मुख्य समाचार
महाभियोगबाट जोगिए दक्षिण कोरियाली राष्ट्रपति
महाभियोगबाट जोगिए दक्षिण कोरियाली राष्ट्रपति

— दक्षिण कोरियाली राष्ट्रपति युन सुक येओल महाभियोगबाट जोगिएका छन् । दक्षिण कोरियाली संसद्‍मा शनिबार भएको मतदानमा ‍१ सय ९५ सांसदले मात्र राष्ट्रपति युनविरुद्धको महाभियोग प्रस्तावको पक्षमा मत दिएका हुन् ।



'कुल १ सय ९५ मत संसद्का‌ कुल सदस्यको दुई तिहाइ बहुमतमा पुग्न सकेन । त्यसैले, म घोषणा गर्दछु महाभियोग प्रस्ताव पारित हुन सकेन,' सभामुख वु वोन-सिकले भनेका छन् ।


दक्षिण कोरियाली संसद्‍मा कुल ३ सय सांसद छन् । संसद्‍बाट महाभियोग प्रस्ताव पारित गर्न दुईतिहाइ अर्थात् २ सय सांसदको समर्थन आवश्यक पर्छ । शनिबार संसद्‍मा भएको मतदान युनको दल पिपुल्स पावर पार्टी (पीपीपी) का सांसदहरूले बहिष्कार गरेका थिए । पीपीपीका १ सय ८ सांसद छन् ।

संसद्‍मा मतदान भइरहेका बेला दशौं हजार सर्वसाधारणले संसद्‌ भवनबाहिर प्रदर्शन गरेका थिए । उनीहरूले राष्ट्रपति युनको राजीनामा मागेका थिए । प्रदर्शनकारीले पीपीपीका सांसदहरूलाई मतदानमा सहभागी हुन र महाभियोगको पक्षमा मतदान गर्न माग गरेका थिए । South Korean President avoids impeachment

राष्ट्रपति युनले गत मंगलबार राति अप्रत्याशित रूपमा संकटकालीन ‘मार्सल ल’ लागू गरेका थिए । तर उनले घोषणा गरेको सैनिक शासन केही घण्टामा नै त्यहाँको संसद्‌ले उल्ट्याइदिएको थियो । त्यसपछि युनले आफ्नो कदम फिर्ता लिएका थिए । तर विपक्षी दलका सांसदहरूले भने युनविरुद्ध महाभियोगको प्रक्रिया अघि बढाएका हुन् ।


राष्ट्रपति युनले 'मार्सल ल' लागू गरेकामा शुक्रबार माफी माग्दै पुन: यस्तो कदम नचाल्ने वाचा गरेका थिए । 'म एकदमै क्षमाप्रार्थी छु र स्तब्ध भएका जनतासँग माफी माग्न चाहन्छु,' टेलिभिजन सम्बोधनमा यूनले भनेका थिए ।

मार्सल ल लागू गरेपछि राष्ट्रका नाममा गरेको पहिलो सम्बोधनमार्फत उनले राजीनामा दिने आकलन गरिएको थियो । सम्बोधनमा महाभियोगको प्रसंगबारे केही उल्लेख नगरेका युनले पदबाट राजीनामा पनि दिएनन् । युनले सत्तामा रहेको आफ्नो दललाई अवस्था सामान्य बनाउने जिम्मेवारी सुम्पिने बताएको बीबीसीले जनाएको छ ।


राष्ट्रपतिको सम्बोधनपछि सत्तारूढ पीपीपीका नेताले युनले नियमित कामकाज जारी राख्न असम्भव रहेको बताएका थिए । 'उनको अग्रिम राजीनामा अवश्यम्भावी छ,' पीपीपीका हान दोङ-हुनले भनेका थिए । प्रमुख प्रतिपक्षी दल डेमोक्रेटिक दलका नेता ली जे-म्युङले राष्ट्रपतिको प्रतिक्रियाले मानिसहरूमा थप आक्रोश बढाएको बताएका छन् । उनले राष्ट्रपति युनलाई पदबाट हटाउन आफूहरूले सक्दो प्रयास गर्ने बताएको बीबीसीले जनाएको छ ।

युनले राज्यविरोधी शक्तिहरू र उत्तर कोरियाबाट खतरा भएको जनाउँदै मंगलबार राति मार्सल ल लागू गरेका थिए । मार्सल ल घोषणा गरेको केही समयमै सेनाले आदेश जारी गर्दै संसद्को गतिविधि र राजनीतिक समूहबाट हुने प्रदर्शनमा प्रतिबन्ध लगाएको थियो ।

तर युनकै दल पीपीपीका साथै विपक्षी दलका सांसदहरूले युनको घोषणालाई तत्कालै गैरकानुनी र असंवैधानिक भएको बताएका थिए । देशकै ठूलो विपक्षी दल डेमोक्रेटिक पार्टीका नेता ली जे–म्यङले राष्ट्रपतिको घोषणाको विपक्षमा मतदानका लागि सांसदहरूलाई संसद्‍मा भेला हुन र कोरियाली जनतालाई राष्ट्रपतिको कदमविरुद्ध प्रदर्शनमा उत्रन आग्रह गरेका थिए ।

