मुख्य समाचार
गैरकानूनी हलविरुद्ध कार्वाही सुरु, सिरहाको बुद्ध सिनेमामा तालाबन्दी
गैरकानूनी हलविरुद्ध कार्वाही सुरु, सिरहाको बुद्ध सिनेमामा तालाबन्दी

। चलचित्र विकास शुल्क नतिरेको र लुकिछिपी चलाएको पाइएपछि सिराहस्थित बुद्ध चलचित्र मन्दिरमा स्थानीय प्रशासनले तालाबन्दी गरेको छ । चलचित्र विकास बोर्डसँगको समन्वयमा प्रशासनले ताला लगाएको हो ।

केही दिनअघि गैरकानूनी रुपले चलेका हललाई कार्वाही गर्न भन्दै चलचित्र विकास बोर्डले सिरहासहितका ८ वटा जिल्लाका प्रशासन र कर कार्यालयलाई पत्र लेखेको थियो ।

गैरकानूनी ढंगले चलेका मुलुकका अन्य ९ हललाई पनि केही दिनमा कानूनी कार्वाही गर्ने तयारी भैरहेको छ ।

यसका लागि बोर्डका १२ जना कर्मचारी देशब्यापी हल अनुगमनमा खटिएका छन् । बोर्ड अध्यक्ष डीसी स्वयम गण्डकी प्रदेशका हलको अनुगमनमा ब्यस्त छन् । बोर्डले यसैसाता प्रदर्शन नियम उल्लंघन गर्दै संचालन भैरहेका ११ हललाई कानूनी दायरामा ल्याउन आग्रह गर्दै केही जिल्ला प्रशासन र आन्तरिक राजस्व कार्यालयहरूलाई पत्र लेखेको थियो ।

मोरङ, रुपन्देही, मकवानपुर, सर्लाही, बारा, सिरहा, सुर्खेत र धनकुटास्थित जिल्ला प्रशासन कार्यालय र त्यहाँका राजस्व कार्यालयलाई पत्र लेखिएको थियो । सोही पत्रअनुसार बोर्डले ती जिल्लाका हलहरुलाई कार्वाही गर्न थालेको हो ।

ती जिल्लास्थित ११ हल लामो समयदेखि इजाजतपत्र नवीकरण नभैकन संचालन भएको, चलचित्र विकास शुल्क नतिरेको र कतिपयले प्रदर्शन इजाजत पनि नलिएको बोर्डले पठाएको पत्रमा उल्लेख छ ।

‘ती हलहरु हाम्रो आग्रहलाई अटेर गर्दै बसिरहेका छन्’ डीसीले भने, ‘कानूनी दायरामा आउन आनकानी गरे बिक्री गरेको टिकटभन्दा दोब्बर जरिवाना तिराउनेदेखि लिएर हलमा प्रदर्शन रोक्ने, इजाजतपत्र खारेज हुने र सम्बन्धित व्यक्तिको नामबाट जिन्दगीभर हल खोल्न नपाइने पनि हुनसक्छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बेइजिङ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा पुरस्कृत र प्रतिस्पर्धा गरेका ६ फिल्मको प्रदर्शन यहाँ गरिएको छ । महोत्सवको प्रवद्र्धन कार्यक्रम ‘तियानतान अवार्ड प्यानोरामा’ अन्तर्गतको यस प्रदर्शन छायाँ हलमा ३ दिनसम्म गरिएको थियो । चीन चलचित्र प्रशासन र बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानसँग सहकार्य गरेर कार्यक्रम गरेका हुन् । तीन दिनसम्म देखाइएका ती फिल्मलाई करिब ...
। बलिउड फिल्मकर्मीको संगठन ‘द फेडरेसन अफ वेस्ट इन्डिया सिने इम्प्लोएज’ ले अभिनेता रणवीर सिंहविरुद्ध जारी गरेको ‘असहयोग निर्देशन’ एक सातापछि फिर्ता लिएको छ । डिसेम्बरमा रणवीर निर्देशक फरहान अख्तरको फिल्म ‘डन ३’ बाट अन्तिम समयमा बाहिरिएपछि संगठनले सो निर्णय गरेको थियो । संगठनले आफूलाई पठाइएका कानुनी नोटिसको जवाफ कानुनी टोलीमार्फत दिने जनाएको छ । भारतीय मोशन ...
विश्वप्रसिद्ध पप गायिका डुआ लिपा र अभिनेता क्यालम टर्नर विवाह बन्धनमा बाँधिएका छन् । दुई वर्षभन्दा बढी समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले आइतबार लन्डनस्थित ओल्ड मेरीलेबोन टाउन हल मा पारिवारिक सदस्य र नजिकका साथीभाइको उपस्थितिमा सादगीपूर्ण समारोहबीच विवाह गरेका हुन् । सार्वजनिक भएका तस्वीरमा ३० वर्षीया डुआ लिपा सेतो स्कर्ट-सुट, चौडा टोपी, सेता पञ्जा र हिल ...
। १६ साउनमा आयोजना हुन लागेको मिस नेपाल २०२६ को ग्रान्ड फिनालेमा सहभागी हुन वर्तमान मिस कस्मोसहितको टोली नेपाल आउने भएको छ । मिस नेपालको आयोजक संस्था द हिडन ट्रेजरले आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएको हो । निर्देशक प्रमोद कंशाकारका अनुसार मिस कस्मो २०२५ योलिना लिन्डक्विस्ट, मिस कस्मो २०२५ की रनरअप चेल्सी फर्नान्डेज र मिस ...
स्पेनको एक अदालतले चर्चित गायिका शकिरालाई कर विवादमा असुल गरिएको करिब ५५ मिलियन युरो (झण्डै ५० मिलियन पाउण्ड) फिर्ता गर्न त्यहाँको कर निकायलाई आदेश दिएको छ । स्पेनको राष्ट्रिय उच्च अदालतले शाकिरामाथि लगाइएको कर छलीको आरोपबाट सफाइ दिँदै ब्याजसहित रकम फिर्ता गर्न आदेश दिएको हो । अदालतले सन् २०११ मा उनी स्पेनमा १८३ दिन बसेको प्रमाण ...