मुख्य समाचार
अस्ट्रेलियाले देशमा आवश्यक जनशक्तिको आधारमा आगामी वर्षका लागि दक्ष व्यवसायको नयाँ सूची सार्वजनिक
अस्ट्रेलियाले देशमा आवश्यक जनशक्तिको आधारमा आगामी वर्षका लागि दक्ष व्यवसायको नयाँ सूची सार्वजनिक

— अस्ट्रेलियाले देशमा आवश्यक जनशक्तिको आधारमा आगामी वर्षका लागि दक्ष व्यवसायको नयाँ सूची सार्वजनिक गरेको छ । सार्वजनिक सूचीमा कुक, एकाउन्टेन्ट, सेफलगायतका धेरै दक्ष कामदारलाई सूचीमा अटाइएको छ ।



अस्ट्रेलियाले आफूलाई चाहिएको जनशक्तिका आधारमा हरेक वर्ष यो सूची सार्वजनिक गर्ने गरेको छ । सूचीमा रहेका व्यवसायमा दक्ष र अस्ट्रेलियाका अध्यागमन नियम तथा कानुनअनुसार योग्यता पुगेका व्यक्तिले अनसोर (स्वदेश) तथा अफसोर (विदेश) बाटैसमेत आवेदन दिन पाउने प्रावधान छ ।


सरकारले मंगलबार सार्वजनिक गरेको यस सूचीमा ४ सय ५६ कामलाई समावेश गरेको छ । सार्वजनिक नयाँ सूचीले अस्ट्रेलियाको रोजगार क्षेत्रमा देखिएको कामदार अभावलाई धेरै हदसम्म परिपूर्ति गर्ने जनाइएको छ । नयाँ सूचीमा आबद्ध कामदार सूचीले अस्ट्रेलियाको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गरिएको छ ।

सार्वजनिक सूचीमा निर्माण, स्वास्थ्य तथा शिक्षा, इन्जिनियरका साथै सिकर्मीसमेतलाई समेटिएको छ । यस सूचीमा नेपालीले अध्ययन तथा दक्षता राख्ने विषयहरू नर्सिङ, इन्जिनियरिङ, कुक, सेफ, बेकरी, एकाउन्टिङलगायतका विभिन्न पेशालाई पनि समेटिएको छ । सूचीमा बाख्रापालक, सुँगुर पालक, फूल फूलाउने माली, कुखुरा कृषक, भिडियो निर्माता, टेलिभिजन, रेडियो तथा छापा पत्रकार, वेब डिजाइनर, शिक्षक, फामार्सिस्ट डेन्टिस्ट, चिकित्सकलगायतलाई समेटिएको छ । यस क्षेत्रका जानकारका अनुसार सरकारको अध्यागमन कानुनअनुसार योग्यता पुगेको खण्डमा नेपालबाटै समेत आवेदन दिन सकिन्छ ।

यो सूची यहाँको सरकारी निकायले कामदारका क्षेत्रमा काम गरिरहेका विज्ञसँगको छलफलपछि सार्वजनिक गर्ने गरेको छ । अस्ट्रेलियाका अध्यागमन मन्त्री टोनी बर्कले सरकार अहिले देखिएको दक्ष कामदार अभावलाई परिपूर्ति गर्न लागिपरेको बताएका छन् । बिजनेस काउन्सिल अफ अस्ट्रेलियाले सरकारले सार्वजनिक गरेको नयाँ सूचीले यहाँ देखिएको कामदार अभावलाई पूर्ति गर्न सहयोग गर्ने बताएको छ । अस्ट्रेलियास्थित कानुन व्यवसायी सञ्जीव पाण्डेले यो सूची हरेक वर्ष सार्वजनिक गर्ने गरेको र यस वर्षको सूचीमा पनि गत वर्षको तुलनामा खासै परिवर्तन नभएको बताए ।

यसैबीच अस्ट्रेलियाले मोबिलिटी अरेन्जमेन्ट फर ट्यालेन्टेड अर्ली प्रोफेसनल स्किम (मेट्स) कार्यक्रमअन्तर्गत भारतबाट वार्षिक ३ हजार कामदार भित्र्याउने भएको छ । अध्यागनमन विभागका अनुसार यस कार्यक्रमअन्तर्गत निश्चित क्षेत्रमा दक्ष भारतीय कामदारले अवसर पाउनेछन् ।

