मुख्य समाचार
असदलाई सत्ताच्युत गर्ने लक्ष्य रहेको सिरियाली विद्रोही नेताको भनाइ
असदलाई सत्ताच्युत गर्ने लक्ष्य रहेको सिरियाली विद्रोही नेताको भनाइ

— विद्रोही सेनाहरूले सिरियामा जबर्जस्त आक्रमण गर्दै राष्ट्रपति बशर अल–असदको शासनलाई उल्ट्याउने लक्ष्य राखेको उनीहरूका इस्लामिक नेताले शुक्रबार प्रकाशित एक अन्तर्वार्तामा बताएका छन् । सरकारले नियन्त्रण गरेको अन्य प्रमुख सहरहरूलाई कब्जामा लिएपछि इस्लामिक नेतृत्वमा रहेका विद्रोहीहरू होम्सको ढोकामा पुगेको एक युद्ध अनुगमनकर्ताले बताएका छन् ।



सन् २०११ मा गृहयुद्ध सुरु भएपछिको पहिलो पटक सिरियाको दोस्रो सहर अलेप्पो र रणनीतिक रूपमा अवस्थित हामा असदको नियन्त्रणबाट बाहिरिएको छ ।


यदि विद्रोहीहरूले होम्स कब्जा गरे भने यसले विगत पाँच दशकदेखि सिरियामा शासन गरिरहेको असद परिवारको प्रमुख गढ भूमध्यसागरीय तटबाट राजधानी दमास्कसको शक्ति केन्द्रलाई काट्नेछ । सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स वार मोनिटरका अनुसार शुक्रबार बिहानसम्म विद्रोहीहरू होम्सको किनारबाट पाँच किलोमिटर मात्र टाढा थिए ।

हयात ताहरिर अल–शाम (एचटिएस) विद्रोही गठबन्धनका नेता अबु मोहम्मद अल–जोलानीले आक्रमणको लक्ष्य असदको शासन अन्त्य गर्नु रहेको बताए । 'जब हामी उद्देश्यको बारेमा कुरा गर्छौं, क्रान्तिको लक्ष्य यो शासनलाई उखेल्नु हो । त्यो लक्ष्य हासिल गर्नका लागि हामीलाई उपलब्ध सबै साधनहरू प्रयोग गर्ने अधिकार छ,' जोलेनीले सीएनएनलाई दिएको अन्तर्वार्तामा भने ।

नोभेम्बर २७ मा सुरु भएको आक्रमणलाई सञ्चालन गर्ने विद्रोही गठबन्धनको नेतृत्व एचटिएसले गरिरहेको छ । यो अल–कायदाको सिरियाली शाखामा आधारित छ तर हालका वर्षहरूमा आफ्नो छवि सुधार्न प्रयास गर्दै आएको छ ।अब्जर्भेटरीका अनुसार सिरियाली सेना र इरान समर्थित बलहरू ‘अचानक’ पूर्वी सिरियाको देइर एजोरबाट पछि हटेर मध्य सिरियातर्फ गएका छन् । त्यहाँ होम्स अवस्थित छ ।इजरायल र लेबनानी समूह हिजबुल्लाह बीचको युद्धमा युद्धविराम लागू भएकै दिन विद्रोहीहरूले उत्तरी सिरियामा आफ्नो आक्रमण सुरु गरे । हिजबुल्लाह रूस र इरानसँगै असद सरकारको महत्त्वपूर्ण समर्थक रहेको छ। विपक्षीलाई समर्थन गर्ने टर्कीले शुक्रबार सिरियाको अवस्थाबारे छलफल गर्न कतारमा रुस र इरानसँग यस सप्ताहन्तमा वार्ता गर्ने बताएको छ ।

