मुख्य समाचार
‘पुष्पा २’ बन्यो भारत र विश्वभर सर्वाधिक ओपनिङ गर्ने भारतीय फिल्म
‘पुष्पा २’ बन्यो भारत र विश्वभर सर्वाधिक ओपनिङ गर्ने भारतीय फिल्म

। अल्लु अर्जुन स्टारर ‘पुष्पा २’ ले भारतीय बक्स अफिसमा आक्रामक ओपनिङ गरेको छ । फिल्मले भारतीय फिल्मको इतिहासमा सबैभन्दा उच्च ओपनिङ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

फिल्मले एसएस राजामौलीको फिल्म ‘आरआरआर’को कीर्तिमानलाई तोडेको स्याकनिल्कले उल्लेख गरेको छ । यो एजेन्सीका अनुसार फिल्मले पहिलो दिन बिहीबार सबै भाषामा १७५.१ भारु नेट कमाएको छ । यो कमाइसँगै ‘पुष्पा २’ ले ‘आरआरआर’को ओपनिङ कलेक्सन १३३ करोडलाई उछिनेको छ ।




फिल्मले पहिलो दिन विश्वव्यापी २७० करोडदेखि २८० करोड भारुसम्म कमाइ गरेको बलिउड हंगामाले उल्लेख गरेको छ । यो पोर्टलका अनुसार फिल्मले पहिलो दिनमा मात्रै भारतभर २०० करोड कमाएको जनाएको छ ।

यो कमाइ अहिलेसम्मकै भारतीय फिल्मको उच्च ओपनिङ रहेको तरण आदर्श सम्पादक रहेको बलिउड हंगामाले जनाएको छ । यो फिल्मले ‘बाहुबली’ र ‘आरआरआर’को विश्वव्यापी ओपनिङलाई समेत उछिनेको उल्लेख छ । फिल्मले उत्तरी भारतमा मात्र ७० करोड भारु कमाएको जनाइएको छ ।



सुकुमार निर्देशित फिल्मले पहिलो दिन हिन्दी संस्करणमा मात्र ६८ करोड कमाइ गर्दै सर्वाधिक ओपनिङ गर्ने हिन्दी फिल्मको रुपमा रेकर्ड रचेको आजतकले जनाएको छ । शाहरुख खानको ‘जवान’को ओपनिङ कलेक्सन ६५.५ करोड भारुलाई समेत अल्लु अर्जुन स्टारर फिल्मले उछिनेको उल्लेख छ ।

हिन्दी संस्करणतर्फ ‘स्त्री २’ ले तेस्रो सर्वाधिक ५५.४० करोड भारु, ‘पठान’ले ५५ करोड भारु र ‘एनिमल’ले ५४.७५ करोड भारु ओपनिङ गरेका थिए । सन् २०१७ मा प्रभासको ‘बाहुबली २’ ले ४१ करोड कमाउँदै सबैभन्दा धेरै ओपनिङ गर्ने साउथ फिल्म बनेको थियो । सन् २०२२ मा ‘केजीएफ २’ लाई हिन्दीमा ५४ करोड भारुको ओपनिङ मिल्यो ।

‘पुष्पा २’ को नेपालको ओपनिङको कलेक्सन भने आइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आइएमडीबीले सन् २०२६ का बहुप्रतीक्षित भारतीय फिल्मको सूची सार्वजनिक गरेको छ । जसमा, शाहरुख खान स्टारर ‘किङ’ सूचीको शीर्षस्थानमा छ । वार्षिक पेज भिजिट गर्ने २५० मिलियन भ्यूअर्सको खोजीको आधारमा विश्व फिल्मको तथ्यांक संकलन गर्ने उक्त पोर्टलले यो सूची तयार पार्छ । सूचीमा पाँच भाषामा बनेका फिल्म समेटिएका छन्, जसमा १० हिन्दी भाषाका चलचित्र अगाडि छन्, ...
। विश्वचर्चित के-पप समूह ‘ब्ल्याकपिंक’ ले नयाँ एल्बम ल्याउने घोषणा गरेको छ । सामाजिक सञ्जालबाट ब्याण्डले आगामी एल्बम सार्वजनिक गर्ने योजनाको औपचारिक पुष्टि गरेको हो । एल्बमको नाम ‘डेडलाइन’ राखिएको छ । लामो समयको अन्तरालपछि ‘ब्ल्याकपिंक’ को गीत आउने खबरले विश्वभरका प्रशंसक खुसी भएका छन् । साढे तीन वर्षको लामो पर्खाइपछि नयाँ एल्बम ल्याउने तयारी पूरा भएको ...
: गायक प्रशान्त तामाङको निधन भएको छ। ४३ वर्षीय तामाङको आइतबार नयाँ दिल्लीस्थित आफ्नै निवासमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आजतकमा प्रकाशित समाचारअनुसार उनको हृदयघातका कारण मृत्यु भएको हो। नेपालीभाषी गायक तामाङ भारतीय टीभी रियालिटी शो इण्डियन आइडलका विजेत हुन्। उनले दर्जनौं नेपाली गीत गाएका छन् भने नेपाली चलचित्रमा समेत अभियन गरेका छन्। उनको निधनको ...
— कलाकार लक्ष्मी बर्देवा रास्वपा प्रवेश गरेकी छन् । आइतबार रास्वपामा थपिएका ३३ केन्द्रीय सदस्यको सूचीमा लक्ष्मीको पनि नाम छ । रास्वपा प्रवेश लक्ष्मी सक्रिय राजनीतिमा आएकी छन् । कान्तिपुरसँगको कुरानकानीमा उनले अब आफू फिल्म क्षेत्रसँगै राजनीतिमा पनि उत्तिकै सक्रिय भएको बताइन् । ‘म रास्वपाको समर्थक पहिल्यैदेखि थिएँ । तर कुनै योजना बनाएर राजनीतिमा लागेको ...
— नेपालमा भर्चुअल सम्पत्तिको कारोबार पूर्ण प्रतिबन्धित भए पनि पछिल्ला पाँच वर्षमा यससम्बन्धी गतिविधिमा भने उल्लेख्य वृद्धि भएको छ । भर्चुअल एसेटसम्बन्धी गतिविधिको रिपोर्टिङ सन् २०२१ को तुलनामा सन् २०२४ मा करिब १९ गुणाभन्दा बढीले वृद्धि भएको देखिन्छ । सन् २०२१ मा राष्ट्र बैंकले १३ वटा यस्ता शंकास्पद गतिविधि वा कारोबार रिपोर्ट (उजुरी) प्राप्त गरेको थियो । सन् २०२४ ...