४०३भिसा सबक्लासअन्तर्गत दिइने यस भिसामा आउने कामदारले २ वर्षसम्म अस्ट्रेलियामा सम्बन्धित क्षेत्रमा काम गर्न पाउनेछन् । यस कार्यक्रम आउने योग्य भारतीय कामदारले दर्ता गरिसकेपछि यहाँस्थित सरकारले आधिकारिक रूपमा निमन्त्रणा गरेपछि मात्र भिसाको आवेदन दिन पाउनेछन् । यस कार्यक्रमअन्तर्गत नवीकरणीय ऊर्जा, माइनिङ, सूचना तथा सञ्चार, आर्टिफिसियल टेक्नोलोजी, इन्जिनियरिङलगायतका विषय समेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पश्चिम अफ्रिकी मुलुक मालीका रक्षामन्त्री सादियो केमाराको एक आत्मघाती ट्रक विष्फोटमा मृत्यु भएको छ । राजधानी बमाको नजिकै रहेको निवासमा भएको आत्मघाती ट्रक विष्फोटमा उनको मृत्यु भएको हो । रक्षामन्त्री केमाराका परिवारले उनको मृत्यु आत्मघाती ट्रक विष्फोटमा भएको पुष्टि गरेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार घटनाको केही घण्टापछि मालीको सरकारी टेलिभिजनले विष्फोटमा गम्भीर घाइते ...
। अमेरिकी केन्द्रीय बैङ्क फेडरल ‘रिजर्भ’ ले आगामी बैठकमा ब्याजदर यथावत राख्ने सम्भावना उच्च देखिएको छ, जसलाई विश्लेषकहरूले हालको आर्थिक र भूराजनीतिक अवस्थासँग जोडेर हेरेका छन् । अहिले ब्याजदर ३.५० प्रतिशत देखि ३.७५ प्रतिशत को दायरामा छ र यसलाई परिवर्तन नगरी कायम राख्ने अपेक्षा गरिएको छ । यसको मुख्य कारण मध्यपूर्वमा जारी युद्ध हो, जसले विश्वव्यापी ...
: क्युरियोसिटी रोभरले मंगल ग्रहमा पहिलो पटक गरिएको प्रयोगमा जीवनका ‘निर्माण ब्लक’ पत्ता लगाएको छ । क्युरियोसिटी रोभरले मंगल ग्रहमा अहिलेसम्म फेला परेको सबैभन्दा विविध प्रकारका जैविक अणुहरू फेला पारेको छ । जसमा सात वटा यस्ता यौगिकहरू पनि छन् जुन यसअघि रातो ग्रहमा कहिल्यै भेटिएका थिएनन् । यी कार्बनयुक्त यौगिकहरू त्यही ‘निर्माण ब्लक’ हुन् जसले पृथ्वीमा ...
: इरानी विदेशमन्त्री अब्बास अराघची र पाकिस्तानका फिल्ड मार्सल असिम मुनीरबीच भेटवार्ता भएको छ। अराघची शुक्रबार र शनिबारको मध्यरातमा इस्लामाबाद आइपुगेका हुन्। उनको यस भ्रमणका क्रममा अमेरिकासँगको बैठकको कुनै औपचारिक योजना भने प्रस्ताव गरिएको छैन्। अराघचीले शुक्रबार 'एक्सु (ट्विटर) मा एक पोस्ट गर्दै पाकिस्तानको भ्रमणपछि आफू ओमान र रुसको यात्रामा जाने जानकारी दिएका थिए। इरानी सरकारी ब्रोडकास्टरले ...
इरानी सेनाले अमेरिकाले होर्मुजको जलडमरूको नाकाबन्दी जारी राखेमा जवाफी कारबाही गरिने चेतावनी दिएको छ। सेनाको कमाण्ड सेन्टरद्वारा जारी गरिएको विज्ञप्तिमा अमेरिकी सेनाले यस क्षेत्रमा नाकाबन्दी, समुन्द्री लुटपाट र डकैती जारी राखेमा इरानी सेनाबाट जवाफी कारबाहीको सामना गर्नुपर्ने उल्लेख छ। अप्रिल १३ मा इरानी बन्दरगाहहरूमा समुद्री यातायातमा नाकाबन्दी लगाएदेखि अमेरिकाले धेरै जहाजहरूलाई नियन्त्रणमा लिएको छ। यो मुद्दा ...