मुख्य समाचार
फ्रान्सका प्रधानमन्त्रीले दिए राजीनामा
फ्रान्सका प्रधानमन्त्रीले दिए राजीनामा

— फ्रान्सका प्रधानमन्त्री मिचेल बार्नियरले अविश्वासको प्रस्तावविरूद्ध संसद्मा‌ बहुमत पुष्टि गर्न नसकेपछि राजीनामा दिएका छन् । प्रधानमन्त्री बार्नियरले बिहीबार राष्ट्रपति इमानुएल म्याक्रोंसमक्ष राजीनामा दिएका हुन् ।



राष्ट्रपति म्याक्रोंले अर्को व्यवस्था नभएसम्म बार्नियरलाई कामचलाउ प्रधानमन्त्रीका रूपमा जिम्मेवारी सम्हाल्न आग्रह गरेका जनाइएको छ । प्रधानमन्त्री बार्नियरले संसदीय समर्थनबिना नै संविधानप्रदत्त विशेष अधिकार प्रयोग गर्दै ‘सामाजिक सुरक्षा वित्तीय योजना’ विधेयक पारित गर्न खोजेपछि विपक्षी चरम दक्षिणपन्थी दल नेसनल र्‍याली र वामपन्थी दल न्यु पपुलर फ्रन्टले अविश्वासको प्रस्ताव ल्याएका थिए ।


प्रस्तावउपर बुधबार संसद्को‌ तल्लो सदन राष्ट्रिय सभामा मतदान भएको थियो । ५ सय ७७ मध्ये ३ सय ३१ सांसद बार्नियरविरुद्धको अविश्वासको प्रस्तावको पक्षमा उभिएका थिए । मतदानपछि सभामुख याएल ब्राउन-पिभेटले बार्नियरले राष्ट्रपतिसमक्ष राजीनामा बुझाउनुपर्ने बताउँदै संसदको सत्र बन्द भएको घोषणा गरेका थिए ।

फ्रान्सेली सञ्चारमाध्यमहरूका अनुसार राष्ट्रपति म्याक्रोंले बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्न लागेका छन् । गत संसदीय चुनावमा सबैभन्दा बढी सिट जितेको वामपन्थी गठबन्धन न्यू पपुलर फ्रन्ट (एनएफपी) ले यसअघि नै बार्नियरलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने राष्ट्रपति म्याक्रोंको निर्णयको आलोचना गरेको थियो ।

एनएफपीसँगै चरम दक्षिणपन्थी दल नेसनल र्‍याली (आरएन) ले बार्नियरले ल्याएको बजेटलाई अस्वीकार्य भएको बताउँदै आएका छन् । आरएन नेता मारिन ले पेनले बजेट 'फ्रान्सका लागि विषाक्त' भएको बताएकी छन् ।

संसद्मा‌ मतदान हुनुअघि बार्नियरले आफूलाई पदबाट हटाउँदैमा देशको आर्थिक समस्या समाधान नहुने बताएका थिए । 'हामी सत्यता, जिम्मेवारीको क्षणमा पुगेका छौं,' उनले भनेका थिए, 'हामीले हाम्रो ऋणको वास्तविकता हेर्नु आवश्यक छ ।'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकामा दोषी प्रमाणित यौन अपराधी जेफ्री एपस्टिनसम्बन्धी मुद्दाका लामो समयदेखि प्रतीक्षित फाइलहरू आंशिक रूपमा सार्वजनिक गरिएपछि पीडित तथा सांसदहरूले तीव्र असन्तोष व्यक्त गरेका छन् । धेरै कागजातका पृष्ठहरू कालो पारिएको र तस्वीरहरू सेन्सर गरिएको भन्दै उनीहरूले यसलाई उच्च तहको ढाकछोपको निरन्तरता भनेका छन् । अमेरिकी न्याय मन्त्रालयले सार्वजनिक गरेको सामग्रीमा पूर्व राष्ट्रपति बिल क्लिन्टन तथा एपस्टिनको ...
। संयुक्त राज्य अमेरिकाले शनिबार भेनेजुएलाको तट नजिकबाट एउटा तेल ट्याङ्कर नियन्त्रणमा लिएको छ । भेनेजुएलाले यस कदमलाई वासिङ्टनको दबाब अभियानको पछिल्लो कडी भन्दै ‘चोरी र अपहरण’ को संज्ञा दिएको छ । दुई हप्ताभित्र दोस्रो पटक अमेरिकी सेनाले यस क्षेत्रमा तेल ट्याङ्कर रोकेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा जाने र त्यहाँबाट बाहिरिने ‘प्रतिबन्धित तेल जहाजहरू’ ...
। बंगलादेशमा भारतविरोधी आन्दोलन चर्किएसँगै भारतीय दूतावासले भिसा केन्द्र अनिश्चितकालका लागि बन्द गरेको छ । भारतीय भिसा आवेदन केन्द्र (आईभीएसी) ले चटगाउँस्थित भिसा केन्द्र अनिश्चितकालका लागि बन्द गरेको हो । आईवीएसीले हालै चटगाउँमा भएको घटनाले सुरक्षा संवदेनशीलता बढेको भन्दै २१ डिसेम्बर (आज) देखि लागू हुनेगरी अर्को सूचना जारी नभएसम्म बन्द गरिएको जनाएको छ । बंगलादेशमा विद्यार्थी नेता उस्मान ...
। पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले आफू र आफ्नी धर्मपत्नी बुशरा बिबीलाई तोसाखाना–२ भ्रष्टाचार मुद्दामा १७ वर्षको जेल सजाय सुनाइएपछि देशव्यापी विरोध प्रदर्शनको तयारी गर्न आफ्ना समर्थकहरूलाई आह्वान गरेका छन् । उनले उक्त फैसलाविरुद्ध इस्लामाबाद उच्च अदालतमा चुनौती दिने स्पष्ट सङ्केत दिएका छन् । हाल हिरासतमा रहेका तथा सामाजिक सञ्जालमा प्रत्यक्ष पहुँचमा नरहेका खानले आफ्नो कानुनी टोलीमार्फत ...
अमेरिकी यौन अपराधी जेफ्री एपस्टिनसँग सम्बन्धित फाइलहरूमध्ये १६ वटा फाइल शनिबार अबेर राति वेबसाइटबाट गायब भएका छन्
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम