मुख्य समाचार
‘डेडपुल एण्ड वुल्भरिन’ बन्यो सन् २०२४ को सबैभन्दा लोकप्रिय फिल्म
‘डेडपुल एण्ड वुल्भरिन’ बन्यो सन् २०२४ को सबैभन्दा लोकप्रिय फिल्म

। विश्व फिल्मको लोकप्रिय डेटाबेस वेबसाइट आइएमडीबीले सन् २०२४ का सबैभन्दा लोकप्रिय फिल्म र सिरिजको सूची सार्वजनिक गरेको छ । मासिकरुपमा हुने २५० मिलियन भिजिटरलाई आधार मानेर उक्त पोर्टलले वर्षेनी यो सूची सार्वजनिक गर्दै आएको छ ।

सबैभन्दा लोकप्रिय फिल्मतर्फ सूचीको शीर्षस्थानमा ‘डेडपूल र वुल्भरिन’ छ जसले मार्व सिनेम्याटिक युनिभर्सका सबैभन्दा प्रिय पात्रहरू मध्यका दुई रायन रेनोल्ड्स र ह्यूज ज्याकम्यानलाई एकसाथ ल्याएको थियो ।




१.३ बिलियन डलरको विश्वव्यापी कमाइको साथ यस फिल्मले ‘जोकर’लाई इतिहासमा सबैभन्दा धेरै कमाउने आर-रेटिङ फिल्मको रूपमा उछिन्यो । वार्नर ब्रदर्सले डेनिस भिलेन्युभको ‘ड्युनः पार्ट २’ र जर्ज मिलरको ‘फुरियोसा : ए म्याड म्याक्स सागा,’सहित दोस्रो र तेस्रो स्थान कब्जा गर्‍यो ।

सन् २०२४ मा सबैभन्दा लोकप्रिय उत्कृष्ट १० फिल्म र सिरिजको सूची यस्तो छ :



लोकप्रिय फिल्म :

१) डेडपुल एण्ड वुल्भरिन
२) ड्युन : पार्ट २
३) फ्युरिओसा : ए म्याड म्याक्स सागा
४) जोकर : फोली अ ड्युक्स
५) एलियन : रोमुलस
६) द सब्सटेन्स
७) सिभिल वार
८) बिटलजुस बिटलजुस
९) किङ्डम अफ द प्लानेट अफ द एप्स
१०) लङलेग्स

लोकप्रिय शोज :

१) द डिटेक्टिभ
२) द ब्वायज
३) द पेन्गुइन
४) फलआउट
५) हाउस अफ द ड्रागन
६) शोगुन
७) ब्रिजरटन
८) द लर्ड अफ द रिङ्स : रिङ्स अफ द पावर
९) द जेन्टलमेन
१०) थ्री बडी प्रब्लम

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बेइजिङ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा पुरस्कृत र प्रतिस्पर्धा गरेका ६ फिल्मको प्रदर्शन यहाँ गरिएको छ । महोत्सवको प्रवद्र्धन कार्यक्रम ‘तियानतान अवार्ड प्यानोरामा’ अन्तर्गतको यस प्रदर्शन छायाँ हलमा ३ दिनसम्म गरिएको थियो । चीन चलचित्र प्रशासन र बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानसँग सहकार्य गरेर कार्यक्रम गरेका हुन् । तीन दिनसम्म देखाइएका ती फिल्मलाई करिब ...
। बलिउड फिल्मकर्मीको संगठन ‘द फेडरेसन अफ वेस्ट इन्डिया सिने इम्प्लोएज’ ले अभिनेता रणवीर सिंहविरुद्ध जारी गरेको ‘असहयोग निर्देशन’ एक सातापछि फिर्ता लिएको छ । डिसेम्बरमा रणवीर निर्देशक फरहान अख्तरको फिल्म ‘डन ३’ बाट अन्तिम समयमा बाहिरिएपछि संगठनले सो निर्णय गरेको थियो । संगठनले आफूलाई पठाइएका कानुनी नोटिसको जवाफ कानुनी टोलीमार्फत दिने जनाएको छ । भारतीय मोशन ...
विश्वप्रसिद्ध पप गायिका डुआ लिपा र अभिनेता क्यालम टर्नर विवाह बन्धनमा बाँधिएका छन् । दुई वर्षभन्दा बढी समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले आइतबार लन्डनस्थित ओल्ड मेरीलेबोन टाउन हल मा पारिवारिक सदस्य र नजिकका साथीभाइको उपस्थितिमा सादगीपूर्ण समारोहबीच विवाह गरेका हुन् । सार्वजनिक भएका तस्वीरमा ३० वर्षीया डुआ लिपा सेतो स्कर्ट-सुट, चौडा टोपी, सेता पञ्जा र हिल ...
। १६ साउनमा आयोजना हुन लागेको मिस नेपाल २०२६ को ग्रान्ड फिनालेमा सहभागी हुन वर्तमान मिस कस्मोसहितको टोली नेपाल आउने भएको छ । मिस नेपालको आयोजक संस्था द हिडन ट्रेजरले आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएको हो । निर्देशक प्रमोद कंशाकारका अनुसार मिस कस्मो २०२५ योलिना लिन्डक्विस्ट, मिस कस्मो २०२५ की रनरअप चेल्सी फर्नान्डेज र मिस ...
स्पेनको एक अदालतले चर्चित गायिका शकिरालाई कर विवादमा असुल गरिएको करिब ५५ मिलियन युरो (झण्डै ५० मिलियन पाउण्ड) फिर्ता गर्न त्यहाँको कर निकायलाई आदेश दिएको छ । स्पेनको राष्ट्रिय उच्च अदालतले शाकिरामाथि लगाइएको कर छलीको आरोपबाट सफाइ दिँदै ब्याजसहित रकम फिर्ता गर्न आदेश दिएको हो । अदालतले सन् २०११ मा उनी स्पेनमा १८३ दिन बसेको प्रमाण ...