मुख्य समाचार
लेस्टरले वेस्ट ह्यामलाई ३–१ ले पराजित
लेस्टरले वेस्ट ह्यामलाई ३–१ ले पराजित

रुद भान निस्टलरोयले इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीका लागि विजयी सुरुआत लिएका छन् । किङ्ग पावर स्टेडियममा भएको खेलमा लेस्टरले खराब लयमा रहेको वेस्ट ह्यामलाई ३–१ ले पराजित गरेको हो ।



लेस्टरले दोस्रो मिनेटमै जेमी भार्डिको गोलले अग्रता लिएको थियो । त्यसपछि बिलाल एल क्लानोस र भिक्टर क्रिटिएनसेनले गोल गरे । खेलको अन्त्यमा वेस्ट ह्यामका लागि निकलास फुलक्रबले एक सान्त्वना गोल फर्काए ।


जितका बावजुत लेस्टर अझै पनि १३ अंकमा १५ औं स्थानमा छ र यो रेलिगेसन क्षेत्रबाट चार अंकको दूरी मात्रै हो । पराजित वेस्ट ह्याम उसको ठीक अगाडि १४ औं स्थानमा छ र उसको १५ अंक छ ।

लिगका पछिल्ला १२ खेलमध्ये तीनमा मात्र विजयी रहेको वेस्ट ह्यामका प्रशिक्षक जुलेन लापेटेगुइ दबाबमा छन् । अर्कोतर्फ निस्टलरोयलाई भने ठूलो राहत मिलेको छ । उनले भनेका छन्, ‘हामी जुन स्थितिमा छौं, त्यहाँ तीन अंकको ठूलो महक्त्व हुन्छ ।’

मंगलबारकै अर्को खेलमा त्रिस्टल प्यालेसले इपस्विच टाउनलाई १–० ले हरायो । पोर्टमन रोडमा भएको खेलमा प्यालेसका लागि जियान–फिलिपे माटेआले ५९ औं मिनेटमा उत्कृष्ट गोल गरे ।

यस सिजन प्रिमियर लिगमा प्यालेसको यो पहिलो घर बाहिरको जित रह्यो । प्यालेसको १४ खेलबाट १२ अंक भएको छ र १६ औं स्थानमा छ । इपस्विच भने नौ अंकमै सीमित छ र पुछारबाट दोस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इरानले अपराजित रहँदै काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शुक्रबार भएको फाईनलमा काजखस्तानलाई ३-१ सेटमा पराजित गर्दै इरान लगातार च्याम्पियन बनेको हो । इरानले पहिलो सेट २५-१८ ले जित्दै खेलमा अग्रता बनाएको थियो । काजखस्तानले दोस्रो सेट २५-१९ ले जितेर खेलमा पुनरागमन गरेको थियो । तेस्रो सेट इरानले २५-१५ ...
: एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिता खेल्न सिंगापुर जाने नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको विदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई विदाइ गरेको हो । सिंगापुरमा ३१ मेदेखि एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताका सुरु हुँदैछ । छनोट प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, मलेसिया र ...
: काभा महिला भलिबल च्याम्पियनसिप २०२६ अन्तर्गतको पहिलो सेमीफाइनलमा भारतलाई ३–० सोझो सेटमा हराउँदै काजकिस्तान फाइनल प्रवेश गरेको छ । बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा काजकिस्तानले भारतलाई २५–२१, २५–१७, २५–१४ ले हराएको हो । समूह ‘ए’ को विजेताको रूपमा सेमीफाइनल खेलेको भारत समूह ‘बी’ को उपविजेताको रूपमा सेमिफाइनल खेलेको ...
— जियान फिलिपे मेटाटेले गरेको एक माक्र गोलको मदतले त्रिस्टल प्यालेसले रायो भालेकानोलाई १–० ले पराजित गर्दै बुधबार यूईएफए कन्फ्रेन्स लिगको उपाधि जितेको छ । जर्मनको लाइपजिगमा भएको खेलमा मेटाटेले ५१ औं मिनेटमा गोल गरे । इंग्लिस प्रिमियर लिग क्लब प्यालेसले युरोपेली उपाधि जितेको यो पहिलो पटक हो । यस उपाधिसँगै प्रशिक्षक ओलिभर ग्लासनेरले क्लबबाट पनि ...
— कप्तान इन्दु बर्माले अविजित ४२ रन बनाएपछि नेपाली महिला क्रिकेट टोलीले एसियन गेम्स महिला छनोटमा बिहीबार इन्डोनेसियालाई ४ विकेटले पराजित गरेको छ । लगातार दोस्रो खेल जितेपछि नेपाल समूह ‘बी’ को विजेता बनेको छ । नेपालले सेमिफाइनलमा आयोजक मलेसियाको सामना गर्नेछ । अर्को सेमिफाइनल समूह ‘ए’ को विजेता थाइल्यान्ड र चीनबीच हुनेछ । शीर्ष ...