मुख्य समाचार
नेपालमा आक्रामक ‘पुष्पा २’
नेपालमा आक्रामक ‘पुष्पा २’

। अल्लु अर्जुन स्टारर दक्षिण भारतीय फिल्म ‘पुष्पा २ : द रुल’ले नेपाली बक्स अफिसमा पहिलो सप्ताहन्त ‘ब्लकबस्टर’ कमाइ गरेको छ । बिहीवारदेखि शनिबारसम्मै हलहरूमा दर्शकीय उछाल देखियो ।

फिल्मले शनिबार दिउँसो १२ बजेसम्म देशब्यापी ७ करोड ८५ लाख ग्रस कमाएको स्रोतले जनाएको छ । त्यसपछि रात्रीकालिन शो समेतको १ करोड जोड्दा फिल्मको ३ दिने ग्रस कलेक्सन ८ करोड ५० लाख रुपैयाँ ग्रस हाराहारीमा हुन आउँछ ।




‘यो ब्लकबस्टर कमाइ हो । तर, यसले लगानी उठाउन पनि अर्को साता पनि यस्तै उछाल ब्यापार गर्नुपर्छ’ स्रोतले भन्यो । तीन नेपाली वितरकले यो फिल्मलाई झण्डै ७ करोड मूल्यमा नेपाल ल्याएका हुन् । यसअनुसार लगानी उठाउन पनि फिल्मले २२ करोड ग्रस कमाउनैपर्छ ।

अहिलेसम्मकै महंगो मूल्यमा सुकुमार निर्देशित फिल्म नेपाल भित्रिएको हो । यो फिल्म विहिबारदेखि नेपालका हलमा रिलिज भएको हो । यदि थ्रीडी संस्करण रिलिज भएको भए फिल्मको ग्रस अझै धेरै हुन सक्थ्यो ।



‘पुष्पा २’मा अल्लु अर्जुन, रश्मिका मन्दाना लगायतका कलाकारको अभिनय छ । फिल्मले भारत र अन्तर्राष्ट्रिय बजारमा अहिलेसम्मकै उच्च ओपनिङ गर्ने भारतीय फिल्मको कीर्तिमान रचेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बेइजिङ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा पुरस्कृत र प्रतिस्पर्धा गरेका ६ फिल्मको प्रदर्शन यहाँ गरिएको छ । महोत्सवको प्रवद्र्धन कार्यक्रम ‘तियानतान अवार्ड प्यानोरामा’ अन्तर्गतको यस प्रदर्शन छायाँ हलमा ३ दिनसम्म गरिएको थियो । चीन चलचित्र प्रशासन र बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानसँग सहकार्य गरेर कार्यक्रम गरेका हुन् । तीन दिनसम्म देखाइएका ती फिल्मलाई करिब ...
। बलिउड फिल्मकर्मीको संगठन ‘द फेडरेसन अफ वेस्ट इन्डिया सिने इम्प्लोएज’ ले अभिनेता रणवीर सिंहविरुद्ध जारी गरेको ‘असहयोग निर्देशन’ एक सातापछि फिर्ता लिएको छ । डिसेम्बरमा रणवीर निर्देशक फरहान अख्तरको फिल्म ‘डन ३’ बाट अन्तिम समयमा बाहिरिएपछि संगठनले सो निर्णय गरेको थियो । संगठनले आफूलाई पठाइएका कानुनी नोटिसको जवाफ कानुनी टोलीमार्फत दिने जनाएको छ । भारतीय मोशन ...
विश्वप्रसिद्ध पप गायिका डुआ लिपा र अभिनेता क्यालम टर्नर विवाह बन्धनमा बाँधिएका छन् । दुई वर्षभन्दा बढी समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले आइतबार लन्डनस्थित ओल्ड मेरीलेबोन टाउन हल मा पारिवारिक सदस्य र नजिकका साथीभाइको उपस्थितिमा सादगीपूर्ण समारोहबीच विवाह गरेका हुन् । सार्वजनिक भएका तस्वीरमा ३० वर्षीया डुआ लिपा सेतो स्कर्ट-सुट, चौडा टोपी, सेता पञ्जा र हिल ...
। १६ साउनमा आयोजना हुन लागेको मिस नेपाल २०२६ को ग्रान्ड फिनालेमा सहभागी हुन वर्तमान मिस कस्मोसहितको टोली नेपाल आउने भएको छ । मिस नेपालको आयोजक संस्था द हिडन ट्रेजरले आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएको हो । निर्देशक प्रमोद कंशाकारका अनुसार मिस कस्मो २०२५ योलिना लिन्डक्विस्ट, मिस कस्मो २०२५ की रनरअप चेल्सी फर्नान्डेज र मिस ...
स्पेनको एक अदालतले चर्चित गायिका शकिरालाई कर विवादमा असुल गरिएको करिब ५५ मिलियन युरो (झण्डै ५० मिलियन पाउण्ड) फिर्ता गर्न त्यहाँको कर निकायलाई आदेश दिएको छ । स्पेनको राष्ट्रिय उच्च अदालतले शाकिरामाथि लगाइएको कर छलीको आरोपबाट सफाइ दिँदै ब्याजसहित रकम फिर्ता गर्न आदेश दिएको हो । अदालतले सन् २०११ मा उनी स्पेनमा १८३ दिन बसेको प्रमाण ...