मुख्य समाचार
दक्षिण कोरियाका राष्ट्रपतिविरुद्धको महाअभियोगलाई सत्तापक्षले पनि सघाउने संकेत
दक्षिण कोरियाका राष्ट्रपतिविरुद्धको महाअभियोगलाई सत्तापक्षले पनि सघाउने संकेत

। दक्षिण कोरियाको सत्तारूढ पार्टीले राष्ट्रपति युन सुक-योलविरुद्ध महाभियोग अगाडि बढाउने संकेत गरेको छ।

समाचार एजेन्सी एपीका अनुसार शुक्रबार पीपुल्स पावर पार्टीका अध्यक्ष हान डोङ-हुनले राष्ट्रपतिको संवैधानिक शक्तिलाई कम गर्नु आवश्यक भएको प्रतिक्रिया दिएका छन् ।

‘राष्ट्रपतिले मार्शल ल लगाउँदा केही नेताहरूलाई पक्राउ गर्न सेनाको प्रयोग गर्न खोजेका थिए भन्ने मैले थाहा पाएको छु, जसमा मेरो नाम पनि समावेश थियो’ डोङ-हुनले भनेका छन्, ‘उनी लोकतन्त्रका लागि खतरा बनेका छन् र पदबाट राजीनामा दिनुपर्छ।’

राष्ट्रपतिको शक्ति सीमित नगरेको खण्डमा उनले पुनस् खतरनाक कदम उठाउने सम्भावना रहेको भन्दै देश र नागरिकहरूका लागि जोखिम हुन सक्ने डोङ(हुनको भनाइ छ ।

विपक्षी दलहरूले पहिले नै ‘उत्तेजित’ राष्ट्रपतिले मार्शल ल घोषणा गर्ने दोस्रो प्रयासको सम्भावनाप्रति चिन्ता व्यक्त गरिसकेका छन्।

यद्यपि, युनका विशेष बल कमाण्डर क्वाक जोङ(केनले यस्ता चिन्ताहरूलाई खारेज गर्दै सैनिक परिचालन गर्न राष्ट्रपतिबाट थप आदेश नमान्ने दृढता व्यक्त गरेका छन्।

सत्तारूढ दलका प्रमुखले नै राष्ट्रपति युनलाई तत्काल निलम्बन गर्न आह्वान गरेपछि दक्षिण कोरियामा राजनीतिक अनिश्चितता बढेको छ। यसले राष्ट्रपतिविरुद्धको महाअभियोग प्रक्रिया अगाडि बढ्ने सम्भावना बढेको छ ।

राष्ट्रपति युनले डिसेम्बर ३ मा सैनिक शासन घोषणा गर्दै विपक्षी पार्टीलाई उत्तर कोरियासँग साँठगाँठ गरेको आरोप लगाएका थिए । यो निर्णय संसदमा मतदानपछि ६ घण्टामै खारेज भएको थियो ।

लगत्तै विपक्षी दलहरूले राष्ट्रपतिको राजीनामा माग्दै महाभियोग प्रक्रिया सुरु गरेका छन्। यस प्रक्रियामा सहभागी ६ पार्टीले संसदमा शनिबार मतदान अघि बढाउने सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पश्चिम अफ्रिकी मुलुक मालीका रक्षामन्त्री सादियो केमाराको एक आत्मघाती ट्रक विष्फोटमा मृत्यु भएको छ । राजधानी बमाको नजिकै रहेको निवासमा भएको आत्मघाती ट्रक विष्फोटमा उनको मृत्यु भएको हो । रक्षामन्त्री केमाराका परिवारले उनको मृत्यु आत्मघाती ट्रक विष्फोटमा भएको पुष्टि गरेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार घटनाको केही घण्टापछि मालीको सरकारी टेलिभिजनले विष्फोटमा गम्भीर घाइते ...
। अमेरिकी केन्द्रीय बैङ्क फेडरल ‘रिजर्भ’ ले आगामी बैठकमा ब्याजदर यथावत राख्ने सम्भावना उच्च देखिएको छ, जसलाई विश्लेषकहरूले हालको आर्थिक र भूराजनीतिक अवस्थासँग जोडेर हेरेका छन् । अहिले ब्याजदर ३.५० प्रतिशत देखि ३.७५ प्रतिशत को दायरामा छ र यसलाई परिवर्तन नगरी कायम राख्ने अपेक्षा गरिएको छ । यसको मुख्य कारण मध्यपूर्वमा जारी युद्ध हो, जसले विश्वव्यापी ...
: क्युरियोसिटी रोभरले मंगल ग्रहमा पहिलो पटक गरिएको प्रयोगमा जीवनका ‘निर्माण ब्लक’ पत्ता लगाएको छ । क्युरियोसिटी रोभरले मंगल ग्रहमा अहिलेसम्म फेला परेको सबैभन्दा विविध प्रकारका जैविक अणुहरू फेला पारेको छ । जसमा सात वटा यस्ता यौगिकहरू पनि छन् जुन यसअघि रातो ग्रहमा कहिल्यै भेटिएका थिएनन् । यी कार्बनयुक्त यौगिकहरू त्यही ‘निर्माण ब्लक’ हुन् जसले पृथ्वीमा ...
: इरानी विदेशमन्त्री अब्बास अराघची र पाकिस्तानका फिल्ड मार्सल असिम मुनीरबीच भेटवार्ता भएको छ। अराघची शुक्रबार र शनिबारको मध्यरातमा इस्लामाबाद आइपुगेका हुन्। उनको यस भ्रमणका क्रममा अमेरिकासँगको बैठकको कुनै औपचारिक योजना भने प्रस्ताव गरिएको छैन्। अराघचीले शुक्रबार 'एक्सु (ट्विटर) मा एक पोस्ट गर्दै पाकिस्तानको भ्रमणपछि आफू ओमान र रुसको यात्रामा जाने जानकारी दिएका थिए। इरानी सरकारी ब्रोडकास्टरले ...
इरानी सेनाले अमेरिकाले होर्मुजको जलडमरूको नाकाबन्दी जारी राखेमा जवाफी कारबाही गरिने चेतावनी दिएको छ। सेनाको कमाण्ड सेन्टरद्वारा जारी गरिएको विज्ञप्तिमा अमेरिकी सेनाले यस क्षेत्रमा नाकाबन्दी, समुन्द्री लुटपाट र डकैती जारी राखेमा इरानी सेनाबाट जवाफी कारबाहीको सामना गर्नुपर्ने उल्लेख छ। अप्रिल १३ मा इरानी बन्दरगाहहरूमा समुद्री यातायातमा नाकाबन्दी लगाएदेखि अमेरिकाले धेरै जहाजहरूलाई नियन्त्रणमा लिएको छ। यो मुद्दा ...