मुख्य समाचार
रियल म्याड्रिड ला लिगामा एथलेटिको बिलबाओसँग २–१ ले पराजित
रियल म्याड्रिड ला लिगामा एथलेटिको बिलबाओसँग २–१ ले पराजित

— रियल म्याड्रिड प्रशिक्षक कार्लो एन्सेलोटीले स्टार खेलाडी केयलिन एमबापे एक अर्को पेनाल्टीमा चुकेकोमा निराश रहेको बताएका छन् । त्यही खराब प्रदर्शनका कारण डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिड बुधबार स्पेनी ला लिगामा एथलेटिको बिलबाओसँग २–१ ले पराजित भएको छ ।



एमबापे युरोपेली च्याम्पियन्स लिगमा पनि लिभरपुलविरुद्ध पेनाल्टीमा गोल गर्न असफल रहेका थिए । घरेलु लिगको यो हारले भने बार्सिलोनाको शीर्ष स्थानमा चार अंकको अग्रता कायम रह्यो । बार्सिलोनाको १६ खेलबाट ३७ अंक छ । रियलको भने १५ खेलबाट ३३ अंक छ ।


एलेजान्ड्रो बेरेनगरले बिलबाओलाई सुरुआती अग्रता दिलाएयता एमबापे पेनाल्टीमा असफल रहे । त्यसपछि रियलका लागि जुड बेलिङघमले गोल गरे । बिलबाओका लागि सब्टिच्युट खेलाडी गोर्का गुरुजेटाले ८० औं मिनेटमा विजयी गोल गरे ।

हार र पेनाल्टीको असफलतापछि एमबापेमाथि थप दबाब सिर्जना भएको छ । खेलपछि प्रशिक्षक एन्सेलोटीले भने, ‘एमबापे स्वभाविक रूपमा दुःखी र निराश छन् । तर उनले आफ्नो खेलमा सुधार गर्नु बाहेक अर्को विकल्प छैन् ।’

रियल आएयता सबै खाले प्रतियोगितामा सुरुआती २० खेलमा १० गोल गरेका एमबापे त्यसपछि भने लयमा फर्कन संघर्षरत छन् । एन्सलोटीको भनेका छन्, ‘उनी अहिले आफ्नो स्वभाविक लयमा छैनन् । तर उनी उत्कृष्ट प्रदर्शन गर्न सक्षम खेलाडी हुन् ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इरानले अपराजित रहँदै काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शुक्रबार भएको फाईनलमा काजखस्तानलाई ३-१ सेटमा पराजित गर्दै इरान लगातार च्याम्पियन बनेको हो । इरानले पहिलो सेट २५-१८ ले जित्दै खेलमा अग्रता बनाएको थियो । काजखस्तानले दोस्रो सेट २५-१९ ले जितेर खेलमा पुनरागमन गरेको थियो । तेस्रो सेट इरानले २५-१५ ...
: एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिता खेल्न सिंगापुर जाने नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको विदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई विदाइ गरेको हो । सिंगापुरमा ३१ मेदेखि एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताका सुरु हुँदैछ । छनोट प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, मलेसिया र ...
: काभा महिला भलिबल च्याम्पियनसिप २०२६ अन्तर्गतको पहिलो सेमीफाइनलमा भारतलाई ३–० सोझो सेटमा हराउँदै काजकिस्तान फाइनल प्रवेश गरेको छ । बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा काजकिस्तानले भारतलाई २५–२१, २५–१७, २५–१४ ले हराएको हो । समूह ‘ए’ को विजेताको रूपमा सेमीफाइनल खेलेको भारत समूह ‘बी’ को उपविजेताको रूपमा सेमिफाइनल खेलेको ...
— जियान फिलिपे मेटाटेले गरेको एक माक्र गोलको मदतले त्रिस्टल प्यालेसले रायो भालेकानोलाई १–० ले पराजित गर्दै बुधबार यूईएफए कन्फ्रेन्स लिगको उपाधि जितेको छ । जर्मनको लाइपजिगमा भएको खेलमा मेटाटेले ५१ औं मिनेटमा गोल गरे । इंग्लिस प्रिमियर लिग क्लब प्यालेसले युरोपेली उपाधि जितेको यो पहिलो पटक हो । यस उपाधिसँगै प्रशिक्षक ओलिभर ग्लासनेरले क्लबबाट पनि ...
— कप्तान इन्दु बर्माले अविजित ४२ रन बनाएपछि नेपाली महिला क्रिकेट टोलीले एसियन गेम्स महिला छनोटमा बिहीबार इन्डोनेसियालाई ४ विकेटले पराजित गरेको छ । लगातार दोस्रो खेल जितेपछि नेपाल समूह ‘बी’ को विजेता बनेको छ । नेपालले सेमिफाइनलमा आयोजक मलेसियाको सामना गर्नेछ । अर्को सेमिफाइनल समूह ‘ए’ को विजेता थाइल्यान्ड र चीनबीच हुनेछ । शीर्ष ...