मुख्य समाचार
‘पुष्पा २’ बन्यो भारत र विश्वभर सर्वाधिक ओपनिङ गर्ने भारतीय फिल्म
‘पुष्पा २’ बन्यो भारत र विश्वभर सर्वाधिक ओपनिङ गर्ने भारतीय फिल्म

। अल्लु अर्जुन स्टारर ‘पुष्पा २’ ले भारतीय बक्स अफिसमा आक्रामक ओपनिङ गरेको छ । फिल्मले भारतीय फिल्मको इतिहासमा सबैभन्दा उच्च ओपनिङ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

फिल्मले एसएस राजामौलीको फिल्म ‘आरआरआर’को कीर्तिमानलाई तोडेको स्याकनिल्कले उल्लेख गरेको छ । यो एजेन्सीका अनुसार फिल्मले पहिलो दिन बिहीबार सबै भाषामा १७५.१ भारु नेट कमाएको छ । यो कमाइसँगै ‘पुष्पा २’ ले ‘आरआरआर’को ओपनिङ कलेक्सन १३३ करोडलाई उछिनेको छ ।




फिल्मले पहिलो दिन विश्वव्यापी २७० करोडदेखि २८० करोड भारुसम्म कमाइ गरेको बलिउड हंगामाले उल्लेख गरेको छ । यो पोर्टलका अनुसार फिल्मले पहिलो दिनमा मात्रै भारतभर २०० करोड कमाएको जनाएको छ ।

यो कमाइ अहिलेसम्मकै भारतीय फिल्मको उच्च ओपनिङ रहेको तरण आदर्श सम्पादक रहेको बलिउड हंगामाले जनाएको छ । यो फिल्मले ‘बाहुबली’ र ‘आरआरआर’को विश्वव्यापी ओपनिङलाई समेत उछिनेको उल्लेख छ । फिल्मले उत्तरी भारतमा मात्र ७० करोड भारु कमाएको जनाइएको छ ।



सुकुमार निर्देशित फिल्मले पहिलो दिन हिन्दी संस्करणमा मात्र ६८ करोड कमाइ गर्दै सर्वाधिक ओपनिङ गर्ने हिन्दी फिल्मको रुपमा रेकर्ड रचेको आजतकले जनाएको छ । शाहरुख खानको ‘जवान’को ओपनिङ कलेक्सन ६५.५ करोड भारुलाई समेत अल्लु अर्जुन स्टारर फिल्मले उछिनेको उल्लेख छ ।

हिन्दी संस्करणतर्फ ‘स्त्री २’ ले तेस्रो सर्वाधिक ५५.४० करोड भारु, ‘पठान’ले ५५ करोड भारु र ‘एनिमल’ले ५४.७५ करोड भारु ओपनिङ गरेका थिए । सन् २०१७ मा प्रभासको ‘बाहुबली २’ ले ४१ करोड कमाउँदै सबैभन्दा धेरै ओपनिङ गर्ने साउथ फिल्म बनेको थियो । सन् २०२२ मा ‘केजीएफ २’ लाई हिन्दीमा ५४ करोड भारुको ओपनिङ मिल्यो ।

‘पुष्पा २’ को नेपालको ओपनिङको कलेक्सन भने आइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बेइजिङ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा पुरस्कृत र प्रतिस्पर्धा गरेका ६ फिल्मको प्रदर्शन यहाँ गरिएको छ । महोत्सवको प्रवद्र्धन कार्यक्रम ‘तियानतान अवार्ड प्यानोरामा’ अन्तर्गतको यस प्रदर्शन छायाँ हलमा ३ दिनसम्म गरिएको थियो । चीन चलचित्र प्रशासन र बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानसँग सहकार्य गरेर कार्यक्रम गरेका हुन् । तीन दिनसम्म देखाइएका ती फिल्मलाई करिब ...
। बलिउड फिल्मकर्मीको संगठन ‘द फेडरेसन अफ वेस्ट इन्डिया सिने इम्प्लोएज’ ले अभिनेता रणवीर सिंहविरुद्ध जारी गरेको ‘असहयोग निर्देशन’ एक सातापछि फिर्ता लिएको छ । डिसेम्बरमा रणवीर निर्देशक फरहान अख्तरको फिल्म ‘डन ३’ बाट अन्तिम समयमा बाहिरिएपछि संगठनले सो निर्णय गरेको थियो । संगठनले आफूलाई पठाइएका कानुनी नोटिसको जवाफ कानुनी टोलीमार्फत दिने जनाएको छ । भारतीय मोशन ...
विश्वप्रसिद्ध पप गायिका डुआ लिपा र अभिनेता क्यालम टर्नर विवाह बन्धनमा बाँधिएका छन् । दुई वर्षभन्दा बढी समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले आइतबार लन्डनस्थित ओल्ड मेरीलेबोन टाउन हल मा पारिवारिक सदस्य र नजिकका साथीभाइको उपस्थितिमा सादगीपूर्ण समारोहबीच विवाह गरेका हुन् । सार्वजनिक भएका तस्वीरमा ३० वर्षीया डुआ लिपा सेतो स्कर्ट-सुट, चौडा टोपी, सेता पञ्जा र हिल ...
। १६ साउनमा आयोजना हुन लागेको मिस नेपाल २०२६ को ग्रान्ड फिनालेमा सहभागी हुन वर्तमान मिस कस्मोसहितको टोली नेपाल आउने भएको छ । मिस नेपालको आयोजक संस्था द हिडन ट्रेजरले आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएको हो । निर्देशक प्रमोद कंशाकारका अनुसार मिस कस्मो २०२५ योलिना लिन्डक्विस्ट, मिस कस्मो २०२५ की रनरअप चेल्सी फर्नान्डेज र मिस ...
स्पेनको एक अदालतले चर्चित गायिका शकिरालाई कर विवादमा असुल गरिएको करिब ५५ मिलियन युरो (झण्डै ५० मिलियन पाउण्ड) फिर्ता गर्न त्यहाँको कर निकायलाई आदेश दिएको छ । स्पेनको राष्ट्रिय उच्च अदालतले शाकिरामाथि लगाइएको कर छलीको आरोपबाट सफाइ दिँदै ब्याजसहित रकम फिर्ता गर्न आदेश दिएको हो । अदालतले सन् २०११ मा उनी स्पेनमा १८३ दिन बसेको प्रमाण ...