टर्कीका राष्ट्रपति रेसेप तय्यप एर्दोगानले शुक्रबार विद्रोहीहरूको प्रगति ‘कुनै घटनाबिना’ हुने आशा गरेको बताए ।सिरियाको कुर्दिश नेतृत्वको सेनाले शुक्रबार टर्की र विद्रोहीहरूसँग वार्ताका लागि खुला रहेको भन्दै आक्रमणले देशका लागि ‘नयाँ’ राजनीतिक वास्तविकताको घोषणा गरेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। लिबियाका सैन्य प्रमुख जनरल मोहम्मद अली अहमद अल-हद्दादको विमान दुर्घटनामा परी मृत्यु भएको छ । लिबियाको प्रधानमन्त्री अब्दुल हमिद दबेइबाले सैन्य प्रमुख अल-हद्दादको टर्कीमा भएको विमान दुर्घटनामा मृत्यु भएको पुष्टि गरेका छन् । जनरल अल-हद्दाद र अन्य चार जना मंगलवार बेलुकी टर्किएको राजधानी अंकाराबाट उडान भर्ने फाल्कन ५० एयरक्राफ्टमा सवार थिए । एयरक्राफ्टको भग्नावशेष अंकाराको दक्षिण–पश्चिममा फेला ...
— जर्मनीकी एरोस्पेस इन्जिनियर मिखाइला बेन्टहाउस अन्तरिक्ष यात्रा गर्ने पहिलो ह्वीलचेयर प्रयोगकर्ता बनेकी छन् । अमेरिकी अर्बपति जेफ बेजोसको कम्पनी ‘ब्लु अरिजिन’ले डिसेम्बर २० मा टेक्ससबाट प्रक्षेपण गरेको ‘न्यु सेपर्ड’ नामक सब-अर्बिटल रकेटमार्फत मिखाइला अन्तरिक्षमा पुगेकी हुन् । करिब १० मिनेट लामो यात्रामा उनले ‘कर्मान लाइन’ भनिने अन्तरिक्षको अन्तर्राष्ट्रिय सीमा पार गरेकी थिइन् । ‘असाध्यै अद्‍भुत अनुभव ...
— न्युयोर्क टाइम्सका पत्रकार तथा 'ब्याड ब्लड' पुस्तकका लेखक जोन क्यारेरुले गुगल, ओपनएआई, मेटा, एन्थ्रोपिक, एलन मस्कको एक्स एआई र परप्लेक्सिटीविरुद्ध क्यालिफोर्नियाको संघीय अदालतमा मुद्दा दायर गरेका छन् । अनुमति बिना आफ्ना कपीराइट संरक्षित पुस्तकहरू प्रयोग गरेको आरोप लगाउदैँ मुद्दा दायर गरेका हुन् । उजुरीमा ती कम्पनीहरूले आफ्ना पुस्तकहरू 'पाइरेट' (चोरी) गरेर लार्ज ल्याङ्गवेज मोडेल (एलएलएम) ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोलाई पद छाड्न चेतावनी दिएका छन् । फ्लोरिडास्थित आफ्नो स्वामित्वमा रहेको मार ए लागो रिसोर्टमा सोमबार आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले ‘मादुरोका लागि पद छाड्नु नै बुद्धिमानी हुने बताए । पत्रकारले मादुरोलाई सत्ताच्युत गराउने नै लक्ष्य हो भनेर ट्रम्पलाई सोधेका थिए । जवाफमा ट्रम्पले भने, ‘त्यस्तै हुन सक्छ, तर त्यो ...
— अमेरिकाको छिमेकी मुलुक मेक्सिकोको मेक्सिकन नेभी सेनाको सानो विमान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । स्थानीय समय सोमबार दिउँसो अमेरिका र मेक्सिकोको सिमाना नजिकै टेक्सस राज्यको गाल्भेस्टन टापु नजिक कोसेवेमा भएको दुर्घटनामा विमानमा सवार आठमध्ये पाँच जनाको मृत्यु भएको हो । अमेरिकी कोस्ट गार्डको पेट्टी अफिसर ल्यूक बेकरका अनुसार विमानमा चार नेभी अफिसर, ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम