औं मिनेटमा उत्कृष्ट गोल गरे ।

यस सिजन प्रिमियर लिगमा प्यालेसको यो पहिलो घर बाहिरको जित रह्यो । प्यालेसको १४ खेलबाट १२ अंक भएको छ र १६ औं स्थानमा छ । इपस्विच भने नौ अंकमै सीमित छ र पुछारबाट दोस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: यो सिजनमा हिमाल आरोहीबाट १९ करोडभन्दा धेरै राजस्व संकलन भएको छ। विभिन्न ४२ वटा हिमाल आरोहणको अनुमतिबाट १९ करोड १३ लाख ८९ हजार ४४२ रुपैयाँ राजस्व आम्दानी भएको पर्यटन विभागले जनाएको छ। आरोहण अनुमति मागेका ८०२ जनाबाट सो परिमाणमा राजस्व संकलन भएको विभागका निर्देशक हिमाल गौतमले जानकारी दिए। सबैभन्दा धेरै गोरखाको मनास्लु हिमाल आरोहण ...
: आइसीसी टी२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जापानलाई ५ विकेटले हराएको छ। ओमानको अल अमिरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको जापानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३१ रन बनाएको थियो। जापानले दिएको १३२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १८ ओभरमा ५ विकेट गुमाउँदै ...
: हुलाक सेवा विभागले नेपाली क्रिकेट खेलाडीहरूको तस्बिर अंकित हुलाक टिकट प्रकाशन गरेको छ। नेपाली क्रिकेट खेलाडीहरूको तस्बिर अंकित हुलाक टिकटमा सन्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बुधबार हुलाक सेवा विभागमा आयोजित एक कार्यक्रममा टाँचा लगाए। विश्व हुलाक दिवस २०२५ का अवसरमा आईसीसी पुरुष विश्वकप र आईसीसी महिला ...
। थाइल्याण्डमा हुने एएफसी यू-१७ महिला एसियन कप छनोट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार एन्फा कम्प्लेक्समा एक कार्यक्रम गरी नेपाली टोलीको बिदाइ गरेको हो । एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहित पदाधिकारीहरूले टोलीको बिदाइ गरे । प्रतियोगिता अक्टोबर १३ देखि १७ सम्म हुँदैछ । नेपालले छनोट प्रतियोगितामा आयोजक थाइल्याण्ड र ...
। ओमानमा जारी आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटअन्तर्गत समूह बी को खेलमा आज नेपाल र जापान खेल्दै छन् । ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा हुने खेल नेपाली समयअनुसार अपराह्न ४:१५ बजेदेखि सुरु हुनेछ । नेपाल र जापान दुवैले आ-आफ्नो पहिलो खेल जितेका छन् । दुवै टोलीले कुवेतलाई हराएर सुपर ...