मुख्य समाचार
सुदूरपश्चिम रोयल्सले दोस्रो जित
सुदूरपश्चिम रोयल्सले दोस्रो जित

: सुदूरपश्चिम रोयल्सले दोस्रो जित हात पारेको छ। टियु क्रिकेट मैदानमा सुदूरपश्चिमले काठमाडौंलाई ७३ रनले पराजित गरेको हो। नरेन साउदको उत्कृष्ट पाँच विकेटले काठमाडौंलाई १५.५ मा ९४ रनमा सीमित गरायो।


टियु क्रिकेट मैदानमा टस हारेको सुदूरपश्चिमले दिएको १६८ रनको लक्ष्य पछ्याएको काठमाडौंका लागि स्टेफन इस्किनाजीले सर्वाधिक ३७ रन बनाए। उनले ३३ बलमा ५ चौका र १ छक्का प्रहार गरे।


काठमाडौंले पावरप्लेमा २ विकेट गुमाउँदै ३८ रन बनाएको हो। काठमाडौंले १० ओभरमा ४ विकेट गुमाउँदै ७१ रन बनाएको थियो। पहिलो विकेटका रूपमा काठमाडौंले काइकल लेभिटलाई ५ रनमै गुमायो। दोस्रो विकेटका रूपमा अर्का ओपनर शंकर रानालाई सैफ जैबले ३ रनमै बोल्ड गरे। तेस्रो विकेट भिम सार्की १० रनमा रन आउट भए।
चौथो विकेट गेरहार्ड इरास्मस १० रनमा नरेन साउदको बलमा एलबीडब्लु आउट भए। पाँचौं विकेट सुमित महर्जनको गयो। उनले १० बलमा २ चौकासहित १४ रन बनाए। छैटौं विकेटका रुपमा स्टेफन इस्किनाजीको विकेट गयो। सातौं विकेट रासिद खानको विकेट गयो। उनी २ रनमै नरेन साउदको बलमा रोहन मुस्तफाबाट क्याच भए।

आठौं विकेट प्रतिक श्रेष्ठको रह्यो। नवौं विकेट कप्तान करण केसीको रह्यो। उनी १ रनमै नरेनको बलमा ब्रान्डनको हातमा क्याच भए। अन्तिम विकेट साहब आलमको पनि नरेनले नै लिँदै आफ्नो ५ विकेट पूरा गरे। सुदूरपश्चिमका लागि नरेन साउदले सर्वाधिक ५ विकेट लिए। अभिनास बोहोराले २ विकेट लिए। ब्रान्डन म्याकमुलेन, सैफ जैब र ले समान १/१ विकेट लिए। यसअघि सुदूरपश्चिमले विराटनगरलाई ९० रनले पराजित गरेको थियो।

त्यसअघि ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६७ रन बनाएको थियो। सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमुलेनले अर्धशसतकीय पारी खेले। उनले ३६ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। त्यस्तै दीपेन्द्र सिंह ऐरीले ४३, विनोद भण्डारीले ३५ र सैफ जेबले ११ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन्। काठमाडौंका लागि रसिद खानले २ र करण केसी, साहब आलम र गेहार्ड इरासमले एक-एक विकेट लिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इरानले अपराजित रहँदै काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शुक्रबार भएको फाईनलमा काजखस्तानलाई ३-१ सेटमा पराजित गर्दै इरान लगातार च्याम्पियन बनेको हो । इरानले पहिलो सेट २५-१८ ले जित्दै खेलमा अग्रता बनाएको थियो । काजखस्तानले दोस्रो सेट २५-१९ ले जितेर खेलमा पुनरागमन गरेको थियो । तेस्रो सेट इरानले २५-१५ ...
: एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिता खेल्न सिंगापुर जाने नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको विदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई विदाइ गरेको हो । सिंगापुरमा ३१ मेदेखि एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताका सुरु हुँदैछ । छनोट प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, मलेसिया र ...
: काभा महिला भलिबल च्याम्पियनसिप २०२६ अन्तर्गतको पहिलो सेमीफाइनलमा भारतलाई ३–० सोझो सेटमा हराउँदै काजकिस्तान फाइनल प्रवेश गरेको छ । बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा काजकिस्तानले भारतलाई २५–२१, २५–१७, २५–१४ ले हराएको हो । समूह ‘ए’ को विजेताको रूपमा सेमीफाइनल खेलेको भारत समूह ‘बी’ को उपविजेताको रूपमा सेमिफाइनल खेलेको ...
— जियान फिलिपे मेटाटेले गरेको एक माक्र गोलको मदतले त्रिस्टल प्यालेसले रायो भालेकानोलाई १–० ले पराजित गर्दै बुधबार यूईएफए कन्फ्रेन्स लिगको उपाधि जितेको छ । जर्मनको लाइपजिगमा भएको खेलमा मेटाटेले ५१ औं मिनेटमा गोल गरे । इंग्लिस प्रिमियर लिग क्लब प्यालेसले युरोपेली उपाधि जितेको यो पहिलो पटक हो । यस उपाधिसँगै प्रशिक्षक ओलिभर ग्लासनेरले क्लबबाट पनि ...
— कप्तान इन्दु बर्माले अविजित ४२ रन बनाएपछि नेपाली महिला क्रिकेट टोलीले एसियन गेम्स महिला छनोटमा बिहीबार इन्डोनेसियालाई ४ विकेटले पराजित गरेको छ । लगातार दोस्रो खेल जितेपछि नेपाल समूह ‘बी’ को विजेता बनेको छ । नेपालले सेमिफाइनलमा आयोजक मलेसियाको सामना गर्नेछ । अर्को सेमिफाइनल समूह ‘ए’ को विजेता थाइल्यान्ड र चीनबीच हुनेछ । शीर्ष ...