मुख्य समाचार
सिरियाका राष्ट्रपति असादले छाडे राजधानी
सिरियाका राष्ट्रपति असादले छाडे राजधानी

। सिरियाका राष्ट्रपति बसर अल असाद राजधानी दमिस्क छाड्न बाध्य भएका छन् । विद्रोहीहरु प्रमुख शहरहरु कब्जा गर्दै राजधानी प्रवेश गरेपछि राष्ट्रपति असादले राजधानी छाडेका हुन् ।

विद्रोहीका कमाण्डरहरुले राजधानी दमिस्क असादको शासनबाट मुक्त भएको जनाएका छन् । विद्रोही समूह हयात तहरिर अल शाम (एचटीएएस) ले आफ्नो टेलिग्राम च्यानलमार्फत् बशर अल असादले देश छोडेको र सिरिया अब स्वतन्त्र भएको बताएको छ । उसले भनेको छ, ‘एउटा कालो अध्याय अन्त्य भएर नयाँ शुरुवात हुँदै छ ।’




रोयटर्सले पनि सिरियाका दुई वरिष्ठ अधिकारीको स्रोत उद्धृत गर्दै राष्ट्रपति बसर अल असादले राजधानी छाडेको समाचार लेखेको छ । यद्यपि उनी राजधानी छाडेर कहाँ गए भन्ने उल्लेख छैन ।

सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले राजधानी दमिस्कबाट एउटा निजी विमान उडेको र त्यसमा राष्ट्रपति बशर अल असाद हुनसक्ने जनाएको छ ।



सिरियाका विद्रोही समूहले हमा, देरा र तेस्रो ठूलो शहर होम्स समेत कब्जा गरिसकेका छन् । होम्स शहर कब्जा गर्नु विद्रोहीका लागि निकै महत्वपूर्ण मानिएको छ । होम्स कब्जा भएसँगै राजधानी दमिस्कको सम्पर्क अरु शहरबाट टुटेको छ । मिडिया रिपोर्टहरुका अनुसार राजधानी दमिस्कमा गोली चलेको आवाज सुनिएको छ ।

विद्रोहीहरु उत्तर, पूर्व र दक्षिणतर्फबाट अगाडि बढेपछि उनीहरुलाई रोक्न सरकारी सेनालाई आपत् परेको थियो । यसअघि नै राष्ट्रपति असादले देश छाडेको हल्ला चले पनि उनको कार्यालयले त्यसलाई खण्डन गरेको थियो । सिरियाका आन्तरिक मामिला मन्त्रीले भने राजधानी दमिस्कको चारैतर्फ बलियो सैन्य घेरा रहेको दाबी गर्दै त्यसलाई कसैले पनि पार गर्न नसक्ने बताएका थिए ।

तर केही स्थानमा सरकारी सेना विद्रोहीहरु सामु निरीहजस्ता देखिएका छन् । कुनै स्थानमा विद्रोहीहरुलाई रोक्ने कोसिस समेत नगरेको, कुनै स्थानमा आत्मसर्पण गरेको र कुनै स्थानमा उनीहरु आफ्नो स्थान छाडेर भागेको बीबीसीले लेखेको छ ।

विद्रोहीहरुले राष्ट्रपति असादका पिता हाफिज अल असाद लगायतको प्रतिमा तोडफोड गर्दै अघि बढेको भिडियो फुटेज सार्वजनिक भएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। लिबियाका सैन्य प्रमुख जनरल मोहम्मद अली अहमद अल-हद्दादको विमान दुर्घटनामा परी मृत्यु भएको छ । लिबियाको प्रधानमन्त्री अब्दुल हमिद दबेइबाले सैन्य प्रमुख अल-हद्दादको टर्कीमा भएको विमान दुर्घटनामा मृत्यु भएको पुष्टि गरेका छन् । जनरल अल-हद्दाद र अन्य चार जना मंगलवार बेलुकी टर्किएको राजधानी अंकाराबाट उडान भर्ने फाल्कन ५० एयरक्राफ्टमा सवार थिए । एयरक्राफ्टको भग्नावशेष अंकाराको दक्षिण–पश्चिममा फेला ...
— जर्मनीकी एरोस्पेस इन्जिनियर मिखाइला बेन्टहाउस अन्तरिक्ष यात्रा गर्ने पहिलो ह्वीलचेयर प्रयोगकर्ता बनेकी छन् । अमेरिकी अर्बपति जेफ बेजोसको कम्पनी ‘ब्लु अरिजिन’ले डिसेम्बर २० मा टेक्ससबाट प्रक्षेपण गरेको ‘न्यु सेपर्ड’ नामक सब-अर्बिटल रकेटमार्फत मिखाइला अन्तरिक्षमा पुगेकी हुन् । करिब १० मिनेट लामो यात्रामा उनले ‘कर्मान लाइन’ भनिने अन्तरिक्षको अन्तर्राष्ट्रिय सीमा पार गरेकी थिइन् । ‘असाध्यै अद्‍भुत अनुभव ...
— न्युयोर्क टाइम्सका पत्रकार तथा 'ब्याड ब्लड' पुस्तकका लेखक जोन क्यारेरुले गुगल, ओपनएआई, मेटा, एन्थ्रोपिक, एलन मस्कको एक्स एआई र परप्लेक्सिटीविरुद्ध क्यालिफोर्नियाको संघीय अदालतमा मुद्दा दायर गरेका छन् । अनुमति बिना आफ्ना कपीराइट संरक्षित पुस्तकहरू प्रयोग गरेको आरोप लगाउदैँ मुद्दा दायर गरेका हुन् । उजुरीमा ती कम्पनीहरूले आफ्ना पुस्तकहरू 'पाइरेट' (चोरी) गरेर लार्ज ल्याङ्गवेज मोडेल (एलएलएम) ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोलाई पद छाड्न चेतावनी दिएका छन् । फ्लोरिडास्थित आफ्नो स्वामित्वमा रहेको मार ए लागो रिसोर्टमा सोमबार आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले ‘मादुरोका लागि पद छाड्नु नै बुद्धिमानी हुने बताए । पत्रकारले मादुरोलाई सत्ताच्युत गराउने नै लक्ष्य हो भनेर ट्रम्पलाई सोधेका थिए । जवाफमा ट्रम्पले भने, ‘त्यस्तै हुन सक्छ, तर त्यो ...
— अमेरिकाको छिमेकी मुलुक मेक्सिकोको मेक्सिकन नेभी सेनाको सानो विमान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । स्थानीय समय सोमबार दिउँसो अमेरिका र मेक्सिकोको सिमाना नजिकै टेक्सस राज्यको गाल्भेस्टन टापु नजिक कोसेवेमा भएको दुर्घटनामा विमानमा सवार आठमध्ये पाँच जनाको मृत्यु भएको हो । अमेरिकी कोस्ट गार्डको पेट्टी अफिसर ल्यूक बेकरका अनुसार विमानमा चार नेभी अफिसर, ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम