मुख्य समाचार
सिरियाको हालत खराब, राजधानी कब्जा गर्न भन्दै अघि बढे विद्रोही
सिरियाको हालत खराब, राजधानी कब्जा गर्न भन्दै अघि बढे विद्रोही

। सिरियामा विद्रोहीहरुले केही वर्षयताकै भयानक आक्रमण सुरु गरेका छन् । यस आक्रमणबाट राष्ट्रपति बसर अल असदलाई ठूलो झड्का लागेको ठानिएको छ ।

सिरियाका विद्रोही समूह राजधानी दमिस्क कब्जा गर्ने उद्देश्यले उत्तर र दक्षिण तर्फबाट अगाडि बढेका छन् । भिडियो फुटेजहरुमा केही प्रदर्शनकारीहरुले राष्ट्रपति असदका दिवंगत पिता हाफेज अल असदको प्रतिमा फुटाएको पनि देखिन्छ ।

विद्रोहीको आक्रमण तीव्र भएपछि राष्ट्रपति असदले राजधानी छाडेको हल्लासमेत चलेको थियो । तर असदको कार्यालयले त्यसलाई खण्डन गरेको छ ।

बीबीसीको सहयोगी सीबीएसका अनुसार राजधानी दमस्कि अब विद्रोहीको अधिनमा रहेको एक उपनगर जस्तो बन्ने देखिएको छ ।

सिरियाका आन्तरिक मामिला मन्त्रीले भने राजधानी दमिस्कको चारैतर्फ बलियो सैन्य घेरा रहेको दाबी गर्दै त्यसलाई कसैले पनि पार गर्न नसक्ने जनाएका छन् ।

यसैबीच इजरायलले सिरियाले विद्रोहीहरुको आक्रमण विफल बनाउन सैन्य सहयोग गरेको जनाएको छ ।

ट्रम्पले भने– यसमा हाम्रो सरोकार छैन

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले भने सिरियामा विद्रोहीहरुबाट भइरहेको पछिल्लो आक्रमणमा आफूहरुको कुनै सरोकार नभएको बताएका छन् । उनले भनेका छन्, ‘सिरिया हाम्रो साथी होइन, यो एक झन्झट हो । अमेरिकाका लागि यसमा कुनै सरोकार हुनुहुँदैन ।’

यसमा उनको थप टिप्पणी छ, ‘यो हाम्रो लडाइँ होइन । यसलाई आफैं सुल्झिन दिनुपर्छ । यसमा संलग्न नहोऔं ।’

उनले सामाजिक सन्जाल एक्समा सिरियाका विपक्षी लडाकुहरुले एक अभूतपूर्व कदम चाल्दै धेरै शहरहरु पूर्णरुपमा कब्जा गरिसकेको लेखेका छन् ।

युक्रेनसँगको लडाइँमा रुस नराम्रोसँग फसेको र आफ्ना ६ लाख भन्दा धेरै सैनिक गुमाएको जनाउँदै ट्रम्पले अब सिरियाले पनि आक्रमण पूर्णरुपमा रोक्न असमर्थ जस्तो देखिएको उल्लेख गरेका छन् । सिरियालाई रुसले वर्षौंदेखि समर्थन गर्दै आएको छ ।

सिरियामा सन् २०११ मा राष्ट्रपति असदविरुद्ध सुरु भएको शान्तिपूर्ण र लोकतन्त्र समर्थित एक विद्रोह अहिले गृहयुद्धमा परिणत भएको छ । हालसम्मको लडाइँमा पाँच लाख भन्दा बढीको मृत्यु भइसकेको छ । एक करोड २० लाखभन्दा धेरै व्यक्ति विस्थापित भएका छन् । तीमध्ये करिब ५० लाख जना शरणार्थी बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिका र इरानबीचको पाकिस्तानमा भएको वार्ता असफल भएको छ । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिका र इरानबीच कुनै सहमति हुन नसकेको जानकारी दिएका छन् । उनले भने, ‘हामी यहाँबाट एउटा धेरै सरल प्रस्ताव दिएर जाँदैछौं, यही हाम्रो अन्तिम र सबैभन्दा राम्रो प्रस्ताव हो । अब हेर्नेछौं, इरानले यसलाई स्वीकार गर्छ कि गर्दैन ।’ इस्लामाबादमा आयोजित ...
: अमेरिकी उपराष्ट्रपति जेडी भेन्स र उनको टोली इरानसँगको सम्झौतामा सहमति जुट्न नसकेपछि पाकिस्तानको राजधानी इस्लामाबादबाट स्वदेश फर्किएको छ। उनी 'एयर फोर्स टु' विमानमार्फत अमेरिकातर्फ प्रस्थान गरेका हुन्। बीबीसीका अनुसार पाकिस्तानी गृह मन्त्रालयका एक अधिकारीले अमेरिकी प्रतिनिधिमण्डलको प्रस्थानको पुष्टि गरेका छन्। इस्लामाबादबाट उड्नुअघि आयोजित पत्रकार सम्मेलनमा जेडी भेन्सले करिब २१ घण्टा लामो छलफलका बाबजुद अमेरिका र इरान ...
: इरानी उच्चस्तरीय प्रतिनिधिमण्डल अमेरिकासँगको सम्झौतामा सहमति नजुटेपछि स्वदेश फर्किएको छ। इरानी संसदका सभामुख मोहम्मद बगेर गालिबाफको नेतृत्वमा आएको उक्त टोली स्थानीय समयअनुसार आज बिहान करिब ८ बजेपछि इस्लामाबादबाट उडेको हो। यसअघि, अमेरिकी प्रतिनिधिमण्डल पनि शान्ति वार्तामा कुनै ठोस सम्झौता हुन नसकेपछि पाकिस्तानबाट फर्किसकेको छ। अमेरिकी टोलीको नेतृत्व उपराष्ट्रपति जेडी भेन्सले गरेका थिए। गत मंगलबार राति ...
: इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले अमेरिका सँग ‘दुई–तीन महत्वपूर्ण विषयमा सहमति नजुटेका कारण’ सम्झौता हुन नसकेको बताएका छन् । उनले इरान न्यूज नेटवर्कसँग कुरा गर्दै पाकिस्तानको मध्यस्थतामा २४–२५ चरणका अप्रत्यक्ष वार्ता भएको जानकारी दिएका छन् । केही विषयमा अमेरिकी प्रतिनिधिमण्डलसँग सहमति बने पनि दुई–तीन मुद्दामा विचार नमिल्दा अन्तिम सम्झौता हुन नसकेको उनले जानकारी दिएका ...
: पाकिस्तानी राजधानी इस्लामाबादमा अमेरिका र इरानबीच २१ घण्टा चलेको वार्ता कुनै नतिजा बिना समाप्त भयो । यो जानकारी अमेरिकी उपराष्ट्रपतिले दिएका हुन्, जो वार्ताका लागि पाकिस्तान आएका थिए । आइतबार बिहान ६ बजेपछि पत्रकार सम्मेलनमा जेडी भान्सले पाकिस्तानले अमेरिका र इरानबीच दूरी घटाउन र सम्झौता गराउन पूरा प्रयास गर्‍यो, तर हामी कुनै सम्झौतामा पुग्न ...