त्यसलगत्तै संसद्‍मा उपस्थित सबै १ सय ९० जना सांसदले राष्ट्रपतिको निर्णयको विपक्षमा मतदान गरेका थिए । संसद‍्को बहुमतले निर्णय गरेपछि राष्ट्रपति युन आफ्नो निर्णय उल्टाउन बाध्य भएका थिए । राष्ट्रपति युनले ‘उत्तर कोरियाको कम्युनिस्ट शक्तिहरूबाट जोगाउन र राज्यविरोधी तत्त्वहरूलाई परास्त गर्न मार्सल कानुन आवश्यक भएको’ दाबी गरे पनि देशभित्रको दबाब र घोटालाका कारण उक्त कदम चालेको बताइन्छ ।

सन् २०२२ मा राष्ट्रपतिमा निर्वाचित युन पत्नीका कारण समस्यामा परेका थिए । उनकी पत्नी किम किअन हीले गैरकानुनी रूपमा महँगो ब्रान्डको ‘ब्याग’ उपहारमा लिएको र धितोपत्र बजारमा चलखेल गरेको आरोप लागेको थियो । जसका कारण गत अप्रिलमा भएको संसदीय चुनावमा युनको दल पीपीपीले ठूलो हार व्यहोरेको थियो । निर्वाचनमा विपक्षी पार्टीले फराकिलो जित हासिल गरेपछि उनको सरकारले चाहेका कानुनहरू पारित गर्न सकिरहेको छैन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिका र इरानबीचको पाकिस्तानमा भएको वार्ता असफल भएको छ । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिका र इरानबीच कुनै सहमति हुन नसकेको जानकारी दिएका छन् । उनले भने, ‘हामी यहाँबाट एउटा धेरै सरल प्रस्ताव दिएर जाँदैछौं, यही हाम्रो अन्तिम र सबैभन्दा राम्रो प्रस्ताव हो । अब हेर्नेछौं, इरानले यसलाई स्वीकार गर्छ कि गर्दैन ।’ इस्लामाबादमा आयोजित ...
: अमेरिकी उपराष्ट्रपति जेडी भेन्स र उनको टोली इरानसँगको सम्झौतामा सहमति जुट्न नसकेपछि पाकिस्तानको राजधानी इस्लामाबादबाट स्वदेश फर्किएको छ। उनी 'एयर फोर्स टु' विमानमार्फत अमेरिकातर्फ प्रस्थान गरेका हुन्। बीबीसीका अनुसार पाकिस्तानी गृह मन्त्रालयका एक अधिकारीले अमेरिकी प्रतिनिधिमण्डलको प्रस्थानको पुष्टि गरेका छन्। इस्लामाबादबाट उड्नुअघि आयोजित पत्रकार सम्मेलनमा जेडी भेन्सले करिब २१ घण्टा लामो छलफलका बाबजुद अमेरिका र इरान ...
: इरानी उच्चस्तरीय प्रतिनिधिमण्डल अमेरिकासँगको सम्झौतामा सहमति नजुटेपछि स्वदेश फर्किएको छ। इरानी संसदका सभामुख मोहम्मद बगेर गालिबाफको नेतृत्वमा आएको उक्त टोली स्थानीय समयअनुसार आज बिहान करिब ८ बजेपछि इस्लामाबादबाट उडेको हो। यसअघि, अमेरिकी प्रतिनिधिमण्डल पनि शान्ति वार्तामा कुनै ठोस सम्झौता हुन नसकेपछि पाकिस्तानबाट फर्किसकेको छ। अमेरिकी टोलीको नेतृत्व उपराष्ट्रपति जेडी भेन्सले गरेका थिए। गत मंगलबार राति ...
: इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले अमेरिका सँग ‘दुई–तीन महत्वपूर्ण विषयमा सहमति नजुटेका कारण’ सम्झौता हुन नसकेको बताएका छन् । उनले इरान न्यूज नेटवर्कसँग कुरा गर्दै पाकिस्तानको मध्यस्थतामा २४–२५ चरणका अप्रत्यक्ष वार्ता भएको जानकारी दिएका छन् । केही विषयमा अमेरिकी प्रतिनिधिमण्डलसँग सहमति बने पनि दुई–तीन मुद्दामा विचार नमिल्दा अन्तिम सम्झौता हुन नसकेको उनले जानकारी दिएका ...
: पाकिस्तानी राजधानी इस्लामाबादमा अमेरिका र इरानबीच २१ घण्टा चलेको वार्ता कुनै नतिजा बिना समाप्त भयो । यो जानकारी अमेरिकी उपराष्ट्रपतिले दिएका हुन्, जो वार्ताका लागि पाकिस्तान आएका थिए । आइतबार बिहान ६ बजेपछि पत्रकार सम्मेलनमा जेडी भान्सले पाकिस्तानले अमेरिका र इरानबीच दूरी घटाउन र सम्झौता गराउन पूरा प्रयास गर्‍यो, तर हामी कुनै सम्झौतामा पुग्न ...